आइसोलेसन वार्डबाट फरार भएकी महिला पक्राउ

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डबाट फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। आइसोलेसन वार्डबाट सोमबार राति फरार भएकी ५५ वर्षीया शैला खातुनलाई प्रहरीले पक्राउ गरेको हो।

आइसोलेसन वार्डबाट फरार भएकी खातुनलाई प्रहरीले भागिरहेको अवस्थामा सोमबार राति नै धनुषाको सपहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। खातुनलाई पुनः प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ।

सिरहा जिल्ला नरहा गाउँपालिका–३ घर भएकी खातुन एक सातापूर्व भारत बिहार राज्यको झँझारपुरबाट घर फर्केकी थिइन्। खातुनलाई रुघाखोकी र ज्वरो आएपछि कोरोना संक्रमणको आशंका छोरोले घरमा बस्न नदिएको बताइएको छ।

छोराले घरमा राख्न नमानेपछि छोरीको घर गएकी खातुनलाई छोरीले पनि घरमा बस्न नदिएपछि जनप्रतिनिधिको पहलमा उनलाई जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय