नेपालमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि, पहिलोपटक समुदाय सर्‍यो भाइरस


विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना नेपालमा थप तीनजनामा भेटिएको छ। पहिलोपटक बाहिरबाट आएकामार्फत् समुदायमा समेत एकजनामा कोरोना सरेको पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयकाअनुसार मुम्बाईबाट फर्केका कैलालीका २१ वर्षे पुरुष, उत्तराखण्डबाट फर्किएका कन्चनपुरका ४१ वर्षे अर्का पुरुष र कैलालीकै अर्की ३४ वर्षे महिनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

३४ वर्षे महिला यसअघि कैलालीमा भेटिएका संक्रमितका आफन्त भएको समेत मन्त्रालयले जनाएको छ। यसअघि ६ जनामा संक्रमण भेटिएकोमा सबै विदेशबाट आएका मानिस थिए। मन्त्रालयले योसँगै पहिलोपटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टी भएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय