यस्ता हुनेछन् कोरोना नियन्त्रणका लागि महिला स्वयंसेविकाको भूमिका

कोरोना रोग नियन्त्रणको लागि सरकारले महिला स्वयंसेविकाहरुलाइ परिचालन गर्ने भएको छ । खासगरी महिला स्वयंसेविकाको काम होम क्वारेन्टाइनमा रहेका मानिसको विवरण सकलन गर्ने, स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने र सम्बन्धित स्वास्थ्य सस्थालाई प्रतिवेदन मार्फत जानकारी गराउने भुमिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

‘क्वोरन्टाइनमा रहेका व्यक्तिलाई सहजीकरण गर्ने, नमुना परीक्षण कार्यमा सहयोग गर्ने अपेक्षा सहित स्वास्थ्य स्वंयसेविकालाई परिचालन हुनुहुने छ,’ प्रवक्ता देवकोटाले भने, ‘उहाँहरुलाई सरकारले प्रोत्साहन स्वरुप भत्ताको व्यवस्था गरेको छ ।’

कोरोनाकोे नियन्त्रणको लागि सरकारले ५० हजार महिला स्वास्थ्य स्वयंसेविकालाई पनि सहभागी गराउने निर्णय गरेको छ ।

महिला स्वास्थ्य स्वयंसेविकालाई क्वारेन्टाइनमा रहेका मानिसले नियम पालना गरे नगरेको अनुमगन गर्ने तथा कोरोना नियन्त्रण सम्वन्धी कार्यमा सहयोग गर्ने जिम्मेवारी दिइएको छ ।

कोरोना रोग विरुद्धको अभियानमा खटिने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रति पटक १ हजार ५ सय रुपैयाँ भत्ता उपलव्ध गराउने भएको छ ।  त्यसैगरी प्रवक्ता डा. देवकोटाले निजि सस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सरकारले आवश्यकता अनुसार परिचालन गरेर सरकारी स्तरको सेवा–सुविधा दिने निर्णय गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय