पाँच बज्यो, ‘नो लकडाउन?’

देशभरि लकडाउन गरिएको आज १२ दिन पुगिसकेको छ। कोरोना भाइरसको सक्रमण फैलिन नदिनका लागि सरकारले सबैलाई घरमै बस्न आग्रह गरेको छ।

अत्याश्यक खाद्यान्न, तरकारी औषधी, दूधलगायतका सामानबाहेक अन्य पसलहरु खुला गरिएका छैनन्।
दिनभरिजसो सहर सुनसानजस्तै देखिएपनि साँझ ५ बजेपछि भने राजधानीका धेरै ठाउँमा निकै भीडभाड हुन्छ।

तरकारी किन्ने नाममा होस या खाद्यान्न धेरैजसो ठाउँमा साँझ ५ बजेपछि भीडभाड देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय