कोरोना उपचारमा खटिने गैरसरकारी क्षेत्रका चिकित्सकलाई पनि सरकारी सुविधा दिइने

सरकारले निजी, सामुदायिक वा अन्य सरकारीबाहेका क्षेत्रमा कामर्यरत चिकित्सकले पनि कोरोना उपचारसम्बन्धी काममा खटिदा सरकारी सरह अतिरिक्त भत्ता दिने घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले निजी क्षेत्रका चिकित्सकले पनि सरकारी अस्पतालमा आएर काम गर्न चाहेमा सुविधा र तह सरकारी सरह गरिने निर्णय गरेको छ । यदी आफू कार्यरत अस्पतालमै बसेर कोरोना रोगको उपचारममा खटिएको अवस्थामा त्यस्ता चिकित्सकले पाउँने भक्ता सरकारले बेहोर्ने निर्णय गरेको छ ।

खासगरी कोरोना उपचारका सन्दर्भमा कस्ता जनशक्ति खटाउँने, विशेषज्ञता मिल्नेबाहेकका चिकित्सक र स्वास्थ्यकर्मी खटाएको सन्दर्भमा कसरी उपचार गर्ने भन्ने जस्ता प्रोटोकल अझै बन्न बाँकी छ ।

गैरसरकारी चिकित्सक संघका महासचिव एवं नेपाल चिकित्सक संघका सदस्य डा. रितेश थापाले चिकित्सकलाई प्रोत्शाहन गर्ने सरकारी निर्णय स्वागतयोग्य भएपनि प्रयाप्त नभएको बताए । उनले सुविधाभन्दा महत्वपूर्ण सुरक्षा भएको भन्दै सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामग्रीको पहुँच बढाउँनु अहिलेको प्रमुख आवश्यकता भएको बताए ।
मन्त्रीपरिषद्को निर्णयका आधारमा अतिरिक्त समय र त्यसको सुविधसम्बन्धी छुट्टै कार्यविधि स्वास्थ्य मन्त्रालयले बनाएपछि बल्ल त्यो लागु हुनेछ । अहिले सरकारी सेवामा झण्डै १ हजार ४ सय चिकित्सक मात्रै कार्यरत छन् ।

महिला स्वयम्सेविकालाई १ हजार ५ सय
सरकारले कोरोनाको कन्ट्यांक ट्रेसिङ र होम क्वारेनटाइनको प्रभावकारिता अनुगमनका लागि महिला स्वस्थ्य स्वयमेविका खटाउँने र उनीहरुलाइ एक पटकका लागि १५ सय प्रोत्शाहन भक्ता उपलब्ध गराउँने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय