चितवनमा कोरोना भाइरस नमुना परीक्षणको प्राविधिक काम सकियो

चितवनमा कोरोना भाईरसको नमुना परीक्षणका लागि प्राविधिक काम सकिएको छ । भरतपुरमा रहेको राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा सञ्चालन हुने प्रयोगशालाको विज्ञ सहितको प्राविधिक टोलिले दुई दिनसम्म लगाएर कोभिड १९ को नमुना परीक्षणका लागि उपकरणहरु जडान गरेका हुन् ।

प्रयोगशालाको प्राविधिक काम सकिएकाले सेवा सुचारु गर्नका लागि छलफल भईरहेको प्रयोगशाला स्थापना तथा सञ्चालन उपसमितिका संयोजक डा.कृष्णसागर शर्माले जानकारी दिए । “हामीले प्रयोगशालाको प्राविधिक काम सकायौँ । आजदेखि गुणस्तरीय व्यवस्थापनको काम गर्दछौँ ।” डा. शर्माले भने, “भोली देखि विरामीको नमुनाको परीक्षण नै सुरु गर्दछौँ ।”
प्रयोगशालाको जडान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्राविधिक र चितवनका प्राविधिक सहितको टोलिले गरेको थियो ।

कोरोना भाईरस सम्भाव्यता अध्ययन गर्न चितवन आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य व्यवसायी परिषद्का रजिष्टार पुष्पराज खनाल सहितको टोलिले भरतपुरको राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा सञ्चालन गर्न उपयुक्त देखेपछि यहाँ प्रयोगशाला सञ्चालनको काम भएको थियो । यहाँ कृषि तथा वन विश्वविद्यालयमा रहेको आरटी पीसीआर मेसिन पनि ल्याएर जडान गरिएको छ ।

यसको दैनिक ९ सय वटा नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको उपसमिति संयोजक डा.शर्माले बताए । एक सिफ्टमा तीन सय वटा नमुना परीक्षण हुने भएको छ । कोरोना भाईरसको नुमना अहिलेलाई पाँच वटा स्टेपमा परीक्षण गरिने उनले बताए । तत्काल विरामीको रिपोर्ट ४८ घण्टा भित्र निकाल्ने तयारी गरिएको छ । तर, विरामी धेरै भएको खण्डमा रिपोर्ट छिटो पनि आउन सक्ने उनले बताए ।
‘ल्याव सञ्चालन गर्नकालागि डिएसएलटु स्तरको बायोसेफ्टी क्याविनेट ९जैविक सुरक्षा०को प्रवन्ध मिलाईएको छ । प्रयोगशाला सञ्चालनका लागि २० जनाको प्राविधिक टोलि समेत तयार रहेको डा। शर्माले बताए । “भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरोना मेडिकल कलेज र बीपी कोईराला मेमोरीयल क्यान्सर अस्पतालबाट चार÷चार जना, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर र काठमाण्डौँबाट आएका प्राविधिकको टोलिले अहिले काम गर्नेछन् ।,” उनले भने, “आवश्यक परे जनशक्ति थप गरिने छ ।”

सन् २०१६मा अमेरिकन कम्पनीको यो मेशिनले आरएनए र डिएनए परिक्षण परीक्षण समेत गर्ने गर्दछ । यस मेशिनले दुई घण्टा भित्र नतिजा दिन सक्ने कृषि तथा वन विज्ञान विश्वविद्यालयका जैविक प्राविधिक केन्द्रका निर्देशक प्रा.डा.ईश्वरी प्रसाद कडरियाले बताए । यसले गर्दा विरामी र चिकित्सकलाई समेत सहज हुने उनको विश्वास छ । सरकारले नेपालमा भएका ल्याबहरुलाई परिचालन गर्ने हो भने पनि बाहिरी मुलुकबाट तत्काल यस्ता मेसिनहरु ल्याउन नपर्ने उनको भनाई छ ।

चितवनबाट कोरोना परीक्षणका लागि स्वाब निकालेर पठाऊँदा नतिजा कुर्नपर्न लामो समय लाग्ने गरेको छ । अहिले गाडीमा राखेर स्वाब हेटौडा पठाउने गरिएको छ । यस्तो अवस्थामा चितवनमा नै कोरोनाको नमुना परीक्षण भएमा उपचार गर्न सहज हुने भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्टेण्ड श्रीराम तिवारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय