बुहारीको हत्या गरी जलाउँदै गरेको आशंकामा सासूससुरासहित पाँच जना पक्राउ

बुहारीको हत्या गरी जलाउँदै गरेको अभियोगमा सासूससुरा र कान्छी बुहारीसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। पर्साको बहुदरमाई नगरपालिका- ८ रामनगरी टोल बस्ने २५ वर्षीया उर्मीलादेवी पण्डितको हत्या गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि मृतककी सासू , ससुरा, देउरानी र अन्य दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा उर्मिलाका ससुरा ६० वर्षीय सुरेश पण्डित, सासू ५५ वर्षीया फूलकुमारी देवी, देउरानी २३ वर्षीया मालती देवी र अन्य दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

शनिबार बिहान उर्मिलाको हत्या गरी जलाउँदै गरेको सूचना पाएपछि गएको प्रहरी टोलीले शव नियन्त्रणमा लिएको थियो। जलेको शरीरको केही भाग संकलन गरेर पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइने इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।

उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। मृतक उर्मिलाका श्रीमान् विदेशमा रहेका छन भने उनको माइती बारा जिल्ला चिलझपटी रहेको हो। मृतक उर्मिलाको ३ छोरी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय