दशगजामा स्वास्थ्य राज्यमन्त्री रावत

नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले नेपाल–भारत सीमास्थित दशगजामा निर्माण गरिएको क्वारेन्टाइनको स्थलगत अनुगमन गरेका छन् । मंगलबार गृहजिल्ला सुर्खेत जाने क्रममा मन्त्री रावत दशगजा पुगेका हुन् ।

भारतबाट फर्किएका नेपालीहरुबाट कोरोना संक्रमण फैलनसक्ने सम्भावना रहेको भन्दै केही दिन पहिले दशगजा क्षेत्रमै क्वारेन्टाईन स्थापना गरिएको थियो । क्वारेन्टाईनमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाका साथै भौतिक पुर्वाधारको अनुगमन गर्दै मन्त्री रावतले कोरोनाप्रति सजग हुन सबैलाई निर्देशन दिएका छन ।

क्वारेन्टाईनमा बस्दै आएका ब्यक्तिहरुको नियमित स्वास्थ्य जाँच, अत्यावश्यक सामग्रीको उपलब्धता र सरसफाईमा बिशेष ध्यान दिन मन्त्री रावतले निर्देशन दिएका हुन । साथै क्वारेन्टाईनमा बसेकाहरुलाई सरकारले अवलम्बन गरेको नितिको पूर्ण पालना गरी कोरोना बिरुद्धको अभियानमा साथ दिन समेत मन्त्री रावतले आग्रह गरे ।

नेपालमा कोरोना दोस्रो चरणमा प्रवेश गरीसकेको बताउँदै स्वास्थ्य राज्य मन्त्री रावतले लकडाउन अवधिभर घरभित्रै बसेर सरकारलाई सहयोग गर्न सबैलाई आह्वान समेत गरेका छन । उनले अन्य देशको तुलनामा नेपालमा कोरोना संक्रमणको दर न्युन भएपनि सबै सचेत हुन आवश्यक रहेको बताए ।

क्वारेन्टाईनमा बसेकालाई सरकारले अवलम्बन गरेको नीतिको पूर्ण पालना गरी कोरोना बिरुद्धको अभियानमा साथ दिन समेत आग्रह गर्दै स्वास्थ्य राज्यमन्त्री रावतले लकडाउन अवधिभर घरभित्रै बसेर सरकारलाई सहयोग गर्न सबैलाई आह्वान समेत गर्दै अन्य देशको तुलनामा नेपालमा कोरोना संक्रमणको दर न्युन भएपनि सबै सचेत हुन आवश्यक रहेको औल्याए ।

राज्यमन्त्री रावतले कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन स्वास्थ्यकर्मी र सरकारको निर्देशन अक्षरस पालना गर्न आग्रह गरेका छन । बिश्वभर महामारीको रुपमा फैलिएको नोबल कोरोना भाईरसको सत्रंमणबाट जोगिनको लागि अबलम्बन गरेको नीतिका कारण केही सफलता पाईएकोले दोस्रो चरणको सुरक्षा तयारी गरिएको मन्त्री रावतले बताए ।

उनले सरकारले संक्रमण फैलन नदिनको लागि लकडाउन आवहान गरेको उल्लेख गर्दै कोरोनाको संक्रमण बिश्वमा फैलिएको दर अनुसार फैलन नसकेकोले व्यक्ति व्यक्तिको सम्पर्कबाट जोगिन लकडाउन आव्हान गरिएको उल्लेख गरे ।

उनले आवश्यक पर्ने उपकरण तथा सामाग्री कमी नहुने जानकारी दिदै लकडाउनका कारण प्रत्यक स्थानीय तहसम्म पुराउन केही समस्या हुँदा पनि पठाउने कार्य जारी रहेको स्पष्ट पारे ।

क्वारेन्टाईनमा बसेकालाई सरकारले अवलम्बन गरेको नीतिको पूर्ण पालना गरी कोरोना बिरुद्धको अभियानमा साथ दिन समेत आग्रह गर्दै स्वास्थ्य राज्यमन्त्री रावतले लकडाउन अवधिभर घरभित्रै बसेर सरकारलाई सहयोग गर्न सबैलाई आह्वान समेत गर्दै अन्य देशको तुलनामा नेपालमा कोरोना संक्रमणको दर न्युन भएपनि सबै सचेत हुन आवश्यक रहेको औल्याए ।

मन्त्री रावतसँगै प्रदेश सभा सदस्य आईपी खरेल, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रतिनिधि, भेरी अस्पतालका निमित्त मेसु डा प्रकाश थापा, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द लगायतले दशगजा क्षेत्रमा रहेको क्वारेन्टाईनको स्थलगत अनुगमन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय