नर्भिक अस्पतालले सरकारलाई दियो हजार थान पिपिई

कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा सहयोगको घोषणा गरेको नर्भिक अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले सरकारलाई १ हजार थान व्यक्तिगत सुरक्षा सामग्रसहित उपलब्ध गराएको छ ।

सोमबार फाउन्डेसन तथा अस्पतालका प्रतिनिधिले मन्त्रालयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर सो सामग्री हस्तान्तरण गरेको चौधरीले ट्वीटमार्फत जानकारी दिएका छन् । यसरी हस्तान्तरण गरिएको सामग्रीमा पुरै शरीर ढाकिने गाउन, फेस डिल्ड, डिस्पोसेवल क्याप, ग्लोब्स र डिस्पोसेवल ग्लोब्ससहितको १ हजार थान पिपिई सेट छ ।

अस्पतालका प्रमुख चौधरीले गत चैत १० मा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले खडा गरेको कोषमा नर्भिक अस्पताल तथा बसन्त चौधरी फाउन्डेशनले १ करोड सहयोगको घोषणा गरेका थिए ।

अस्पतालका प्रमुख चौधरीले गत चैत १० मा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले खडा गरेको कोषमा नर्भिक अस्पताल तथा बसन्त चौधरी फाउन्डेशनले १ करोड सहयोगको घोषणा गरेका थिए ।
अस्पतालले यस्तो सहयोग ५० लाख बराबरको मेडिकल सामग्री तथा ५० लाख नगद उपलब्ध गराउने जनाएको थियो ।

अहिले उपचार तथा रोकथामका लागि पिपिई सबैभन्दा अभाव देखिएको भन्दै ती सामग्री उपलब्ध गराइएको अस्पतालले जनाएको छ । मन्त्रिपरिषदको बैठकले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कोष खडा गर्ने र त्यसमा ५० करोड रुपैयाँ राख्ने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय