नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा, १ सय २६ जना रेड जोनमा

नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमण स्थानीयबासीमा देखिएको छ । समुदायमा फैलिएसंगै नेपालमा कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालायका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

उनका अनुसार मुम्बाईबाट फर्केका कैलालीका २१ वर्षे पुरुष, उत्तराखण्डबाट फर्किएका कन्चनपुरका ४१ वर्षे अर्का पुरुष र कैलालीकै अर्की ३४ वर्षे महिनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ३४ वर्षे महिला यसअघि कैलालीमा भेटिएका संक्रमितका आफन्त भएको डा. देवकोटाले बताए ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार समुदायमा फैलनु संक्रमणको दोस्रो चरण मानिन्छ । समुदायमा सर्नु महामारीको पुर्व अवस्था हो ।
यसअघि ६ जनामा संक्रमण भेटिएकोमा सबै विदेशबाट आएका मानिस थिए । मन्त्रालयले योसँगै पहिलोपटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टी भएको जनाएको छ ।

उपत्यका बाहिर १ हजार ४ सय ४१ नमुना परिक्षण, उपत्यका बाहिर ६ ठाउँबाट परिक्षण सुरु,
हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार ४ सय ४१ नुमनाको परिक्षण भएको छ । उपत्यका बाहिर ६ वटा ठाउँबाट नुमना परिक्षण सुरु भएको मन्त्रालयले जनाएको छ ।  डा. देवकोटाका अनुसार जनकपुर, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौँडा, पोखरा, धनगढी र सुर्खेतमा नुमना परिक्षण सुरु भइसकेको छ । चितवन र बुटवलमा जडानको कार्य सकिन लागेको र भोलिबाट परिक्षण सुरु हुदैँ छ ।

१ सय २६ जना रेड जोनमा
प्रवक्ता डा. देवकोटा अनुसार शनिबार उपत्यकामा १५ र उपत्यका बाहिर ५४ जना रहेका छन् ।  कोरोनाको जानकारी लिनका लागि मन्त्राललयले मोबाइल एप्स र वेबसाइटबाट लक्षण रिपोर्ट संकलनको काम गरिएको छ । हालसम्म ६ हजार ५ सय २७ जनाको गुनासो आएको र १ सय २६ जना रेड जोनमा रहेको प्रवक्ता देवकोटाले बताए । ‘हामीले ३ किसिमबाट कोरोनाको बिरामी परिचाहन गर्ने गरेको छौं,’ उनले भने, ‘जसअनुसार रेड जोनमा १ सय २६ जना पर्नुभएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय