चैतमा महिनामा विदेशबाट आउने सबैको र्‍यापिड टेस्टबाट परीक्षण गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलाली, कञ्चनपुर र बाग्लुङ जिल्लामा कोरोनाको  र्‍यापिड टेष्ट गर्ने परीक्षणका लागि टोली खटाएको जनाएको छ ।

आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तीन जिल्लामा कोरोना संक्रमित भेटिएपछि तीव्र परीक्षण गर्न टोली खटाइएको बताए ।

प्रवक्ता डा.देवकोटाका अनुसार कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको कोरोना परीक्षण हुनेछ ।
चैत महिनामा विदेशबाट आएका र उनीहरुको सम्पर्कमा आएकाहरुको र्यापिड डाइग्नोस्टिक टेष्टमा गरिने डा. देवकोटाले बताए ।

उनका अनुसार र्‍यापिड टेष्ट गर्दा पोजेटिभ आएकाहरुको पीसीआर विधिबाट यकिन सजिलो हुन्छ । नतिजाका आधारमा अन्य क्वारेन्टाइनमा रहेका व्यक्ति र कोभिड–१९ संक्रमणको शंका लागेका व्यक्तिहरुको परीक्षण गरिने डा. देवकोटाले बताए ।

आइतबार बसेको राष्ट्रिय अनुसन्धान परिषद्, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ टोलीको बैठकले आइतबार नै तीन वटा जिल्लामा खटाउने टोली बनाइ पठाएको डा. देवकोटाले बताए ।  हालसम्म नेपालमा १ हजार ५ सय २९ नमूना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार उपत्यकामा १२ र १ सय १ वटा आइसोलेशनमा कोरोना आशंकाका बिरामी राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय