प्रदेश, जिल्ला र स्थानीय तहबीच आन्तरिक आवागमन बन्द, स्वास्थ्यकर्मीलाई पूर्णसुरक्षा दिइने

हेल्थपाेस्ट
प्रकाशित
२०७६ चैत २२ गते २०:१६

सरकारले प्रदेश, जिल्ला र स्थानीय तहबीच हुने आवागमन पूर्णरुपले बन्द गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रीपरिषदको बैठकले एक प्रदेशबाट अर्काे प्रदेश, अन्तर जिल्ला र स्थानीय तहबीचको आवागमन पूर्णरुपमा रोक लगाउने निर्णय गरेको हो।

त्यस्तै संक्रमण देखिएका कैलाली कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेस्ट तत्काल सुरु गर्ने निर्णय पनि मन्त्रीपरिषदको बैठकले गरेको छ।

त्यस्तै स्वास्थ्यकर्मीको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्ने निर्णय पनि सरकारले गरेको छ।

त्यसका लागि स्वास्थ्य उपकरण पिपिई छिटो उलपब्ध गराउने, निश्चित प्रोटोकलको आधारमा पिपिई उपयोग गर्ने, स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुराउनेलाई कारबाही गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था मिलाउन स्थानीय सरकार तथा प्रशासनलाई निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय