अमेरिकी अनुसन्धानकर्ताद्वारा कोरोनाको सम्भाव्य भ्याक्सिन विकास

अमेरिकी अनुसन्धानकर्ताले नोबेल कोरोना भाइरस (कोभिड-१९)को सम्भाव्य भ्याक्सिनको विकास गरिरहेको जनाएका छन्।

पिटर्सवर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले इन्जेक्सन (सुईंद्वारा दिइने)मा आधारित नयाँ कोरोना भाइरसको भ्याक्सिनको विकासमा काम गरिरहेको बताएका छन्।

साउथ चाइना मर्निङ पोष्टको एक रिपोर्टअनुसार सन् २०१२ मा उत्पन्न मिडिल इष्ट रेष्पिरेटरी सिन्ड्रम (मेर्स)को प्रकोपको निदानका लागि तयार गरिएको भ्याक्सिनलाई परिमार्जित गरी हाल विश्वलाई नै आतंकित गराइरहेको कोभिड–१९ को उपचारमा सघाउ पुर्यापउने औषधि तयार गर्न लागिएको हो।

द ल्यान्सेट नामक जर्नलमा बताइएअनुसार मुसामा परीक्षण गर्दा कोभिड–१९ भाइरसलाई निको पार्ने एण्टिबडी (कुनै विशेष भाइरस वा ब्याक्टेरियालाई मार्ने तत्व) उत्पादन गर्न सफल यस भ्याक्सिनको विकासको कामलाई अनुसन्धानकर्ताहरूले प्रयोगात्मक भ्याक्सिनको संज्ञा दिएका छन्।

यस सम्भाव्य भ्याक्सिन औंलाको टुप्पोको आकार बराबरको ४०० वटा मसिना सुईद्वारा शरीरमा दिइन्छ जसलाई अनुसन्धानकर्ताहरूले माइक्रोनिडल ऐरे (मसिना सुइहरूको व्यवस्थित संयोजन) भनेर व्याख्या गरेका छन्। प्रोटिज र सुगरबाट बनेको यस्ता सुइहरू छालाभित्र राम्रो घुलिने हुनाले यस भ्याक्सिन प्रभावकारी हुने पनि उनीहरूको दाबी छ।

अन्य माइक्रोनिडल ऐरे (मसिना सुइहरूको व्यवस्थित संयोजन)को तुलनामा यस भ्याक्सिनले मुसामा परीक्षण गर्दा सार्स–सिओभी–२ का लागि दुई हप्ताभित्र अति उच्च ऐण्टिबडी प्रतिक्रिया देखाएको थियो। सार्स–सिओभी–२ कोभिड–१९ रोग गराउने कोरोना भाइरसको वैज्ञानिक नाम हो।

पिटर्सवर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको अध्ययन प्रतिवेदनअनुसार यस नयाँ माइक्रोनिडल ऐरे छालाभित्र उच्च रूपमा घुलित हुने हुनाले यसले प्रतिरक्षामा आधारित प्रभावकारी खोपको लागि आवश्यक भ्याक्सिनको डोज (मात्रा)लाई कम गर्ने र लागत तथा अन्य हानीकारक असरलाई पनि घटाउने छ।
मुसामा सफल परीक्षण भइसकेको यस भ्याक्सिनको मानिसमा भने अझै परीक्षण हुन बाँकी छ।

कर्नल विश्वविद्यालयका सहायक प्राद्यापक रथ कोलिन्सले पिटर्सवर्गका अनुसन्धानकर्ताहरूले तयार गरेको भ्याक्सिन दिइने तरिकाको आधारमा अन्य सम्भाव्य भ्याक्सिनभन्दा लाभकारी देखिए तापनि मुसामा सफल परीक्षण भइसक्ता पनि मानिसमा सोको परीक्षण सफल हुन अन्य सम्भाव्य भ्याक्सिनलाई जस्तै चुनौतीपूर्ण रहेको टिप्पणी दिए।

‘प्रतिरक्षाका लागि मानिसमा भ्याक्सिनको प्रयोग सधैं खतराले भरिपूर्ण हुन्छ। रोग नलागेका मानिसमा भ्याक्सिन परीक्षण गर्दा सोही मानिसलाई रोग लाग्दाको अवस्थामा उसको प्रतिरक्षको प्रतिक्रियालाई अझै बढाउन वा खलबल्याउन सक्दछ,’ उनले भने, ‘भ्याक्सिन विकासको यो नै सबैभन्दा कठिन पक्ष हो।’
यस्तो किसिमको अनिश्चिततालाई पिटर्सवर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको अध्ययन प्रतिवेदनले पनि स्वीकारेको छ।

‘त्यसो त यस भ्याक्सिनले मानिसमा अपेक्षित प्रतिरक्षाको प्रतिक्रिया उत्पन्न गराई उनीहरूलाई सार्स–सिओभी–२ र मेर्स–सिओभी संक्रमणबाट रक्षा गर्छ भनेर अन्दाज लगाउन अहिले नै चाँडो हुने भए तापनि हाम्रो हालसम्मको अध्ययनले देखाएअनुसार यस भ्याक्सिनको विकास, उत्पादन र प्रारम्भिक परिक्षण चाँडै नै सम्पन्न हुनेछ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ।

अध्ययन टोलीले मानिसमाथि गरिने पहिलो चरणको स्वीकृतिको लागि युयस फुड एण्ड ड्रग एड्मिनिष्ट्रेसनमा आवेदन गर्नुपूर्व अन्य धेरै गृहकार्यहरू सम्पन्न गर्न बाँकी रहेको पनि बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय