लकडाउन वैशाख ३ सम्म लम्बियो

सरकारले लकडाउनको अवधि बढाएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख ३ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सूचना तथा प्रविधि मन्त्री युवराज खतिवडाले लकडाउनको समय बढाइएको जानकारी दिए। कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउन मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको थियो। हालसम्म कोरोनाका ९ जना बिरामी फेला परेका छन्।
सरकारले लकडाउनको अवधि थपेको यो दोस्रोपटक हो। पहिलोपटक थपिएको लकडाउनको अवधि मंगलबार सकिँदैथियो। कोरोना संक्रमणका बिरामी बढ्न थालेपछि लकडाउन अवधि लम्ब्याउने निर्णय भएको मन्त्रिपरिषद स्रोतले बतायो। यस्तै, मन्त्रिपरिषद बैठकले महाप्रसाद अधिकारीलाई राष्ट्र बैंकको गभर्नर नियुक्ति गरेको छ। अर्थमन्त्रीसमेत रहेका खतिवडा नेतृत्वको सिफारिस समितिले अधिकारीसहित तीन जनाको नाम सिफारिस गरेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय