आठैजना संक्रमतिको स्वास्थ्य सामान्य : स्वास्थ्य मन्त्रालय

नेपालमा भएका आठजना कोरोना संक्रमतिको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा हालसम्म १ हजार ७ सय ९६ जनाको परिक्षण भएको छ । उपत्यका र उपत्यका बाहिर मंगलबार १ सय जना आइसोलेसनमा रहेको डा. देवकोटाले बताए ।

क्वारेन्टाइनमा देशभर ९ हजार २ सय २८ जान रहेका छन् ।  विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप संक्रमतिहरुको सम्पर्क भएका ९० प्रतिशतसंग परिचाहन भएको मन्त्रालयले जनाएको छ । १ सय ७२ जना रेडजोनमा रहेको र उनीको फोन मार्फत सम्पर्क भएको डा. देवकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय