नागार्जुनमा ‘डिसइन्फेक्सन स्प्रे’-भिडियाे

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बच्नका लागि काठमाडौंको नागार्जुन नगरपालिकाले मूल सडकमा डिसइन्फेक्सन स्प्रे (क्लोरिन पानी) छर्केको छ।

काठमाडौं महानगरपालिकाको सहयोग र नागार्जुन ९ का स्थानीय किशोरकुमार भट्टराईको समन्वयमा स्प्रे गरिएको हो। ९ हजार लिटर स्प्रे वडा नम्बर ७, ९ र १० (स्युचाटार) को मूल सडकमा छर्किएको हो।

महानगरपालिकाका अनुसार क्लोरिन वातावरणमैत्री र पर्यावरणमा असर नपर्ने केमिकल हो। यसरी ट्यांकरबाट स्प्रे गर्ने अभ्यास अहिले अस्ट्रेलियामा जारी छ। त्यसैबाट प्रेरित भई यहाँ पनि स्प्रे गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय