स्वास्थ्यकर्मीमाथि दोष थुपार्ने कार्यले मन्त्रालयलाई गिज्यायो : चिकित्सक संघ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचार तथा स्वास्थ्य सेवामा बाधा पुर्याउने स्वास्थ्य कर्मचारीको पेशागत लाइसेन्स खारेज गर्ने र त्यस्ता कर्मचारी भविष्यमा समेत अयोग्य ठहर हुने प्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

संघले शनिबार विज्ञप्ती निकाल्दै स्वास्थ्य सेवाको संवेदनशिलतालाई बुझी हालको विवादास्पद अविलम्ब सञ्चाउन माग गरेका छन् स्वास्थ्यकर्मी तथा चिकित्सक सुरक्षित रही काम गर्ने वातावरण सिर्जना गरी मनोबल उच्च गराउन संघको सरकार समक्ष माग गरेका छन् ।

मन्त्रालयले अनिवार्य रुपमा निर्वाह गर्नु पर्ने दायित्वप्रति विचलित भई उल्टै स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमाथि दोष थुपार्ने कार्यले  मन्त्रालयलाई गिज्याइरहेको छ,’ विज्ञप्तीमा भनिएको छ,‘ यस्तो संवेदनशील समयमा सम्पुर्ण नेपाली नागरिकहरुको खेलवाड गर्ने, स्वास्थ्यकर्मी क्षमता अभिवृद्धि गर्नेका तालिम, सुरक्षा र चिकित्सकहरुको बिरामी हेर्ने नैसर्गिक अधिकारलाई समेत बाधा पुयाएको जो कोहीलाई पनि अबिलम्ब छानबीन गरी कडा कारबाहीको दायारामा ल्याइयोस ।’

स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई आवश्यक पर्ने सुरक्षा सामाग्री बेगर कोरोना भाइरसको संँग भिड्दै निरन्तर स्वास्थ्य सेवा प्रवाह गरिरहँदा मन्त्रालयको आँखामा चिकित्सक तथा स्वास्थ्यकर्मी कुन फौजदारी अभियोग गरे वा कस्तो भष्ट्राचारमा लिप्त भएको प्रमाणितकरण गरेर कसलाई स्वास्थ्य सेवाबाट बर्खास्त गर्दै हुनुहुन्छ रु’ प्रश्न गरेका छन् ।

मन्त्रालयको निर्णयले नेपाल मेडिकल काउन्सिल जस्तो स्वायत संस्थालाई दिइएको नियमसंगत नसुहाउने ठाडो आदेशका कारण देशभरका सम्पुर्ण स्वास्थ्यकर्मी र चिकित्सक चिन्तित भएको संघले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय