केएल दुगड समूहद्वारा ४ सय परिवारलाई खाद्यसामग्री वितरण

हेल्थपाेस्ट/काठमाडाैं
प्रकाशित
२०७६ चैत २३ गते १७:५७

कोरोना भाइरस महामारीका कारण देश लकडाउन भएको अवस्थामा केएल दुगड समूहले खाद्यसामग्री वितरण गरेको छ।

दुगड समुहले बाँके कोहलपुर नगरपालिका वडा नम्बर ७, १४ र १५ का गरिब, असहाय तथा अपाङ्गता भएका सर्वसाधारणसहित ४ सय परिवारलाई चामल, आटा, दाल, चना तथा तेल वितरण गरेको हो।

दुगड समूहले प्रत्येक परिवारलाई १० किलो चामल, दुई किलो चक्की आटा, एक किलो दाल, एक किलो चना तथा एक लिटर धारा तेल गरी कूल १५ किलो खाद्यसामग्री वडा कार्यालयको समन्वयमा वितरण गरेको जनाएको छ।

कोरोना भाइरस महामारीमा परेर कुनै परिवार भोकै बस्नु नपरोस् भनी दैनिक ज्यालामजदुरी गरी गुजारा गर्ने सर्वसाधारणका साथै गरिब तथा असहाय परिवारलाई सहयोग गरेको केएल दुगड समूहले जनाएको छ।

‘कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले देश लकडाउन गरेको छ। यस्तो बेला विपन्न र गरिब सर्वसाधारणले भोकभोकै बस्नु नपरोस् भनेर सहयोग गरेका हौं,’ केएल दुगड समूहका प्रदिप छाजेडले भने, ‘विपत्ति तथा दैनिक गुजारा गर्न मुस्किलमा परेकालाई सहयोग गर्न पाउँदा खुसी लागेको छ।’

समूहले विपत्ति, अप्ठेरो, महामारी चपेटामा परी दैनिक गुजारा चलाउनेलाई सधैं सहयोग गर्दै आइरहेको र भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय