पर्साका ४१ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

पर्सा जिल्लाबाट कोरोना भाइरस (कोभिड–१९) का ४१ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाएको छ। अहिलेसम्म ४१ नमुना संकलन गरी परिक्षण गरेका मध्ये ३८ वटाको रिर्पोट आएको छैन। जसमा तीनजनाको नेगेटिभ रिपोर्ट आएको छ भने बाँकी रिपोर्ट आउन बाँकी रहेको छ।

पर्साका १४ वटा स्थानीय तहमध्ये धेरैले क्वारेन्टाइन तयार गरेको र बिरामीहरूको भर्ना गरेर उपचार जारी छ। अहिलेसम्म २ सय ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ। ति मध्ये धेरै जस्तो गाउँपालिकाहरूका क्वारेन्टाइनमा छन्।

वीरगञ्जको नारायणी अस्पतालको आइसोलेशन वार्डमा ५ जना रहेका मध्ये ३ जनाको स्वाब परिक्षण गरिएकोमा नेगे‍टिभ रिपोर्ट आएको छ। भारतबाट आएका ३४ जनाको स्वास्थ्य परिक्षण गरि सम्बन्धित जिल्लामा पठाएको छ। जसमध्ये  बारामा ११, रौतहटमा १० र सप्तरीमा १३ जना रहेको छन्।

जिल्लाको १० वटा स्थानीय तहहरूमा बनाइएको क्वारेन्टाइनमा ३९ जना बसेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए। कालिकामाइमा १५, छिपहरमाइमा १८, जगरनाथपुर २१, जीराभवानीमा ३१, धोबिनीमा १३, पकाहामैनपुरमा ११, पटेर्वासुगौलीमा १०, पर्सागढीमा १९, पोखरियामा ११, बहुदरमाई २७, विन्दवासिनीमा १५, सखुवाप्रसौनीमा १३, वीरगंज मनपामा ६४ गरी ३१६ जना विदेशबाट आएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा रहेको छ।

नेपालबाट भारत जान खोज्ने १ सय ५९ जनालाई ठाकुर राम क्याम्पसमा राखेर स्वास्थ्य परिक्षण गरि जिल्ला प्रशासन कार्यालयको निगरानीमा राखिएको बस्नेतले बताए। उनका अनुसार स्थानीय तहले तयार गरेको क्वारेन्टाइनमा खाने बस्नेसमेत व्यावसथा मिलाइएको छ।

तिमध्ये ३९ जनालाई क्वारेन्टाइनमा राखिएको, १ सय ३७ जनालाई क्वारेन्टाइनबाट घर पठाएको र बाँकी १ सय ४० जना सम्पर्कबिहीन रहेकामा उनीहरूको खोजी भइरहेको छ।

नेपालबाट भारत जान खोज्ने १ सय ५९ जनालाई ठाकुर राम क्याम्पसमा राखेर स्वास्थ्य परिक्षण गरि जिल्ला प्रशासन कार्यालयको निगरानीमा राखिएको बस्नेतले बताए। उनका अनुसार स्थानीय तहले तयार गरेको क्वारेन्टाइनमा खाने बस्नेसमेत व्यावसथा मिलाइएको छ।

क्वारेन्टाइनमा रहेका बिरार्मीहरूको बेला-बेलामा प्रेसर, ज्वरोलगायत चेकजाँच भइरहेको छ। कोरोना भाइरसको सङ्क्रमणसँगै विभिन्न निजी अस्पतालले आइसोलेशन वार्ड सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरे पनि हालसम्म नारायणी अस्पतालबाहेक कुनै निजी अस्पतालले आइसोलेशन वार्ड सञ्चालनमा लाइएको छैन।

यता पर्साका १४ वटा स्थानीय तह मध्ये १० वटा स्थानीय तहहरूमा कुल २ सय १८ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ। जिल्लामा रहेका बहुदरमाई नगरपालिका, जगरनाथपुर गाउपालिका, ठोरी र जिरा भवानी गाउँपालिका गरि ४ स्थानीय तहमा क्वारेन्टाइन निर्माण भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय