अनुसन्धान परिषदले भन्यो- किट भ्यालिडेसन परीक्षणको काम प्रयोगशालाको हो, हाम्रो होइन

स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले -यापिड डाइग्नोस्टिक कीटको प्रभावकारिताको परीक्षण गर्ने क्षमता परिषद्सँग नभएको भन्दै परीक्षणको काम राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल)बाट गर्न सुझाएको छ ।

सरकारले ओम्नी समूहमार्फत् चीनबाट हालै किनेको ७५ हजार थान कीट परीक्षणको जिम्मा एनएचआरसीलाई दिन निर्णय स्वास्थ्य मन्त्रालयले गरेको थियो । स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सो कीटको गुणस्तर परीक्षण गरेर मात्रै प्रयोग गर्ने निर्णय भएको विज्ञाप्तिमार्फत् जनाएका थिए । तर, मन्त्रालयले यस्तो जिम्मेवारी दिएको एकसाताभन्दा लामो समयदेखि एनएचआरसीले आइतबार बैठकमार्फत् आफ्नो काम नभएको स्पष्ट पारेको छ ।

काउन्सिलमा मन्त्रालय, अनुसन्धान परिषद् र प्रयोगशालाका उच्च अधिकारी सम्मितलित बैठकले अनुसन्धानको काम परिषद्ले गर्ने र कीटको भ्यालिडेसनको काम एनपिएचएलको नेतृत्वमा गर्ने निर्णय गरेको एनएचआरसीका अध्यक्ष डा. अन्जनीकुमार झाले जानकारी दिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को नेपालमा दोस्रो चरणमा प्रवेश गरेसँगै सरकारले कीटको प्रयोग गरेर समुदायस्तरमा जाँच्ने निर्णय गरिसकेको छ । कैलाली, कन्चनपुरलगायतका जिल्लामा कीट प्रयोग गरेर समुदायस्तरमा परीक्षण गर्ने निर्णय भएपनि हालसम्म कीटको भ्यालिडेसनको जाँच नै भएको छैन् ।

सरकारले द्र्रत मार्गबाट कीटसहित अत्यवश्यक सामग्री खरिद गरेको विषय विवादमा परिरहँदा कीट पनि अनुमति प्राप्त नभएको चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय