समाचारकक्षबाट प्रधानमन्त्रीलाई पत्र!

सम्माननीय प्रधानमन्त्रीज्यू,

दोस्रोपटकको मिर्गौला प्रत्यारोपणपछि तपाईंले आराम र उपचारको विशेष ‘प्रोटोकल’ कायम गर्नुभएको होला। जगतलाई थाहा छ, तपाईंको स्वास्थ्य दुर्वल र संवेदनशील छ। दुनियाँका लागि तपाईंको स्वास्थ्य प्रगति धेरै मूल्यवान विषय हो। आफ्नो प्रधानमन्त्रीले चमत्कारिक स्वास्थ्यलाभ गरोस् भन्ने हरेक नेपालीको चाहना छ।

जीवन र भोगाइको नियति अक्सर जहाँ गाह्रो त्यहीँ सारो भनेजस्तो भइदिन्छ। तपाईंले ६ महिनाअघि दोस्रो प्रत्यारोपणको तयारी गर्दैगर्दा अचानक एपेन्डिसाइटिस र त्यसको कडा संक्रमण नभइदिएको हुँदो त यतिबेला नेपालीहरू धेरै अर्थमा भाग्यमानी हुने थिए।

आशैको कुरो न हो। शायद, तपाईं आफैं खटिएर कोरोनाविरुद्धको लडाइँलाई नेतृत्व दिइरहेको हुनुहुन्थ्यो। तपाईंलाई वरपरका घेरावालहरूले दिएको रिपोर्टका आधारमा निर्णय गर्नुपर्ने बाध्यता हुन्थेन। तपाईं गुमराहमा पर्नुपर्थेन। तपाईंलाई आफ्नो नेता चुकेको स्थितिमा प्रशासकले नसकेर सेनालाई दिएको भन्ने अर्थ जाने अर्को गम्भीर गल्तीमा फस्नुपर्ने अवस्था नै बन्ने थिएन।

प्रधानमन्त्रीज्यू,

तपाईंको स्वास्थ्य अवस्थाबारे टिप्पणी गर्दा आमजनताले पुकार गर्ने सबैभन्दा उल्लेख्य पक्ष हो, तपाईंको आत्मबल। तर, त्यो तपाईं उठेर सामान्य (विज्ञानले भनेअनुसार तपाईंका हकमा अनुशासित र अतिनियन्त्रित) जीवनका लागि तयार बन्नसक्नुहोस् भन्ने कामनाबाट सिञ्चित छ। तपाईंले यस्तो अवस्थाबाट पनि नेपालजस्तो जटिल संक्रमणबाट गुज्रिरहेको, गरिब, अझैं अनेक द्वन्द्वसँग पौंठेजोरी खेलिरहेको मुलुकलाई पार लगाउन सक्नुभयो भने त्यो दुनियाँ चित खाने चमत्कार हुनेछ।

तर, त्यो कति व्यावहारिक छ, तपाईंले यस्तोमा देश चलाउने जिम्मेवारी बोकेर हिंड्दा प्रकृतिले तोकेको दैहिक नियम के कति मानेको ठहरिएला, तपाईंले जेमा पनि जित्छु भनेर हठ गर्दा नियतिले के केमा हार ख्वाइरहेको छ भन्ने हेक्का राख्न सकिएला कि नसकिएला? यसबारे तपाईंले मनन गर्नु भएकै होला।

राज्य–समाज विधिले चल्छ। युद्ध, अनि संकटसमेत विधिमै चल्छ। भाइरसको समेत विधि हुन्छ। कोरोना भाइरस घाँटीमा पुगेपछि तीव्र गतिमा फैलिन्छ र फोक्सोतिर हुत्तिन्छ। तपाईंको समूह चाहिँ छिन–छिनको स्वार्थ र बहकाउमा लागेर कसरी मुलुकले यो संकटलाई पार लगाउँछ? उनीहरू कस्तो विधि अनुशरण गर्दैछन्?

तपाईंकी धर्मपत्नीले अस्पतालमै राखौं भनेर धारणा राख्दा सचिवालयका मित्रहरूले घर लाने जिद्दि गर्नुभएको भन्ने सूचनाले मेरो मन कटक्क भएको थियो। राधिका म्यामलाई जति तपाईंको निजी स्वास्थ्यबारे सरोकार राख्ने अधिकार अरू कोही भारदारलाई छैन। उहाँको स्याहारसुसार नै त्यस्तो निर्णायक र आधिकारिक उपाय हो, जसले केपी ओलीलाई एउटा स्वस्थ नेता बनाएर नेपाली जनतामाझ फर्काउन सक्छ।

तपाईंले चुनौतीपूर्ण स्वास्थ्यलाभ प्रक्रियाबीच सकिनसकी बैठक गरिरहेको, बिफ्रिङ लिइरहेको अवस्थामा भइरहेका केही सङ्गीन विषयलाई हेक्का राख्नुभएको छ?

– कोरोना संक्रमणको मानचित्रमा नेपालले ‘ग्रिनजोन’ बन्ने मौका गुमाइसकेको छ। यसको प्रष्ट कारण हो, तपाईंले अति विश्वास गरेका नेता उपप्रधानमन्त्री ईश्वर पोखरेलको अकर्मण्यता। उनी कोरोना नियन्त्रण उच्चस्तरीय कार्यदल प्रमुखको हैसियतमा हरेकपटक सही, सामयिक र साहसिक निर्णय गरेर तपाईंलाई सन्तोष दिन सक्थे, त्यसले तपाईंको स्वास्थलाभकै गति बढाउनसक्थ्यो।

– कतिपय पार्टीभित्रकै शुभचिन्तकले तपाईंलाई गुमराहमा पारिएकोमा सार्वजनिक रूपले चिन्ता व्यक्त गरे। खासगरी उपचार तथा परीक्षण सामग्री खरिद प्रक्रिया हदैसम्म विवादित र ‘कुचालित’ भएपछि त्यो चिन्ता आउनु स्वाभाविक हो। तपाईंका आइटी सल्लाहकार प्रष्ट विवादमा तानिए। यी सबै चिन्तालाई सम्बोधन गर्ने, त्यसका निम्ति तपाईंसमक्ष सही सूचना पुर्‍याउने संयन्त्र र पात्रबारे तपाईंले ख्याल गर्नुभएको छ कि छैन?

– तपाईंका मन्त्री र सहयोगीको निहित स्वार्थ, कमजोर कार्यसम्पादन र निम्छरो निर्णयभावका कारण आज अर्बहाराहारीको खरिदका लागि समेत बयारेकभित्र अनुशासन र मर्यादामा बसेको सेनालाई डाक्नुपर्ने स्थिति आयो। यो परिघटनाको अभ्यन्तरमा तपाईंले के के देख्नुभएको छ कुन्नी? प्रशासकहरू अब हाइसन्चो भयो भनेर बसेका छन्। उनीहरूलाई लघुताभाष के हो भन्नेसमेत हेक्का हुन छाडेको छ। सार्वजनिक प्रशासनलाई यतिसम्म पंगु बनाउँदै जाने हो भने, सोच्नुहोस्– भोलि अनि सधैंका लागि जनतालाई सेवा दिनुपर्ने त तिनैले हो। कि भोलिका दिनमा मालअड्डामा समेत सैनिक तैनाथ गर्ने हो?

– राज्य–समाज विधिले चल्छ। युद्ध, अनि संकटसमेत विधिमै चल्छ। भाइरसको समेत विधि हुन्छ। कोरोना भाइरस घाँटीमा पुगेपछि तीव्र गतिमा फैलिन्छ र फोक्सोतिर हुत्तिन्छ। तपाईंको समूह चाहिँ छिन–छिनको स्वार्थ र बहकाउमा लागेर कसरी मुलुकले यो संकटलाई पार लगाउँछ? उनीहरू कस्तो विधि अनुशरण गर्दैछन्?

प्रधानमन्त्रीज्यू,

संसार यतिबेला सर्वव्यापी स्वास्थ्य संकटमा फसेको छ। र, यो मानव सभ्यतामाथिकै संकट हो। हिजोसम्म हामीले जसरी संसार चल्छ भनेर सोचेका, भोगेका थियौं, अब ती सबै चिज नहुन सक्छन् वा अर्कै बन्न सक्छन्। संसारका मानिस यसै पनि यथास्थितिसँग वाक्क लागेर अतिवादप्रति आकर्षित हुन थालेका थिए। मानवजाति अतिभोगबाट अभिषप्त भएकै हो। नेपाल पनि धेरैखाले अतिवादसँग संघर्ष गरिहेकै हो।

यी सबै परिघटनाको ‘क्लाइमेक्स’ मा कोरोना कहर उत्पन्न भएको हो। हाम्रै जीवनकालमा संसारका महानतम् वैज्ञानिक स्टेफन हकिन्सबारे तपाईंले पढ्नुभएकै छ। उनले अब मानवले निरन्तर भाइरस, अनि प्राकृतिक विपत्तिसँग लडिरहनुपर्छ, ३० वर्षपछि पृथ्वीकै विकल्प खोज्न थाल्नुपर्छ भनेका छन्। तपाईंले यति चुनौतीपूर्ण घडीमा रहेको विश्वको सबैभन्दा सुन्दर देशको प्रधानमन्त्री बन्ने मौका पाउनुभएको छ।

तपाईंले ओछ्यानबाटै देश चलाइँरहँदा पनि सहानुभूतिका अविरल धारा तपाईंतिरै बगिरहेका छन्। यस्तो बेला तपाईंले कांग्रेसलाई शत्रु सम्झने, विरोधीलाई देखिनसहने मनोविज्ञानमा आफूलाई सीमित गर्नु समयसंगत नहोला।

तपाईं कति भाग्यमानी हुनुहुन्छ! तपाईंका लाखौं कार्यकर्ता छन्, जो एक सिट्ठीमा एउटै नारा एकैपटक हरेक कुनाकन्दरामा घन्काउन सक्छन्। तपाईंका नेताले बोलेको सर्वथा झुठ कुरा पनि अन्तिम समयसम्म प्रतिरक्षा गरेर बस्न सक्छन्। पार्टीकै लागि त्यो त एउटा ठूलो सम्पति हो, तर त्यसको निरन्तर दुरुपयोगले चाहिँ विवेकशील समाज निर्माणमा सहयोग पुग्छ कि पुग्दैन भन्ने प्रश्न उठ्छ नै। यो समस्या हाम्रा हरेक पार्टीमा छ। तर, इतिहासकै सर्वशक्तिमान प्रधानमन्त्री भएका नाताले यसलाई सच्याउने दायित्व र शक्तिसमेत तपाईंमै देख्न सकिन्छ।

तपाईं नेपाली राजीतिको एउटा अतुलनीय विम्ब हो। जो १४ वर्ष जेल बसेर, क्षयरोग–अल्सरसँग लडेर पनि तीन ट्रक किताब पढ्न भ्याउँछ। जो पार्टीभित्र वर्षौं पेलिएर पनि पलायन हुँदैन। जो माओवादी अतिवादलाई परास्त गर्न बोलेरै भए पनि भिड्छ, हतियारधारी वाइसिएलसँग लड्न सडकका गुन्डालाई एकत्रित गर्न पछि पर्दैन।

मलाई तपाईंबारे एउटा सानो विश्लेषण गर्न मन लाग्यो :

तपाईं नेपाली राजीतिको एउटा अतुलनीय विम्ब हो। जो १४ वर्ष जेल बसेर, क्षयरोग–अल्सरसँग लडेर पनि तीन ट्रक किताब पढ्न भ्याउँछ। जो पार्टीभित्र वर्षौं पेलिएर पनि पलायन हुँदैन। जो माओवादी अतिवादलाई परास्त गर्न बोलेरै भए पनि भिड्छ, हतियारधारी वाइसिएलसँग लड्न सडकका गुन्डालाई एकत्रित गर्न पछि पर्दैन। जो जनादेशबाट बनेको संविधानको रक्षानिम्ति आफ्ना अतिप्रिय भारतीय मित्रहरूसँगको संगतलाई तिलाञ्जली दिन्छ, नाकाबन्दीमा राष्ट्रियताको अडान लिएर बस्छ। र, त्यस्तो बेला आफ्नै देशका चीरशत्रुसँग हातेमालो गर्न पनि पछि पर्दैन।

तपाईंको निर्णयशक्ति प्रशंसनीय छ, पक्कै छ। त्यही भएरै तपाईंकै अनुहार हेरेर गएको चुनावमा मत खन्याएका हुन् जनताले।

तर, निर्णयशक्ति र निर्णय फरक हो। निर्णयशक्तिको दुरुपयोगले दुस्साहस निम्त्याउँछ, दुस्साहसले विनाश। तपाईंले आफ्नो ढिपीबाट मात्र अगाडि बढ्दा तपाईंकै शरीरमाथि अन्याय भइरहेको छ, देहधर्ममाथि घात भइरहेको छ। तपाईंलाई थाहा छ, दृष्टिमात्रै नभएका कारण धृतराष्ट्र कहिल्यै पूर्णराजा बन्न पाएनन्। नीतिवचनहरूका अनुसार आफ्नै शरीरको भर नभएको मान्छेले राजकाज चलाउन सक्दैन। संसारमा स्वास्थ्यका कारण आराम लिएका राजनेताका अनेक उदाहरण छन्। तर, यसमा पनि तपाईंले अपवाद बन्ने मनसुवा गर्नुभयो। सफल हुनुभयो भने त ठिक हो तर निरन्तरका परिघटनाले त्यसको संकेत मिल्दैन।

प्रधानमन्त्रीज्यू,

अहिलेका लागि नेपाली जनताले तपाईंमाथि भर र विश्वास गर्नुको विकल्प छैन। हामी अन्य राजनीतिक निर्णयको मूल्य र विषयान्तर बेहोर्न सक्दैनौं। राष्ट्रिय सरकार वा केहीका नाममा पनि अलमल गर्ने बेला होइन यो। तर इमान, साहस र जोखिम बहन क्षमता चाहिँ ‘चौबिस क्यारेट’ कै चाहिन्छ।

तपाईंलाई थाहा भयो होला, तपाईंका उपप्रधानमन्त्रीको अकर्मण्यता, मन्त्रीहरूको अपरिपक्वता र भ्रष्ट सहयोगी समूहका कारण मुलुक ठूलो मौकाबाट टाढिइसकेको छ। र, देशका कतिपय स्थानमा कोरोना भाइरस नदेखिने गरी सल्किसकेको छ। तपाईंका वरिपरि घुम्नेहरूले के बिफ्रिङ गरे कुन्नी, तत्काल राज्यले शसक्त हस्तक्षेप गरेन भने कम्तिमा सुदूरपश्चिम अब इटाली, स्पेनको नियतिमा हेलिने खतरा छ। तपाईंका सयंन्त्रका आँकलन गर्ने क्षमता टिठलाग्दो भएको योभन्दा महँगो उदाहरण के होला?

सीमामा उच्च निगरानी राख्दै संकटमा घर फर्किरहेका नेपालीजनलाई सुरक्षित क्वारेन्टाइनको बन्दोबस्त मिलाउनुपर्ने बेला तपाईंका उपप्रधानमन्त्री ओम्नी गु्रपसँग ‘मोलतोल’ गर्दै थिए। स्वास्थ्यमन्त्री निरीह भएर दस्तखत ठोक्दै थिए, स्वास्थ्य सचिव किशोर शैलीमा सामाजिक सञ्जालमा बाझ्न व्यस्त थिए, विज्ञ समूह हुक्केढोके भएर भौंतारिरहेका थिए।

सीमामा उच्च निगरानी राख्दै संकटमा घर फर्किरहेका नेपालीजनलाई सुरक्षित क्वारेन्टाइनको बन्दोबस्त मिलाउनुपर्ने बेला तपाईंका उपप्रधानमन्त्री ओम्नी गु्रपसँग ‘मोलतोल’ गर्दै थिए। स्वास्थ्यमन्त्री निरीह भएर दस्तखत ठोक्दै थिए, स्वास्थ्य सचिव किशोर शैलीमा सामाजिक सञ्जालमा बाझ्न व्यस्त थिए, विज्ञ समूह हुक्केढोके भएर भौंतारिरहेका थिए।

प्रधानमन्त्रीज्यू,

धेरै ढिलो त भइसक्यो। तर, साँच्चै आँट्ने हो भने अब तपाईंसँग केही विशेष उपाय बाँकी छन् :

– सेना, प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको युनिफाइड कमान्ड बनाएर त्यसलाई राजनीतिक नेतृत्वमा परिचालन गर्नु जरुरी छ। त्यो नेतृत्व तपाईंप्रति बफादार हुनुपर्छ।

– तपाईंले स्वास्थ्यकर्मीहरूको मनोबल बढाउन राज्यको क्षमताअनुसार उच्चतम उत्प्रेरणा प्याकेजको अविलम्ब घोषणा गर्नुपर्छ।

– तपाईंले कोरोनाविरुद्धको लडाइँमा गैरसरकारी क्षेत्रका जुझारु स्वयंसेवकलाई आह्वान गर्नुपर्छ। जनसेवावापत उनीहरूले पछि नागरिक जीवनमा विशेष सहुलियत पाउने व्यवस्था गर्नुपर्छ।

– तपाईंले कोरोनाविरुद्ध लड्न सरकारको कोषमा सहयोगका लागि स्वयंले विनम्र्रतापूर्वक आह्वान गर्नुपर्छ। प्राप्त सहयोग रकम र त्यसको खर्चको पूर्णपारदर्शिता राख्नुपर्छ।

– कोरोनाविरुद्धको लडाइँमा खरिद बन्दोबस्तीलाई विवादित र भ्रष्ट तुल्याउने गल्ती फेरि दोहोर्‍याउनुहुन्नँ। खरिदका लागि सम्बन्धित क्षेत्रका विशेषज्ञसहितको सहयोग लिनुपर्छ। एक अर्बको एकपटकको खरिद र कमिसनले मात्र यो संकट टर्दैन।

– मुलुकमा तत्काल स्वास्थ्य संकटकाल लगाउन आवश्यक पर्छ। यो केही दिनभित्रैको आवश्यकता हुनसक्छ। यसले तपाईंलाई देश र जनता जोगाउने लडाइँमा आवश्यक सबै सुविधा दिनेछ।

– तपाईंले यी सबै काम गरिरहँदा सार्वजनिक सुपरीवेक्षण (पब्लिक अडिटिङ) को बाटो खोलिदिनुपर्छ।

यतिसम्मको तत्परताले तपाईंलाई संसारभरकै अनुभव र विज्ञता नेपाली जनताको हितमा खन्याउने आँट दिनेछ। तपाईंले तत्काल सुदूरपश्चिममा राज्यको सघन उपस्थिति बढाउन सक्नुहुने छ, जहाँ कोरोना विष्फोटको खतरा देखिइसक्यो। तपाईंप्रति नेता, सहयोगी, विपक्षी र जनता सबै नतमस्तक हुनेछन्। यसका लागि जम्मा २४ घन्टा काफी छ।

आगे तपाईंको मर्जी!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय