गण्डकी प्रदेशमा सुरक्षा परिचालनका लागि १ करोड ४५ लाख विनियोजन

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा संयन्त्र परिचालन गर्न गण्डकी प्रदेश सरकारले १ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ।

सोमबार बसेको ३८ औं मन्त्रिपरिषद् बैठकले ११ वटै जिल्ला प्रशासन कार्यालयलाई दिने गरी सो रकम विनियोजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

मुस्ताङ र मनाङलाई ५÷५ लाख रुपैयाँ र अरु ९ जिल्लालाई १५÷१५ लाख विनियोजन गरिएको उनले बताए । ‘प्रदेशभित्रका सबै सुरक्षा संयन्त्र परिचालन गर्नका लागि ११ वटै जिल्ला प्रशासन कार्यालयलाई एकमुष्ट १ करोड ४५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय भएको छ,’ उनले भने, ‘यो रकम इन्धन, गाडी मर्मत, मसलन्द र अनुगमनमा खर्च गर्नुपर्छ ।’ यसअघि गत मंगलबार बसेको बैठकले राहतस्वरुप स्थानीय तहलाई ६ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय