चितनवमा कोरोना परीक्षण सेवा सुरु, नियमित परीक्षण भोलिदेखि

चितवनमा स्थापना गरिएको कोरोना भाईरसको नमुना परीक्षण प्रयोगशालाको सेवा प्रारम्भ गरिएको छ ।  राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा स्थापना गरिएको ल्याबको प्राविधिक काम सकिएपछि सेवा सुचारु भएको घोषणा गरिएको हो ।

तर, नियमित परीक्षण भने भोलिबाट सुरुवात गरिने प्रयोगशाला निर्माण उपसमितिका संयोजक डा.कृष्णसागर शर्माले जानकारी दिए । प्रयोगशालामा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मदन पाण्डे र चितवन मेडिकल कलेजका ब्रजेश झाको नेतृत्वले प्रयोगशाला सम्हाल्ने छ । यो ल्याब भरतपुर अस्पतालको स्वामित्वमा रहने विज्ञप्तीमा बताईएको छ ।

प्रयोगशालामा सञ्चालनका लागि विज्ञ सहितको प्राविधिक टोलिले दुई दिनसम्म लगाएर उपकरणहरु जडान गरेका थिए । प्रयोगशालाको जडान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्राविधिक र चितवनका प्राविधिक सहितको टोलिले गरेको थियो ।

कोरोना भाईरस सम्भाव्यता अध्ययन गर्न चितवन आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य व्यवसायी परिषद्का रजिष्टार पुष्पराज खनाल सहितको टोलिले भरतपुरको राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा सञ्चालन गर्न उपयुक्त देखेपछि यहाँ प्रयोगशाला सञ्चालनको काम भएको थियो ।

यहाँ कृषि तथा वन विश्वविद्यालयमा रहेको आरटी पीसीआर मेसिन पनि ल्याएर जडान गरिएको छ । प्रारम्भिक चरणमा एक पटकमा ९० वटा नमुना परीक्षण गर्न सक्ने उपसमिति संयोजक डा.शर्माले बताए ।

कोरोना भाईरसको नुमना अहिलेलाई पाँच वटा स्टेपमा परीक्षण गरिने उनले बताए । तत्काल विरामीको रिपोर्ट ४८ घण्टा भित्र निकाल्ने तयारी गरिएको छ । तर, विरामी धेरै भएको खण्डमा रिपोर्ट छिटो पनि आउन सक्ने उनले बताए ।

ल्याव सञ्चालन गर्नकालागि डिएसएलटु स्तरको बायोसेफ्टी क्याविनेट ९जैविक सुरक्षा०को प्रवन्ध मिलाईएको छ । प्रयोगशाला सञ्चालनका लागि २० जनाको प्राविधिक टोलि समेत तयार रहेको डा। शर्माले बताए । “भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरोना मेडिकल कलेज र बीपी कोईराला मेमोरीयल क्यान्सर अस्पतालबाट चार÷चार जना, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर र काठमाण्डौँबाट आएका प्राविधिकको टोलिले अहिले काम गर्नेछन् ।,” उनले भने, “आवश्यक परे जनशक्ति थप गरिने छ ।”

चितवनबाट कोरोना परीक्षणका लागि स्वाब निकालेर पठाऊँदा नतिजा आउन लामो समय लाग्ने गरेको छ । अहिले गाडीमा राखेर स्वाब हेटौडा पठाउने गरिएको छ । यस्तो अवस्थामा चितवनमा नै कोरोनाको नमुना परीक्षण भएमा उपचार गर्न सहज हुने चिकित्सकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय