किटनाशक औषधि पाइँदैन : फौजी किराले तरकारी बाली सखाप पार्दा मर्कामा किसान

पर्सा जिल्लाका किसानहरूले लगाएको मकै तथा तरकारीमा फौजी किराको प्रकोप देखिएको छ। फौजी किराले तरकारी तथा मकै सखाप पार्न थालेपछि किसानहरू दु:खी बनेका छन्।

लकडाउनका कारण तरकारी, दूध तथा औषधिका पसलहरू खुलिरहेको भए पनि किटनाशक औषधिका पसल खुल्न सकेका छैनन्। जसले गर्दा किसानहरू औषधी किन्न नसकेर मर्कामा परेका हुन्। कृषिमा चाहिने औषधि तथा कृषि सामग्रीहरू पाउन समस्या भएपछि लाखौं लगानी गरेर लगाइएको बाली नै सखाप हुने चिन्ता उनीहरूमा छ।

फल्ने बेलामा किराले खान थालेको किसान चिन्तित बनेका हुन्। तरकारी बालीबाट राम्रो आम्दानी लिने सोच बनाएका किसान किराको संक्रमणबाट घाटा बेहोर्नुपर्ने चिन्तामा छन्।

पर्सा मकै तथा तरकारी राम्रो उत्पादन हुने जिल्लामा पर्सा पर्छ। यता पर्सा जिल्लमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्थानीय तहमा वर्षौदेखी धान, गहुँ, तरकारी सुपरजोन कार्यक्रम अन्तर्गत खेती हुँदै आएको छ।

तर, यस वर्ष रोप्ने बेलादेखि नै अमेरिकी फौजी किराको प्रकोप देखापरेको बिशरामपुरका किसान राम पटेलले बताए। उनका अनुसार तरकारी बाली फल्ने बेला फौजी किराले व्यापक क्षेति पुर्याउन थालेको हो।

‘हामीले यस्को औषधि किन्न बजार जाँदा लकडाउनले गर्दा पसाल बन्द हुन्छन्। दैनिक जनप्रतिनिधिहरूसँग गुनासो गर्दा पनि केही समाधान निस्किँदैन’, उनले भने।

उता नगरपालिकासँग किरा र त्यसको रोकथामका बारेमा जानकारी राख्ने कृषि प्राविधिक छैन। उत्पादनमा लागेको लागतमूल्य पनि नपाउने अवस्था रहेकोले आफुहरू मर्कामा परेको पटेलले बताए।

कृषि प्राबिधिहरूसँग यस बारेमा सोध्दा, बाली हेरेर मात्र औषधिको लागि सल्लाह दिन मिल्ने भएकोले लकडाउनपछि मात्रै भन्ने प्रतिक्रिया दिएको किसान शिवनाथ पसवानले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय