फितलाे तयारी र महामारीमा ‘घाेटाला’

मीनराज पन्थी
प्रकाशित
२०७६ चैत २४ गते १८:३९

विश्वका हरेक मानिसको ध्यान कोभिड-१९ भाइरस बाट कसरी सुरक्षित रहने भन्नेमा केन्द्रित छ।

अहिलेको यो भयावह परिस्थितिबाट नेपाल पनि टाढा छैन। यस्तो विषम परिस्थितिमा देशको सम्पूर्ण निकाय नै यसको नियन्त्रणमा लागेको छ।

तर, पनि अहिले विश्वशक्ति एकातिर कोभिड-१९ अर्कोतिर भएको बेला सम्पूर्ण शक्ति एक हुनुपर्नेमा। नेपालमा अहिले कोभिड-१९ विरूद्ध अगाडिको लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मी चिकित्सकहरूको लागि अवश्यक सुरक्षा कवजदेखि अन्य मेडिकल सामग्री (परीक्षण किट)सम्मको सामान खरिदमा अहिले अखबारहरूमा जस्तो खबर पढ्न र सुन्न पाइयो, त्यसले हाम्रो देशको सम्पूर्ण प्रणालीलाई नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष लाजमर्दो बनाएको छ।

यद्यपि, यो प्रक्रियाको दोषी र निर्दोष को भन्ने कुराको छानबिन सम्बन्धित निकायले निष्पक्ष रूपमा पत्ता लगाई दोषीउपर कानुन बमोजिम सजाय दिनेनैछ। तर, पनि यस्तो जटिल परिस्थितिको सम्पूर्ण निकायले निष्पक्ष रूपमा डटेर सामना गर्नुपर्ने समयमा खरिद प्रक्रियामा यस्तो घोटालाको खबरले नेपाल र नेपालीलाई हाम्रो प्रणाली कति फितलो छ भन्ने कुरा प्रष्ट रूपमा देखाइदिएको छ।

त्यस महामारीविरूद्ध कसरी लड्ने भन्ने एकद्वार प्रणाली अपनाएर र त्यसमा परिचालन हुने स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ चाहिने सुरक्षा सामग्री पर्याप्त मात्रामा उपलब्ध गराएर त्यो सम्पूर्ण जिम्मा राज्यले व्यवस्थापन गर्ने तयारी साथ जुट्नुपर्छ।

किन हाम्रो प्रणाली यस्तो महामारीविरूद्ध लड्नको लागि पूर्वतयारी नगरेको हो त?

एकातिरबाट हेर्दा कुनै पनि महामारी थाहा दिएर आउँदैन र एकैचोटि यसको कति पूर्वतयारी गर्ने भन्ने कसैलाई थाहा हुदैन। त्यसैले, अहिलेको महामारीले समृद्ध तथा धेरै विकसित मुलुक इटाली, चीन, स्पेन अमेरिका, फ्रान्सजस्ता मुलुकमा भएको मानवीय क्षति तथा विश्वअर्थतन्त्रमा परेको प्रभाव ले देखाएको छ। कि यस्तो महामारिको कुनै पनि देशमा पूर्व तयारी कमै हुने व्यवहारिकताले देखायो। र, महामारीपछिको तयारी तथा रोकथाम भने सम्पूर्ण मुलुकमा हुनुपर्दछ।

त्यस महामारीविरूद्ध कसरी लड्ने भन्ने एकद्वार प्रणाली अपनाएर र त्यसमा परिचालन हुने स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ चाहिने सुरक्षा सामग्री पर्याप्त मात्रामा उपलब्ध गराएर त्यो सम्पूर्ण जिम्मा राज्यले व्यवस्थापन गर्ने तयारी साथ जुट्नुपर्छ।

र तयारीमा कुनै पनि एउटै निकायले मात्र अग्रसरता लिएर महामारी रोक्न गाह्राे छ। त्यसैले, राज्यको सम्पूर्ण निकाय र उपयुक्त समयमा सरकारी निजी साझेदारी गरेर अगाडि बढ्न सक्यो भने र निजी क्षेत्रमा भएका सोत र साधनलाई पनि उपयोग गरेर जसरी सरकारसँग मात्र पर्याप्त भवन नभए निजी स्कुल कलेजलाई उपयोग गरी क्वारेन्टाइन बनाउने र निजी तथा गैरसरकारी अस्पताल र स्वास्थ्यकर्मीहरू सँग समेत साझेदारी गरेर महामारीसँग लड्ने ठूलो शक्ति तयार गर्नुपर्छ। तर, अहिले त्यस्ताे तयारी भएको देखिँदैन।

एकातिर ठूलो परिमाणमा निजी क्षेत्रको जनशक्ति खाली रहेको बेला अर्कोतर्फ राज्यले त्यो सम्पूर्ण राज्यको सम्पत्ति हो र महामारीमा सबैले साझेदारी गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरा निजी क्षेत्रलाई अनुभूति गराउन नसक्नु राज्यको कमजोरी हो। त्यसैले, राज्यभित्र रहेका सम्पूर्ण सोत र साधनलाई सही समयमा सही तरिकाले सदुपयोग गर्न सक्यो भने जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न गाह्रो पर्ने छैन।

(उपमहासचिव, नेपाल स्वास्थ्यकर्मी संघ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय