प्रदेश २ मा १०३ जनाको कोरोना रिपोर्ट नेगेटिभ, २२ जना आइसोलेसनमा

प्रदेश २ मा १ सय ३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। अहिलेसम्म १ सय १९ जनाको स्वाब परीक्षण भएकोमा १ सय ३ जनाको रिपोर्ट नेगेटिभ आएको हो। अन्य १६ जनाको रिपोर्ट आउन बाँकी छ।

प्रादेशिक अस्पताल जनकपुरमा जाँचको लागि मंगलबार पठाइएको स्वाब रिपोर्ट आउन सकेको छैन्। प्रादेशिक अस्पतालमा मंगलबार ६ जना कोरोना शंकास्पदको नमूना जाँचको लागि पठाइएको छ।

प्रदेश २ मा अहिले ९ सय ३६ जना क्वारेन्टाइनमा, १ हजार २१३ जना होमक्वारेन्टाइन र २२ जना आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्तासमेत रहेका वरिष्ठ स्वास्थ्य अधिकृत विजय झाले जानकारी दिए।

सबैभन्दा बढी सप्तरीमा २६४ र सबैभन्दा कम सर्लाहीमा २७ जनालाई क्वारेन्टाइनमाा राखिएको प्रवक्ता झाले जानकारी दिए। यसैगरी सिरहामा १२३, धनुषामा ९६, महोत्तरीमा ५७, रौतहटमा २४३, बारामा ५४ र पर्सामा ७२ जनालाई क्वारेन्टाइनमा राखिएको झाले बताए।

होमक्वारेन्टाइनमा सप्तरीमा ७०, सिरहामा ७७, धनुषामा ६०, महोत्तरीमा ८०५, सर्लाहीमा ५१, रौतहटमा ४२, बारामा ३० र पर्सामा ७८ जनालाई राखिएको छ।

धनुषामा ६, बारामा ११ र पर्सामा ५ जना गरी २२ जना आइसोलेसनमा छन् भने अन्य जिल्लाहरुमा आइसोलेसनमा कोहिपनि नरहेको झाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय