आफ्नै जनताको जीवन चिनियाँको हातमा सुम्पने ट्रम्प

अमेरिकी नागरिकको जीवन साँच्चै नै चिनियाँको हातमा छ।

चीन त्यस्तो राष्ट्र हो जसलाई अमेरिकाले ‘रणनीतिक प्रतिद्वन्द्वी’, आफूरूरुद्धको प्रभाव निर्माणमा सक्रिय रुपमा आबद्ध मानव अधिकार हननमा पूर्णरुपमा संलग्न निरंकुश राष्ट्र अनि अमेरिकी अर्थतन्त्रको नियमित रुपमा लाभ उठाउने देशको रुपमा चित्रित गरेको छ।

यति मात्र हैन, स्टेट सेक्रेटरी माइक पम्पियोले सोही चीनको नेतृत्वलाई आफ्नो नागरिकको स्वास्थ्य र जीवनशैलीमाथिको ठूलो खतराको रुपमा व्याख्या गरेका छन् भने ट्रम्प प्रशासनले सोही चीनलाई कोरोना भाइरस प्रकोपबारे यथार्थ लुकाएको आक्षेप समेत लगाएका छन्।

तर, चीन त्यो राष्ट्र पनि हो, जसमाथि कोरोना भाइरसबाट आफ्नो जनताको जीवनरक्षाको लागि संयुक्त राज्य अमेरिकाले आवश्यक सामग्रीको आपूर्तिका लागि निर्भर रहेको छ।

भाग्यको विरोधाभाषपूर्ण (तर, पन्छाउन सकिने) परिवर्तनको रुपमा सुरूको संक्रमणबारेको तथ्यलाई लुकाएका कारण भाइरसको विस्तारमा जिम्मेवार राष्ट्र भनेर व्याख्या गरिएको चीन हाल आएर सोही घातक प्रभावबाट अध्यधिक उचित लाभ उठाउन सबैभन्दा उपयुक्त स्थितिमा रहेको छ।

अमेरिकाको जासुसी समुदायले चीन उसको विश्वव्यापी आर्थिक उपस्थिति र प्रभाव बढाउनतर्फ उन्मुख रहेको चेतावनी दिइसकेको छ।

अप्रिल ४ सम्म करिब तीन लाखभन्दा बढी कोभिड–१९ संक्रमितको ‘प्रमाणित केश’हरूसहित यस विश्वमहामारीको केन्द्रबिन्दुको रुपमा अमेरिका स्थापित हुँदा पनि ट्रम्प प्रशासनको रोग नियन्त्रणको लागि तदारुकतामा देखिएको कमीले चीनलाई सो उपस्थिति तथा प्रभाव थप द्रूत रुपमा बढाउने अवसर प्रदान गरेको छ।

यस महामारीले अमेरिका प्रवेश गर्नुपूर्व नै जीवनरक्षाको लागि अत्यावश्यक मुख्य सामग्रीहरुको व्यवस्थापन तथा संचिती गर्ने रणनीति अवलम्बन गर्न वाञ्छनीय थियो जुन गर्नबाट ट्रम्प प्रशासन चुक्यो।

यस परिस्थितिलाई अझ नराम्रो बनाउने गरी राष्ट्रपति ट्रम्पले हप्तौंसम्म डिफेन्स प्रोडक्सन एक्टको प्रयोग गर्न हिच्किचाए। उनले अन्तत: स्थानीय निर्माताहरूलाई भेन्टिलेटर र एन नाइन्टिभाइभ मास्क उत्पादनको लागि आवश्यक सामग्री तथा अन्य स्रोतहरू उपलब्ध गराएर प्रत्यक्ष रुपमा सघाउने उद्घोष गरे। गत शुक्रबार, सात हजारभन्दा बढी अमेरिकी नागरिकले ज्यान गुमाइसकेपछि उनले जीवनरक्षा गर्ने व्यक्तिगत सुरक्षा सामग्रीको निर्यातमा कटौती गरेका छन्।

त्यसो त राष्ट्रपति ट्रम्पको पछिल्लो कदमको बाबजुत पनि अमेरिकाले आफ्नो स्वास्थ्यकर्मीका साथसाथै बिरामी जनताको सुरक्षाको लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीको पर्याप्त मात्रामा उत्पादन गर्न भने सकिरहेको छैन।

यसरी ट्रम्प प्रशासनले महामारीविरुद्ध आफूलाई तयार राख्नबाट चुक्दा मानिसहरूसँग उपलब्ध स्थानबाट आफूले प्राप्त गर्न सक्ने जति आवश्यक सुरक्षा सामग्रीहरूको जोहो गर्नुभन्दा अन्य विकल्प छैन।

गत शनिबार चिनिँया सरकारले आफ्नो राज्यको लागि एक हजार थान भेन्टिलेर दान गर्ने प्रक्रियालाई सहजीकरण गरिरहेको बताएका न्यूयोर्कका गर्भनर एन्ड्रियु कुमोले चीनबाट १७ हजार थान भेन्टिलेर खरिदको माग गरिसकेको जानकारी दिए।

यसैबीच, व्यक्तिगत स्तरमा आवश्यक सुरक्षा सामग्री हासिल गर्ने बेचैनी बढेसँगै नागरिकहरूले पनि आ-आफ्नै ढंगबाट यस्ता सामग्रीको संकलनको अभियान थालिसकेका छन्। जस्तै: एक अमेरिकी नागरिक रोबर्ट क्राफ्टले चीनबाट आफ्नो लागि आवश्यक मास्क मगाइसकेका छन्।

चीनको प्रमुख स्वास्थ्य सम्बन्धी उपकरण उत्पादक कम्पनीले भेन्टिलेरको माग विश्वभरिका अस्पतालहरूमा हाल उपलब्धभन्दा १० गुणा बढी भएको बताए। एक चिनियाँ सरकारी अधिकारीका अनुसार चीनमा अहिले २१ वटा भेन्टिलेर उत्पादन गर्ने कम्पनीहरू रहेका छन्, जसलाई संसारभरिबाट करिब २० हजार थान उपकरणको माग आएको छ। यस प्रवृत्तिलाई हेर्ने हो भने चिनियाँ स्वास्थ्य उपकरणको माग भविष्यमा अझ बढ्ने देखिन्छ।

चीनले आवश्यकताको यस घडीमा ट्रम्प प्रशासनलाई साँच्चै सहयोग गर्छ वा गर्दैन भन्ने हामीलाई अझै थाहा छैन। तर, के चाहिँ स्पष्ट छ भने अमेरिकी जनताको जीवनको रक्षा गर्नु राष्ट्रपति ट्रम्पको ‘संवेदनशील स्वार्थ’ हो र यस स्वार्थपूर्तिका लागि उसले चिनियाँ कम्युनिष्ट पार्टीलाई खुसी पार्न जरुरी छ भन्ने अमेरिकाले बुझेको छ।

यसले आफैंले सिर्जना गर्न ठूलो भूमिका निर्वाह गरेको प्रकोपबाट चीनले बृहत् लाभ उठाउने देखिएको छ।

यो चिनियाँ कम्युनिष्ट पार्टीको लागि अभिशाप र बृहत् प्रचारको औजार (प्रोपोगाण्डा टुल्स) दुबै हो। प्रकोपसम्बन्धी जानकारी लुकाएर संसारभरि कोरोना भाइरसको विस्तारमा प्रत्यक्ष रुपमा जिम्मेवार भए तापनि चीनले झुठो सूचना संम्प्रेषण ‘हमला’द्वारा संकटविरूद्धको प्रतिकार्यको सवालमा आफूलाई विश्वकै अगुवाको रुपमा प्रदर्शित गरेको छ।

भाइरसलाई नियन्त्रण गर्न, संक्रमितहरूको उपचार गर्न तथा पर्याप्त उपचार सामग्रीको व्यवस्था गर्न अमेरिकाले अथक परिश्रम गरिरहँदा आफूलाई ‘उत्तर–भाइरस’को अवस्थामा रहेको बताउने चीनले भने संसारका अन्य कुनै पनि देशले गर्न नसक्ने परिमाणमा उपचार सामग्रीहरुको उत्पादन गरिरहेको छ। महिनौंसम्मको लकडाउनपछि चीनले आफ्नो अर्थतन्त्रमा आएको खाडललाई पुर्ने दिशामा काम सुरू गरिरहँदा हामी भने भाइरसलाई नियन्त्रणमा लिने संघर्षमा सीमित छौं। उनीहरूसँग रणनीति छ, जुन हामीसँग छैन।

उनीहरूसँग भर्खरैको इतिहासमा कहिल्यै पनि नभएको परराष्ट्र नीतिको सुविधा तथा पकड रहेको छ।

हामीले यो देखिसकेका छौं। अमेरिकी र चिनियाँ अधिकारीहरूबीचको वाकयुद्ध हालसालै साम्य भएको छ। पम्पियोले यस संकटमा चीनको दोष एवम् जिम्मेवारीबारे हालै लक्षित गरेका छन्।

तर, कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ वा ‘वुहान भाइरस’को नाम दिएका उनी र राष्ट्रपति ट्रम्पले धेरै क्षेत्र वा तप्काबाट आलोचना खेप्न पर्‍यो। यस्तो लान्छनाले एसियन–अमेरिकनविरुद्ध अनावश्यक जातीय आक्रमणलाई बढावामात्र दिएन बरु गत जानवरी महिनामा राष्ट्रपति ट्रम्पले भाइरसलाई नियन्त्रणमा लिन चीनले निभाएको भूमिकाको प्रशंसा गरेको अवस्थामा संसारलाई द्धिविधायुक्त मिश्रित सन्देश समेत दियो।

यसको अझ बिकराल स्वरुप जिसेभेन राष्ट्रको समूहभित्र देखियो। जिसेभेन को विज्ञप्तिमा ‘वुहान भाइरस’ शब्दावलीमाथिको अमेरिकाको जोड (जसलाई अन्य राष्ट्रहरुले स्वीकारेनन्)को कारण सो राष्ट्रको समूहले विज्ञप्ति नै जारी नै गरेन। राष्ट्रहरूबीच एकताको अत्यावश्यकता रहेको यस समयमा हामीले जिसेभेन समूहलाई नै व्यर्थको बनायौं।

अहिले चिनियाँ कम्युनिष्ट पार्टीले अमेरिकाका लागि आवश्यक स्वास्थ्य सामग्रीको आपूर्ति गर्ने सहमतिमा अमेरिकी जनताको जीवन निर्भर भएसँगै यी दुई राष्ट्रबीचको वाकयुद्धमा बिराम लागेको छ।

चीनले आवश्यकताको यस घडीमा ट्रम्प प्रशासनलाई साँच्चै सहयोग गर्छ वा गर्दैन भन्ने हामीलाई अझै थाहा छैन। तर, के चाहिँ स्पष्ट छ भने अमेरिकी जनताको जीवनको रक्षा गर्नु राष्ट्रपति ट्रम्पको ‘संवेदनशील स्वार्थ’ हो र यस स्वार्थपूर्तिका लागि उसले चिनियाँ कम्युनिष्ट पार्टीलाई खुसी पार्न जरुरी छ भन्ने अमेरिकाले बुझेको छ।

चिनियाँ अर्थतन्त्रमाथि चिनियाँ कम्युनिष्ट पार्टीको नियन्त्रण रहेको कारण अमेरिकाको लागि आवश्यक व्यापार तथा उत्पादनमूलक कार्यलाई यसले आफ्नो स्वार्थमा प्रयोग गर्नसक्ने क्षमता राख्दछ।

हामीले व्यापार युद्धको खेल विगतमा देखिसकेका छौं जतिबेला, उदाहरणको लागि चीनमा संचालित अमेरिकी कम्पनीहरूविरुद्ध चिनियाँ सरकारले प्रतिशोधपूर्ण व्यवहारयुक्त अनावश्यक सरकारी अनुगमन तथा सुस्त भन्सार प्रक्रियाको नीति अवलम्बन गरेको थियो।

विश्वमहामारीको अहिलेको समयमा सोही व्यवहार पुन लागू हुनसक्छ – अमेरिकी आमजनताको जीवन निर्भर रहने अत्यावश्वक वस्तु तथा सामग्रीहरूको निर्यात कटौती गर्ने वा निर्यातलाई सुस्त गर्ने सामर्थ्य चीनले फेरि पनि राख्दछ।

यस्तो दयनीय अवस्थामा रहेको देश हाम्रो मात्र भने पटक्कै हैन। विश्वका विभिन्न राष्ट्रहरू विश्वमहामारीविरुद्धको लडाइँमा आवद्ध हुदाँ चीनले आफूलाई भने उपल्लो दर्जामा राख्न सफल भइसकेको छ।

यतिबेला चीनले देशबाहिर पनि त्यही गर्न खोजिरहेको छ, जुन उसले आफ्नो देशभित्र गर्‍यो – झुठो कहानीको बिक्री। भाइरसको उत्पत्ति, सोलाई सम्बोधन गर्न उसले निभाएको भूमिका तथा अन्य विविध विषयहरूमा उसले आफ्नो इच्छाअनुसार झुठो सूचना तथा जानकारीको प्रचार-प्रसारमा सम्पूर्ण औजारहरूको प्रयोग गरिरहेको छ।

हुन त ट्रम्प प्रशासन तथा उसको जिम्मेवार अधिकारीहरूलाई मानिसको जीवनरक्षाको लागि आवश्यक सबै कार्य गर्नुपर्ने हालको बाध्यता हो। तर, उसले के पनि बुझ्न जरुरी छ भने चीनप्रतिको परनिर्भता उसलाई महंगो साबित हुनेछ।

त्यसैले अहिलेको डरलाग्दो यथार्थ यो हो कि ट्रम्प प्रशासनले अमेरिकी नागरिकको जिवन चिनियाँको हातमा सुम्पिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय