दोस्रो चरणको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अनिश्चितकालसम्म स्थगित

आउँदो वैशाख ६ र ७ गतेका लागि तय गरिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै भिटामिन ए को दोस्रो कार्यक्रम स्थगित गरेको हो । मन्त्रालयले विश्वव्यापी रुपमा महामारीको रुप लिएको कोरोनप्रति सतर्कता अपनाउँर्दै निर्धारित कार्यक्रम स्थगित गरेको जनाएको छ ।

यसबारेमा ७ प्रदेश र ७५३ स्थानीय निकायमा आवश्यक जानकारी लागि भन्दैं स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार समेत गरिसकेको छ ।

महामारीको विषयम परिस्थिति देशले सामाना गरिएको यो अवस्थामा सो संग सम्बन्धित, गतिविधि बाहेक अन्य कार्यक्रमहरु बन्द रहेको छ, विज्ञप्तीमा भनिएको छ,‘ हालको परिस्थिति सुधार हुने अवस्था समेत नभएकोले यो कार्यक्रम स्थिगित गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय