बेलायती प्रधानमन्त्री जोनसन आइसियुमा, उपचारमा ट्रम्पको पहल

बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना संक्रमण जटिल बन्दै गएपछि आइसियुमा भर्ना भएका छन् । उनको कार्यकारी जिमेवारी विदेशमन्त्री डोमिनिक रावलाई दिइएको छ । बोरिसको स्वास्थ्यमा अचानक जटिलता देखिएपछि स्थानीय समय हिजो साँझ ७ बजे उनलाई लण्डनके सेन्ट थोमक हस्पिटलको आइसियुमा भर्ना गरिएको हो ।

श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि भेन्टिलेटरमा राख्नुपर्ने अवस्था समेत आउनसक्ने संभावना देखिएपछि कारण उनलाई सघन उपचार कक्षमा सारिएको हो । प्रधानमन्त्री कार्यलयका प्रवक्ताकाअनुसार सोमबार दिउसो देखि नै जोनसनको स्वस्थ्यस्थितिमा समस्य सुरु भएको थियो ।

जोनसनमा कोरोना संक्रमण दोस्रो सातामा चलिरहेको छ । र, सरकारी निवासमा आइसोलेसनमा बसेर पनि भिडियो कन्फरेन्समार्फत् आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका थिए । उनलाई आइतबार साँझ अस्पताल भर्ना गरिएको थियो । ५५ वर्षे जोनसनलाई श्वासप्रश्वासमा समस्या भएपछि नन इन्भेसिभ मास्कबाट अक्सिजन दिइरहनुपरेको अस्पतालले जनाएको छ ।

५५ वर्षे जोनसनलाई श्वासप्रश्वासमा समस्या भएपछि नन इन्भेसिभ मास्कबाट अक्सिजन दिइरहनुपरेको अस्पतालले जनाएको छ ।

जोनसनकी गर्भवती फियान्सी क्यारी साइमन्स पनि कोरोना संक्रमणको सामना गरिरहेकी छिन् । उनी जोनसनको स्वास्थ्य अवस्थालाई लिएर चिन्तित छिन् । संक्रमण पुष्टि भएको ११औं दिनमा जोनसनलाई अस्पताल भर्ना गर्नुपरेपछि अमेरिकी राष्ट्रपति डोनल ट्रम्प, फ्रान्सेली राष्ट्रपति इमानियल मेक्रोनले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यसैबीच ट्रम्पले जोनसनको स्वस्थ्य स्थितिप्रति विशेष चिन्ता व्यक्त गर्दै उनको उपचारका लागि संभव भएसम्मका राम्रा औषधि र थेरापी उपलब्ध गराउँन चार अमेरिकी फर्मास्युटिकल्स कम्पनीका प्रमुख कार्यकारी अधिकारीसँग कुरा गरिसकेको र ती कम्पनीका तर्फबाट चिकित्सकहरुले जोनसनको उपचारमा संलग्न टोलीसँग कुराकानी गरिसकेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय