भाइरस ‘बलियो’ हुँदै जानुमा जलवायु परिवर्तनको असर कति?

विश्व शान्त छ, हल्ला र चिच्याहटलाग्दो दैनिकीले कोलाहलपूर्ण सहरहरू अहिले शान्त छन्।

दिक्दारलाग्दो सहरिया कोलाहल अहिले छैन।

यसको मतलब यो होइन कि केही भएको छैन, पूरै विश्व अहिले मानव इतिहासकै एउटा भयानक ‘महामारी’ सँग लडिरहेको छ।

र, यो शान्त वातावरणभित्र मृत्युको ‘मौन चिच्याहट’ मात्रै छ।

त्यसको एउटा कारण हो ‘कोरोना भाइरस’ (कोभिड–१९)। जीवाणु समूहको यो एउटा सदस्य हो, जो अहिले मान्छेबाट मान्छेमा सरिरहेको छ।

विश्वका करिब १२ लाखभन्दा बढी मानिसको शरीरभित्र छिरिसकेको छ।

कुनै जंगली जनावरबाट मानिसको शरीरमा पसेको यो एउटा ‘सूक्ष्म जीवाणु’ले करिब ६५ हजार मानिस निलिसकेको छ।

कोरोना भाइरस र जलवायु परिवर्तन

‘अरू भाइरस र महामारीहरुजस्तै अहिलेको यो नोबेल कोरोना भाइरसको सम्बन्ध जलवायु परिवर्तनसँग एकदमै स्पष्ट छ।’

विश्व स्वास्थ्य संगठनका जवायु परिवर्तन महाशाखाका सल्लाहकार आर्थर आयान्सले भनेका छन्, ‘विश्व स्वास्थ्य संगठनमा रहेर जलवायु परिवर्तन र मानव स्वास्थ्यको अध्ययन गरिरहेको एक सदस्यको हैसियतले भन्दैछु कि मानवजातिले यी आघातहरूको सामना गर्नुपर्ने अवस्था जलवायु परिवर्तनले निम्त्याएको एक हिस्सा हो।’

तराईंमा मात्रै पाइने विषालु सर्प पहाड उक्लिएर मान्छे डस्न सुरू गरेको छ।

लामखुट्टेले बसाइँ सर्दै गर्दा पहाडमा पनि मलेरिया र डेंगीका प्रकोप फैलिइरहेको छ।

अनि सार्स, मर्स, इबोला अनि अहिले आएर, नोबेल कोरोना भाइरसको वैश्विक महामारी।

यी सब जलवायु परिवर्तनले भाइरसको प्रसारमा ल्याएको एउटा परिवर्तन हो।

ठूला औद्योगिक राष्ट्रका कारण हुने जलवायु परिवर्तनका असरबाट नेपालजस्ता गरिब देशले कसरी मूल्य चुकाउनुपर्छ भन्ने एउटा प्रष्ट उदाहरण डेंगीको फैलावट हो।

सुरूमा सन् २००६ मा नेपालका तराईका केही जिल्लामा देखिएको डेंगी

(लामखुट्टेको टोकाइबाट सर्ने) २०१९ मा आउँदा ६७ जिल्लामा फैलियो। जसबाट १४ हजार मानिसको मृत्यु भयो र केहीले ज्यान पनि गुमाए।

एक अध्ययन अनुसार अहिले भाइरसको प्रकृति र रुप अनि उसको क्षमता पनि परिवर्तन भएको छ।

९० को दशकसम्म ‘स्वाइन फ्लु’ जनावरबाट मात्रै मानिसमा सर्थ्यो। त्यसको महामारी फेरि अघिल्लो दशकमा पनि देखियो यतिबेलासम्म उसको रुप बदलिइसकेको थियो। र, मानिसबाट मानिसमा सर्न थाल्यो।

त्यसको निरन्तरता हो, अहिलेको कोरोना भाइरस पनि। जो पहिला पशुबाट मानिसमा सर्‍यो अनि मानिसबाट मानिस र फेरि मानिसबाट पशुमा पनि प्रसार भइरहेको छ।

जलवायु परिवर्तन र भाइरसको सम्बन्ध कहाँनेर प्रष्ट हुन्छ भन्ने एउटा गतिलो अर्को उदाहरण अहिलेको कोरोना भाइरसको विश्वव्यापी प्रसार पनि हो।

जस्तो कि, सुरूमा चीनमा फैलिँदा र अहिले अमेरिका युरोपसम्म पुग्दासम्म यो भाइरसको क्षमता, प्रकृति र शक्तिमा पनि परिवर्तन आइसकेको छ।

यद्यपि भाइरसको संक्रमण रोक्नका लागि ती देशहरूले गरेको तयारी र रणनीतिले पनि यसको प्रसारमा पक्कै प्रभाव पारेको होला।

तर, प्राकृति रुपमा हेर्दा चीनदेखि युरोप, अमेरिकासम्म पुग्दै गर्दा भाइरसको क्षमता पनि परिवर्तन गरिरहेको छ।

र, यसबाट वैज्ञानिकहरूले निकालेको एउटा प्रष्ट निष्कर्ष के हो भने अहिले भाइरसले औषधी पचाउनसक्ने क्षमता बढाइरहेको छ, अर्कोतिर मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर भइरहेको छ।

भाइरस संक्रमणको प्रभाव हेर्दा स्पष्ट हुन्छ, भाइरसको शक्तिका अघि मानव निरीह भइरहेको छ।

भाइरसको संक्रमण र जलवायु परिवर्तनको प्रभावमानवजातिलाई पाठ

यसको पहिलो पाठ हो, स्वास्थ्य प्रणालीमा सुधार।

आर्थर आयान्स भन्छन्, ‘यसबाट हामीले यो बुझ्नुपर्छ कि, अब हाम्रा स्वास्थ्य प्रणालीहरू परिवर्तन गर्न जरुरी छ। जलवायु परिवर्तनका असरसँग जुध्नका लागि पनि त्यसो गर्न आवश्यक छ।’

र, उनलाई लाग्छ, विश्वकै स्वास्थ्य प्रणालीमा अब व्यापक सुधारको आवश्यकता भइसकेको छ।

दोस्रो, यो संक्रमणको सबैभन्दा बढी डर ठूला र औद्योगिक सहरका मानिसलाई भइरहेको छ। जो निकै प्रदुषित थिए र पृथ्वीलाई संकटतिर धकेलिरहेका थिए। तर, यसको अझै ठूलो मूल्य भने गरिब मुलुकले चुकाउनुपर्ने हुन्छ।

तेस्रो पाठ हो- यो भाइरसको संक्रमणले हाम्रो आनिबानीमा ‘नाटकीय’ रुपमै भए पनि परिवर्तन गरिदिएको छ।

हेर्दा यो एउटा अस्थायी परिवर्तन जस्तो लाग्नसक्छ तर, यसले विश्वका आम मानिसलाई एकता र सामूहिकताको सन्देश दिएको छ। यसले हामीलाई परिवर्तनको दीगोपनको सन्देश पनि दिएको छ।

जलवायु परिवर्तनका असरप्रति गम्भीर हुने मौका

‘जलवायु परिवर्तनले निम्त्याउने संकटको सामना त अझै हामीले गर्नैपर्नेछ,’ वातावरणविद् भुषण तुलाधर भन्छन्, ‘त्यो संकट पनि अब नजिकिइसकेको छ।’

भाइरस संक्रमणको यो विश्वव्यापी संकटले अर्कJ महासंकटसँग जुध्न तयार हुन सन्देश दिएको उनको बुझाइ छ।

‘अहिलेको यो कोरोना भाइरससँग जलवायु परिवर्तनको एकदमै डाइरेक्ट रिले;न छ भन्न सकिन्छ,’ तुलाधर भन्छन्, ‘तर, कतै न कतै यस्ता संक्रमण र महामारीहरू वातावरणीय प्रभावसँग जोडिएकै हुन्छन्।’

यसबाट वैज्ञानिकहरूले निकालेको एउटा प्रष्ट निष्कर्ष के हो भने अहिले भाइरसले औषधी पचाउनसक्ने क्षमता बढाइरहेको छ, अर्कोतिर मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर भइरहेको छ।

जस्तो कि, वर्षेनी विश्वमा देखिइरहने, सिजनल फ्लु, दशकअघिको स्वाइन फुलू, सार्स, मर्स, इबोला इत्यादि।

एकदमै घातक देखिने यी भाइरसहरू भाइरसको सम्बन्ध कतै न कतै मानिस र जनावरसँगै जोडिएको छ।

जब मानिसले जंगली जनावरको बासस्थानमा आफ्नो कब्जा जमाउन थाल्छ, उसको संसार विथोल्न थाल्छ अनि जनावर मानिसको संसारमा पस्न सुरू गर्छ।

एउटा प्रारम्भिक अध्ययनका अनुसार चीनको उहान सहरबाट यो भाइरस (कोभिड–१९) जनावरबाट मानिसमा सरेको थियो।

वैज्ञानिकहरूको अध्ययनले त्यो भाइरस ठ्याक्कै कुन जनावरबाट मानिसमा सरेको थियो? भन्नेबारेमा अझै पत्ता लगाइसकेका छैनन्। तर, उनीहरूको निष्कर्ष कुनै जनावरबाटै त्यो मानिसमा सरेको हो।

त्यसको पहिलो उद्गम थलो थियो उहान सहरको सामुद्रिक जीवको खाद्यान्न बजार। जहाँ जिउँदा र मारिएका सामुद्रिक जीवको अर्बौं व्यापार थियो। त्यही बजारमा जंगली जनावरको समेत व्यापार हुन्थ्यो।

त्यसैले अहिले चीनमा त्यहाँको सरकारले सम्पूर्ण जनावरको किनबेच र मासु खानसमेत प्रतिबन्ध गरेको छ।

र, यसले विश्वलाई दिएको एउटा स्पष्ट सन्देश हो- जनावरको संरक्षण। जनावर वातावरणीय चक्रमा जोडिएको एउटा मुख्य घटक पनि हो।

चीनमा जंगली जनावरको मासुको व्यापार करिब ८५ खर्ब १० अर्बभन्दा बढी थियो। र, त्यो उद्योगमा लाखौं मानिसको रोजगारी पनि जोडिएको थियो।

१७ वर्षअघि चीनसहित विश्वभरि फैलिएको सार्स भाइरसका कारण ८ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो।

त्यो भाइरस पनि कोरोनाकै एक समूह हो। जो बिरालो प्रजातिको जंगली जनावरबाट मानिसमा सरेको थियो।

विश्व स्वास्थ्य संगठनका अनुसार ५० वर्षयता करिब ७० प्रतिशत कोरोना भाइरसहरू जंगली जनावरबाट मानिसमा सरेको पाइएको छ।

तुलाधर भन्छन्, ‘संसारमा भइरहेको जंगली जनावरको बढ्दो व्यापार र मानिसले आनिबानी परिवर्तन गर्दै जनावरजन्य आहारमा बढाएको रुची, यी सब मानिस र जनावरलाई नजिक बनाउने क्रियाकलाप हुन्।’

र, जति धेरै मानिस र जनावरबीचको यो असामान्य अन्तरक्रिया वा भौतिक निकटता बढ्दै जान्छ अनि भाइरसको प्रसार सिधै जनावरबाट मानिसमा हुनथाल्छ।

‘यो महामारीले हामीलाई सिकाएको एउटै सन्देश हो, एकता,’ तुलाधर भन्छन्, ‘जलवायु परिवर्तनले निम्त्याउने संकट त आउनै बाँकी छ, त्यसको सामना गर्नका लागि पनि हामी एकताबद्ध हुन जरुरी छ। यो एउटा व्यक्ति वा एउटा देशले मात्रै गरेर सफल हुने काम होइन।’

वातावरण वैज्ञानिक नरेश रिमालका अनुसार जलवायु परिवर्तनले कोरोना भाइरसको जन्म भयो भनेर ठ्याक्कै भन्न सकिन्न।

‘तर, यो एकदमै महत्वपूर्ण खोज र अनुसन्धानको विषय भने पक्कै हो,’ रिमाल भन्छन्, ‘यस्ता भाइरसहरूको संक्रमण फैलिनुमा मानवीय क्रियाकलापहरू भने पक्कै जोडिएका छन्।’

पृथ्वीमा एकपछि अर्को गर्दै भाइरसहरू उत्पत्ति हुने र यसले मानवजातिलाई नै आक्रमण गर्दै महामारी फैलिनुका पछि कतै न कतै जलवायु परिवर्तन कारक बन्नसक्छ।

‘पक्कै पनि जलवायु परिवर्तनसँग मानवीय क्रियाकलापहरू त जोडिएकै छन्। वातावरणीय चक्रको एउटा मात्रै इलिमेन्टमा तलमाथि हुँदा त्यसले सबै सन्तुलन बिग्रिनसक्छ,’ रिमालको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय