नेपालमा एकैपटक तीनजनामा कोरोना देखियो, संक्रमित संख्या नौ पुग्यो 

नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार तीनजना नयाँ व्यक्तिमा संक्रमण देखिएसँगै संक्रमितको संख्या नौ पुगेको हो।

मन्त्रालयले दिएको जानकारी अनुसार मुम्बईबाट फर्किएका २१ वर्षीय युवक, भारतको उत्तराखण्डबाट कञ्चनपुर फर्किएका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा कोरोना संक्रमण देखिएका ३४ वर्षीय पुरुषका आफन्त ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको जनाएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय