भारतलाई ‘धम्की’ दिँदै अमेरिकाले मागिरहेको ‘क्लोरोक्युन’ ले कोरोनाको उपचार सम्भव छ?

कोरोनाको उपचार के हो?

ठ्याक्कै केही भन्न सकिन्न। विश्वका धेरै देशले धेरै तरिका अपनाइरहेका छन्।

अनि यसको औषधि के हो?

यो पनि ठ्याक्कै पत्ता लागेको छैन। विश्वभरिका देशले आ-आफ्नै तरिकाले औषधि परीक्षण पनि गरिरहेका छन्। नयाँ औषधि तथा भ्याक्सिन पत्ता लगाउन लागिरहेका छन्।

नियन्त्रणका उपाय नि

सबै देशका आफ्नै तरिका छन्। तर, अहिले पूरै विश्वले अपनाएको एउटा साझा जुक्ति हो ‘सामाजिक दुरी, सेल्फ क्वारेन्टाइन।’

करिब १४ लाख मानिसको शरीरमा घुसिसकेको अनि लगभग ७७ हजार मानिसको ज्यान खाइसकेको यो भाइरस नियन्त्रणका लागि अहिले एउटा औषधिको नाम व्यापक भएको छ।

त्यो औषधि हो ‘हाइड्रोक्सी क्लोरोक्युन।’

कोरोना भाइरसका केही संक्रमितलाई भारतले यो औषधि प्रयोग गरेको थियो। त्यसको सकारात्मक प्रभाव पनि देखियो।

यद्यपि, यही औषधिका कारण संक्रमित पूर्णरूपमा निको भएको भन्ने प्रमाण भने छैनन्। भारतीय सरकारले पनि आधिकारिक रूपमा यस्तो भनेको छैन।

त्यसपछि अमेरिकासहित अहिले विश्वका ३० भन्दा धेरै देशले क्लोरोक्युन औषधि मागिरहेका छन्।

यो एउटा ‘एन्टी मलेरियन’ अर्थात् मलेरिया (औलो ज्वरो) सञ्चो पार्न बनाइएको एउटा ट्याब्लेट हो।

कुनै बेला भारत, नेपाललगायत विश्वका थुप्रै देशमा मलेरिया प्रकोप थियो।

क्लोरोक्युनको प्रयोगले मलेरिया लगभग विश्वबाट निर्मुल भइसकेको छ।

त्यही समयमा यो औषधि बनाइएको हो। भारतले त्यो बेलादेखि यो औषधि धेरै बनाउन थाल्यो।

पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो एउटा सरुवा रोग हो। नेपाल पनि यो सरुवा रोगको उच्च जोखिममा छ। वर्षेनि औलोका हजारभन्दा धेरै बिरामी हुन्छन्।

सन् २०२० भित्र नेपाललगायत धेरै देशले औलो उन्मुलनको लक्ष्य लिएका छन्।

के यो ट्रम्पको ‘जादुमय’ उपचार विधि हो?

उसै त विश्वको औषधि आपूर्तिमा भारतले १० प्रतिशत स्थान ओगटेको छ।

अनि क्लोरोक्यूनजस्ता जेनेरिक औषधि उत्पादनमा भारत पहिलो नम्बरमै छ। अहिले भारतमा भएजति क्लोरोक्यून विश्वका अरु देशसँग छैन। कोरोनाको संक्रमणसँगै भारतले भने क्लोरोक्वीलगायत विभिन्न औषधि निर्यात बन्द गरेको छ।

अघिल्लो शनिबारमात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेरै उक्त औषधि अमेरिकालाई बेच्न आग्रह गरेका थिए।

मोदीसँगको कुराकानीपछि ह्वाइटहाउसमा आयोजित एउटा प्रेस बिफ्रिङमा ट्रम्पले उक्त औषधिको प्रयोग गर्न चिकित्सकहरुलाई आग्रह गरेका थिए।

पत्रकारहरुले ट्रम्पलाई यसबारे आधिकारिकता बारेमा प्रश्न राखेपछि उनले ठाडै जवाफ दिएका थिए, ‘यसमा तपाईहरुको के नोक्सान हुन्छ र? प्रयोग गर्नुस्।’

कुबेतका स्वास्थ्यमन्त्रीले देशका सबै औषधि विक्रेता तथा व्यापारीहरुलाई क्लोरोक्यून औषधि सरकारलाई फिर्ता गर्न निर्देशन दिएका छन्। त्यस्तै केन्यालगायतका विश्वका धेरै देशहरुले यसको सार्वजनिक विक्रिमा रोक लगाउँदै औषधि मौज्जाद गर्न थालेका छन्।

त्यसपछि प्रेसले त्यसलाई ट्रम्पको एउटा ‘नचाहिँदो ढिपी’का रुपमा चित्रण गरे।

‘फ्रान्समा पनि यसको परीक्षण भएको छ र, उनीहरुले एकदमै राम्रो नजिता आइरहेको भनेका छन्’ पत्रकार सम्मेलनमा उनले ट्रम्पले थप भनेका थिए ‘तर, अहिले हामीसँग त समय छैन। के तपाईंले भन्नसक्नुहुन्छ कि, फेरि दुईचार वर्ष औषधि ल्यावमा परीक्षण गरौं अनि उपचार गरौंला?’

त्यत्तिमात्रै होइन, उक्त पत्रकार सम्मेलनमा ट्रम्पले भारतलाई एउटा धम्की पनि दिएका थिए कि, ‘यदि भारतले कोरोना विरुद्धको लडाईमा ‘गेम चेन्जर’ भनिएको यो औषधिको निर्यात फकुवा गरेन भने, अमेरिकाले बदला पनि लिनसक्छ।’

त्यसपछि द गार्जियनले लेख्यो ‘हाइड्रोक्सी क्लोरोक्यून ः एउटा अप्रमाणित औषधि कसरी ट्रम्पका लागि जादूमय उपचार हुनसक्छ?’
तर, पनि अहिले विश्वमा जति पनि कोरोनासँगको लडाईमा होमिएका छन् ति सबले यो औषधिलाई निकै महत्व दिन थालेका छन्।

अहिले विश्वभरि यो क्लोरोक्यूनको खोजी हुन थालेको छ र, सबै देशले औषधि ‘स्टक’ गर्न थालेका छन्।

जोर्डने आफ्नो देशका सबै औषधि विक्रेताहरुलाई यो औषधि नबेच्न भनेको छ। उसले यसको सार्वजनिक बिक्रिमा प्रतिवन्ध लगाएको छ।

कुबेतका स्वास्थ्यमन्त्रीले देशका सबै औषधि विक्रेता तथा व्यापारीहरुलाई क्लोरोक्यून औषधि सरकारलाई फिर्ता गर्न निर्देशन दिएका छन्। त्यस्तै केन्यालगायतका विश्वका धेरै देशहरुले यसको सार्वजनिक विक्रिमा रोक लगाउँदै औषधि मौज्जाद गर्न थालेका छन्।

के यो कोरोनाका लागि प्रमाणित औषधि हो?

होइन। औषधि विज्ञानको कुनै पनि प्रयोगशालाले यो औषधिले कोरोनाको उपचार हुन्छ भन्ने कुरा प्रमाणित गरेका छैनन्।

विश्व स्वास्थ्य संगठन अनि विश्वका कुनै पनि ल्याबले आधिकारिक रुपमा उक्त औषधि कोरोनाका लागि उपयुक्त हुने प्रमाणित गरेका छैनन्।

भारतमा एकदमै अत्यावश्यकीय अवस्थामा संक्रमितका लागि यो औषधि प्रयोग गर्न भारतीय स्वास्थ्य मन्त्रालयले अनुमति दिएको छ।

औषधि विज्ञानका प्रध्यापक तथा चिकित्सा अध्ययन संस्थानका पूर्व डिन डा.कुमुद काफ्लेका अनुसार कोरोनाका लागि यो कुनै प्रमाणित औषधि होइन।

‘यो मलेरियाको औषधि हो, अहिले कोरोना संक्रमितको उपचारका लागि भारतमा कता कता यो औषधि प्रयोगमा ल्याएको भन्ने कुरा आएको छ’ उनले भने ‘तर, यो कोरोनाका लागि यो प्रमाणित भइसकेको छैन। विश्व स्वास्थ्य संगठन बोलेको छैन।’

कुनै प्रमाणिक आधारबिना यस्ता औषधि प्रयोग गर्न नहुने उनको सुझाव छ।

नेपालमा पनि यो औषधि प्रचलनमा छ। तर, अहिले मलेरियाको प्रकोप त्यत्ति धेरै छैन।

‘भारतले यो औषधिको प्रयोग गरेर प्रभाव सकारात्मक आयो भन्ने समाचारहरु सार्वजनिक भएपछि यो औषधिको माग विश्वभरि बढेको छ’ उनले भने ‘त्यो बेला मलेरियाको प्रकोप धेरै थियो र, भारतलगायतका देशमा यसको उत्पादन धेरै थियो, अहिले त्यसको प्रकोप पनि छैन त्यसैले

उत्पादन कम भएर त्यसको माग बढ्नु स्वभाविकै हो।’

थाइल्यान्डको एउटा अस्पतालमा ‘फ्लु’ र ‘एचआइभी’को औषधी ‘कक्टेल’ बनाएर एकजना संक्रमितलाई निको पारेको दाबी गरेको थियो। बैंककको राजविथी अस्पतालले एकजना ७१ वर्षीया संक्रमितमा यो ‘कक्टेल’ प्रयोग गरेको थियो।

के नेपालमा यसको प्रयोग हुन्छ?

औषधि व्यववस्था विभागका महानिर्देशक नारायण ढकालका अनुसार यो औषधि नेपालमा पनि उत्पादन हुन्छ।

नेपालका तीन औषधि कम्पनी जिजेपिएल, क्यूमेड र मारुतीले हाइड्रोक्सी क्लोरोक्यून औषधि बनाउँछन्। र, भारतको चर्चित कम्पनी इप्काले उत्पादन गरेको यो औषधि पनि नेपालमा प्रचलनमा छ।

अहिलेको अवस्थामा नेपालमा पनि यो औषधि पर्याप्तै छ।

‘तर, यो औषधिले कोरोनाको उपचारमा पूर्णरुपमा काम गर्छ भन्ने प्रमाणित भइसकेको छैन’ हेल्थपोस्टसँगको कुराकानीमा उनले भने ‘नेपालमा महामारी फैलिएको अवस्थामा यो औषधि चलाउने नचलाउनेबारे मेडिकल काउन्सिलले गाइडलाइन बनाएर दिनुपर्छ, अनि मात्रै थाहा हुन्छ।’

उनका अनुसार यो औषधिको ‘साइड इफेक्ट’ पनि बढी हुन्छ। ‘मैले काउन्सिलमा पनि सोधिरहेको छु । निर्णय नभएसम्म हामी के गर्छौ भन्ने थाहा हुँदैन, यो औषधिको प्रभावकारितासँगै र साइडइफेक्ट पनि बढी नै हुन्छ।’

कोरोनाले पूरै विश्व ठप्प पारिसकेको अवस्थामा अहिले विश्वका धेरै शक्तिशाली भनिएका राष्ट्रहरुसमेत छटपटाइरहेको छन्।

त्यसैले संसारका विभिन्न देशमा विभिन्न तरिकाका उपचार विधिहरु अपनाइएका छन्। विभिन्न औषधिहरु प्रयोग र परीक्षण हुन थालेका छन्।
दिनदिनै मानिसको मृत्यु बढिरहेपछि अत्तालिएको मानसिकता पनि हुनसक्छ यो।

जस्तो कि केही समयपहिला कोरोनाको उपचारका लागि एउटा ‘कक्टेल’ डोजले विश्वभर चर्चा पाएको थियो।

थाइल्यान्डको एउटा अस्पतालमा ‘फ्लु’ र ‘एचआइभी’को औषधी ‘कक्टेल’ बनाएर एकजना संक्रमितलाई निको पारेको दाबी गरेको थियो। बैंककको राजविथी अस्पतालले एकजना ७१ वर्षीया संक्रमितमा यो ‘कक्टेल’ प्रयोग गरेको थियो।

अस्पतालका डाइरेक्टर डा. सोमकित ललितवाङगसाका अनुसार ४८ घण्टामै ती संक्रमितमा केही सुधार देखिएको थियो। त्यसपछि विश्वका अरु केही देशहरुले पनि यो ‘कक्टेल’ प्रयोगमा ल्याएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय