आबुई नि डाक्टर!  यिनले त भाइरस ल्याउँछन्…

म पेशाले चिकित्सक। डाक्टर बनी दिन-दुखीहरूको सेवामा समर्पित हुने सपनाहरू विद्यालय जीवनदेखि देख्न थालेको थिएँ। शिक्षकहरूले डाक्टर नर्मन बेथुन, डा। कोटनिस, चे ग्वेभारा, फ्लोरेन्स नाइटिंगेलका जीवनी सुनाउनु हुन्थ्यो, पढाउनु हुन्थ्यो।

वातावरण नै यस्तो बन्यो कि डाक्टरी पेशाबाहेक अरु सब गौण लाग्न थाल्यो। लक्ष्य पूरा गर्न धेरै मेहनत गरियो। प्रवेशिका, उच्च माध्यमिक तहमा पनि सोचेअनुसारकै अंक ल्याएर पढियो।

१२ कक्षा उत्तीर्ण गरेको करिब दस वर्षपछि पढाइ सकेर विशेषज्ञ चिकित्सक बनियो। लोकसेवा नि खुल्यो, भरियो, नाम पनि निस्कियो। भर्खर घरजम भइकन पेशामा संलग्न भएको एक वर्ष पनि बित्न नपाई विश्वमा त्रासदीपूर्ण माहामारीको उद्घाटन भयो।

धेरैले यसलाई तेस्रो विश्वयुद्घको संज्ञा पनि दिए। दुश्मन कुनै देश वा सेना नभई, नदेखिने भाइरस बन्यो।

चीनको उहान सहरमा पहिलोपटक देखिएको भाइरस पहिचानमै दुई हप्ताबढी समय बित्यो।

नयाँ भाइरस मानिसबाट मानिसमा सर्दै जाने अवस्था रह्यो। चीनको उहान सहर निकै आतंकित बन्यो, भकाभक संक्रमितहरू देखिन थाले, कतिपय मर्न थाले। उपचारमा संलग्न चिकित्सक, नर्सहरू पनि संक्रमित हुन थाले।

कोरोना भाइरसको उत्पत्ति हुनसक्ने खतरा पहिचान गर्न सक्ने डाक्टरले यही भाइरसबाट संक्रमित भएर सहादत प्राप्त गरे। हुँदाहुँदै उहानको महत्वपूर्ण अस्पतालका निर्देशक पनि संक्रमित भएर देहान्त भए।

त्यसको लागि आ-आफ्नो तर्फबाट गर्न सकिने सहयोगको अपेक्षा राख्छौं। यो अदृश्य शत्रुसँगको लडाइँमा हामी विजय हासिल गरेरै फर्किनेछौं। अनि सब जना सँगै बसेर विजयोत्सव मनाउँला। त्यसका लागि तपाईंहरु घरमै बसेर युद्ध लड्नुस्, हामी कर्मक्षेत्रमा बसेर लड्छौं।

चौबिसै घण्टा लगातार हप्ता दिन काम गर्दा प्रयोग भएका मास्क, चश्मा, व्यक्तिगत सुरक्षा कवचहरूका खट बसेका अनुहारहरू, एलर्जीले रातो रातो भएका हात खुट्टाका फोटोहरू इन्टरनेटमा भाइरल भईरहदा, मेरो भावुक मन चसक्क बिझ्यो।

पत्तै नपाई आँशुका धारा बगेका थिए। तर, नदेखिने भाइरस शत्रुसँग लड्नु साँच्चिकै बलिया हतियारयुक्त सेनासँग लड्नुभन्दा कठीन थियो।
चिकित्सा पेशामा लागेर मैले कहिले पनि सोचिनँ कि ‘तेस्रो विश्वयुद्घ’ को अग्रिम मोर्चा सम्हाल्नु पर्नेछ। चीनको उहान सहरमा रहेका नेपालीहरूको जीवन रक्षाको लागि नेपाल सरकारले एयर लिफ्ट गर्नुपर्ने विषय नेपालको पत्रपत्रिकामा छाएपछि वास्तवमै नेपालमा पनि कोरोनाले विधिवत् प्रवेश पाएको थियो।

उद्दार गरिल्याउनुपर्ने मागसँगै घना बस्तीबीचमा क्वारेन्टाइन राख्न नमिल्ने आवाज पनि बढ्दै गयो। विवादका बीच उहानबाट उद्दार गरी ल्याएका नेपाली विद्यार्थीहरूलाई भक्तपुरको खरिपाटीमा १४ दिन क्वारेन्टाइनमा राखियो।

हामी चिकित्सक पनि यो घटनापछि कोरोना संक्रमण सम्बन्धी जानकारी, सूचना, बच्ने उपाय, उपचार पद्दतिका बारे खोजीनिती सुरू गर्न थाल्यौं। अर्थात् मानसिक रुपमा हामीले आफूलाई तयार पार्दै लग्यौं।

सहर, देश हुँदै भाइरसले विश्व भ्रमण गर्न थालिसकेको थियो। दक्षिण कोरिया, जापान, भियतनाम, मलेसिया हुँदै युरोप भ्रमणको लक्षण देखायो।
स्पेन र इटालीमा संक्रमणले डढेलोको रुप लिन थालेपछि विश्व स्तब्ध बने। विकसित भनिएका देशको स्वास्थ्य उपचार प्रणाली र नवउदारवादी राज्य संरचनामाथि प्रश्न उठ्न थाले।

‘चीनको मात्र समस्या हो नि भनेर जे पनि खाने चिनियाँ जनतालाई प्रकृतिले सबक सिकायो’ भनेर बिल्ला गरेर हिँड्नेहरू पनि सोच्न बाध्य भए।
विश्वकै उत्कृष्ट उपचार पद्दति र प्रबन्ध भएको भनेर घमण्ड गर्न लायकका युरोपेली देशहरू एकपछि अर्को संक्रमणले थला पर्न थाल्दा इरानको अवस्था खोज्न आवश्यक परेन।

केही हप्ता दिनमा चीनलाई पछार्दै इटालीको मृत्युको ग्राफ रेखा माथि चढ्दै गर्दा नेपालले पनि आवश्यक सतर्कता अपनाउन थाल्यो।
वैदेशिक उडान स्थगन गर्न थाल्यो। एसईई परीक्षा र त्रिविका चल्दै गरेका सबै स्नातकोत्तर तहका परीक्षा स्थगन गरेका खबरहरू सामाजिक सञ्जालमा भाइरल हुन थाले।

पूर्वसतर्कता अपनाउने क्रममा नेपालले संक्रमण भित्रिन नदिने र फैलिन नदिने रणनीति केही ढिलो भए पनि लियो।

चिकित्सकहरूलाई बिदामा नबस्न, जो जहाँ छ त्यहीँ बस्ने निर्देशन अनुसार ड्युटीमा बस्ने खबर आयो।

अब चाहिँ यथार्थमै मन गह्रुंगो हुनथाल्यो। अब नचिताएजस्तै युद्धमै होमिनुपर्ने स्थिति आएजस्तो भयो।

युद्धको अवस्थामा बजिने साइरनको काम स्वास्थ्य मन्त्रालयको परिपत्रले गर्यो । सदाझैं बिरामी परीक्षणमा बसियो।

सरकारभन्दा काला व्यापारी र नाफाखोर व्यापारीहरू निक्कै अगाडि बढे सदाझैं। हामी चिकित्सकले सामान्य मास्क पाउन सकेनौं।
हामीले मास्क खोजिरहँदा आम नागरिकले ग्यास र मास्कको मौज्दात गर्न भ्याइसकेका रहेछन्।

‘जस्ता अगुवा उस्तै जनता’ भएको यो देशमा आवश्यक नभएकाहरूले पनि अनावश्यक तवरले मास्क, ग्लोब्स, मौज्दातमा राखिदिँदा हामी चिकित्सक बिना हतियार युद्धभूमिमा परिएजस्तो भयो।

जस्तै परिवेशमा डाक्टर भएपछि बिरामी जाँच्नु कर्तव्य र जिम्मेवारी भयो। बिरामी नजाँचु मेडिकल इथिक्सले पोलिने भइयो। जाँचु आवश्यक पिपिई अभावमा माहामारीमा आफूलाई नै संक्रमित गर्ने डर उत्पन्न भयो।
यस्तै डरले निद्रा हराउन थाल्यो, खाना रुच्न छोड्यो। मनमा नानाभाँती कुराहररू खेल्न थाले। परिवारको निक्कै याद आयो। स्वरमा अचम्मित

तवरले कम्पन देखिन थालेकोले सामान्य र छोटो कुराकानी मात्र परिवारसँग हुनथाल्यो।

हुनतः माहामारीको समयमा कुनै इमरजेन्सी हुँदैन तसर्थ पिपिईका तयारीसाथ शंकास्पद बिरामीहरूको जाँच गर्नु उपयुक्त हुन्छ भन्ने मेसेज डाक्टरहरूको सञ्जालमा व्यापक रुपले सम्प्रेषण हुन थालेको थियो।

यसले आवश्यक सावधानी र सतर्कतासाथ ड्युटीमा खट्न आत्मविश्वास जगाउने काम पनि गर्न थाल्यो। अर्कोतिर, त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विभाग प्रमुख डा। आचार्यको ‘युद्ध लड्न जान त हतियार चाहियो नि, लौरो बोकेर कहि युद्ध जितिन्छ?’ हतियार नदिई राज्यले युद्धमा पठाउन नैतिकताले पनि दिँदैन’ भन्ने विचारसहित नेपाल सरकारको पूर्वतयारीबारे अन्तरवार्ताले स्वास्थ्यकर्मीहरू मात्र होइन, सर्वसाधारणका बीच पनि सनसनी फैलायो। मेरै आफ्नै अवस्था बोलिदिएजस्तो भान भयो।

संक्रमणको मार नेपालको विद्यमान स्वास्थ्य पूर्वाधारले नथेग्ने र विपत्ति सामना गर्ने फितलो गृहकार्यका कारण नेपाल सरकारले आशातित लकडाउनको निर्णय गर्‍याे।

लकडाउन क्रुर र अमानवीय हो, तर मानव अस्तित्व जोगाउन नेपालजस्तो कमजोर स्वास्थ्य पूर्वाधार र संरचना भएको देशमा आवश्यक औजार पनि बन्यो।

चैत ११ गतेदेखि देश पूरै लकडाउन (घरबन्दी) गर्ने सरकारी घोषणासँगै हामीमा एकातिर कोरोना संक्रमण नफैलिने विश्वास जाग्यो भने अर्कोतिर लकडाउनले निम्तिने दैनिक जीवनयापनका समस्याहरूको सामना कसरी गर्ने भन्ने प्रश्न पनि उब्जियो।

घरबन्दीको समयमा सरकारले निक्कै संवेदनशील रूपमा कोरोना रोकथामको उपाय र तयारी थालेकोले लकडाउन भएपछि बिरामी जाँचका लागि चाहिने पिपिई पाइने आशा भने झांगियो।

केही आशाका कुराहरू मनमा खेलाउँदै त्यो दिन सदाझैं बहिरंग विभागको ड्युटीमा खटेँ। अस्पतालसँग हामीले दिने सामान्य मास्क पनि थिएन। आफूसँग भएको रुमाल बेरैर भए पनि बिरामी जाँच्न थालेँ।

हिजैमात्र कोरोनाको नयाँ संक्रमित फेला परेको समाचार हावाको बेगसरह फैलिएको थियो। संक्रमितसँगै एउटै जहाजमा यात्रा गर्नेहरूको खोजी बल्ल सुरू गर्दैथियो।

तयारीको अवस्था यस्ता घटनाले नंग्याइदिए जस्तो लाग्थ्यो। संवेदनशील समयमा पनि विदेशबाट नेपालमा आएकाहरूको यात्रा विवरण तयारी नभएको र कता जाँदैछ, के गर्दैछ भन्ने फलोअप नभएको देख्दा नेपालको प्रशासन ‘कुकुरको पुच्छर १२ वर्षमा ढुंगामा राखे पनि बांगोको बांगै’ भन्ने उखान याद आयो।

त्यही दिन छिमेकी जिल्ला बाग्लुङका दुई जना पनि सोही संक्रमित चढेको जहाजमा कतारबाट यात्रा गरेको खबर आइपुग्यो।

सरकारसँग स्वास्थ्यकर्मीहरूको लागि पिपिई माग्नु साँच्चिकै भात पकाउन किचेनमा लगाउनजस्तो भइसक्यो।

माग्दा, माग्दा लाज लागिसक्यो, थकित भइसक्यौं हामी र अस्पताल प्रशासन। हाम्रो लागि आयो भन्ठानेको त हामीभन्दा पहिला मन्त्रीहरूको घरमा पो पुगेछ। मन्त्री अर्यालको पतिले त पिपिई लगाई फेसबुकमा पनि पोष्ट्याउन भ्याइसकेका रहेछन्।

पोखराको यस अस्पतालमा आज जाँचेका बिरामीहरूमध्ये दुई जनामा कोरोनाको लक्षणसँग मिल्दोजुल्दो भेटिएकोले कोरोना विशेष अस्पतालमा रिफर गरेर कोठामा फर्कें।

दैलेख जिल्लाको एक गाउँपालिकाले क्वारेन्टाइनमा राखिएका २१ जनालाई दुई दिनमै घर पठाएको भन्नेजस्तो खबरले स्थानीय तहहरूबाट पनि चरम लापरबाही गरिएको भन्ने प्रष्ट भएको छ।

उसै त आत्मबल कमजोर बनिरहेको अवस्थामा कोठामा पुग्न नपाउँदै गेटमा अर्को तमासा देख्नुपर्योल।

घरबेटी आमा कड्किँदै थिईन्, ‘अब त अस्पतालका यी डाक्टर नर्सहरूको पनि केही भर छैन। केही रुपैयाँ बहालको लोभमा हाम्रो पूरै परिवार तहसनहस हुन सक्छ। हामी त बाहिर ननिस्किउँला तर यिनीहरू बिरामीमार्फत नै संक्रिमत भएर आउँछन् । अन्यथा नलिनुस् ज्यानभन्दा पैसो ठूलो हुँदैन, यस्तो समयमा निकालेर अमानवीय भयो नभनिदिनुहोला, के गर्ने अनिकालमा बीऊ जोगाउनै पर्यो्। कि कोठा छोड, कि अस्पताल छोड।’

केही दिनभित्र कोठा सर्ने सर्तमा मात्र कोठामा भित्र्याएको भन्न थाले। यस्तोसम्म होला भनेर मैले सोचेकै थिइनँ। आफ्नो र पराइको भेद आज बल्ल थाहा भो। बसिरहेको कोठामा नराख्ने भनेपछि अरू कसले कोठा देला?

अस्पतालमा बसुम् सीमित आवास गृह पहिले नै भरिसकेको छ। ड्युटी नगरी घर फर्किउँ, सब यातायातका साधन बन्द भइसक्यो। यस्ता कुराहरू मथिंगलमा घुमाउँदा घुमाउँदै भाउन्न भएर आयो। खाना पकाउने बल रहेन। सुत्न खोजेँ सकिनँ।

भोलिपल्ट अस्पतालको ड्युटी थिएन। कोठामै बसें। के गर्ने नगर्नेरु यस्तो संकट आउला भनेर सोचको पनि थिएनँ।

संक्रमितहरू थपिएसँगै परिवार र साथीभाइको फोन बाक्लिन थाल्यो। सबैको एउटै स्वर( जोगिएर काम गर, परा सतर्कता अपनाउ। हस्, गर्दैछु भन्नेबाहेक म सँग अरू जवाफ थिएन। जीवन-मरणबीचको दोसाँधमा आफूलाई पाएँ। संकटको यस क्षणमा भरपर्दो कुनै विकल्प देखिनँ।

सदाझैं ड्युटी जानुअघि पिपिई आयो, आएन बुझें। सरकारले चीनबाट ल्याउन खोज्दैछ केही दिन कुर्नु भन्ने प्रशासकको जवाफ आयो। मास्क बल्लतल्ल जुटाइएको रहेछ।

अस्पतालमा सामान्य बिरामीहरू आउन छोडिसकेका थिए। धेरै अस्पतालले बहिरंग सेवा बन्द गरिसकेको थिए।

फलोअपका लागि फोन सम्पर्क गर्न भनिसकिएको थियो। त्यसैले, अस्पतालमा आउने जरो खोकीका बिरामी देखिएपछि सशंकित हुनुपर्ने अवस्था रह्यो।

ज्यानको माया कसलाई हुन्न ररु परिवारप्रतिको दायित्वबाट को पो पछि हट्न सक्ला ररु जनाजान कालको मुखमा हाम फाल्न कसलाई मन हुन्छ र?

म त भर्खर फल दिने अवस्थामा पुगेको वृक्ष। त्यत्रो वर्ष बा–आमाले खाई(नखाई हुर्काए, पढाए। डाक्टर बनाउने सपना पूरा गरे। परिवारको आड भरोसा मै माथि हुने नै भयो।

यस्तो अवस्थामा पिपिई बिना बिरामी नजाँच्ने भन्न पनि सक्थें। तर, फेरि उही बिरामी र समाजले के भन्ला भन्ने चिन्ता। जाँच्दिनँ भनुम् डरपोक डाक्टर भन्ने भए सबले। बिरामी र समाजले हामीप्रति नै औंला ठड्याउने भए। डाक्टर भएछि त जसरी पनि जाँच्नुपर्छ।

आजभोलि अस्पतालबाट फर्किंदा अपराधीझैं व्यवहार गर्ने गर्छन्। परिवार, घरबेटी, छिमेकी र साथीहरू सबजना टाढै बस् भन्छन्, तर्सिन्छन् पहिलेझैं मायाले बस, खाउ भन्ने कोही छैनन् अहिले। पहिले मेरो व्यक्तित्वभन्दा मेरो पेशामा गर्व गर्नेहरू अहिले त्यही पेशामा सशंकित हुनेहरूलाई देख्दा लाग्छ मानिस मूर्ख भएको हो या समय बलवान्?

डाक्टर भनेका समाज सेवा गर्न बसेका त हुन् नि१ उपदेश दिन त जसलाई पनि आउने हाम्रो यो समाज। म र मेरो पेशाप्रति समर्पणको अग्निपरीक्षा पहिलोपटक हुन खोज्दैछ। अग्निपरीक्षा छल्ने कसरीरु छलेर पेशाबाट पलायन हुन पनि त सक्दिनँ।

अर्को मनले सोच्छ, समाजसेवा त गर्न बसेको हो तर डाक्टरको पनि त परिवार छन्। कतिका त आफ्ना छोराछोरी पनि छन्।

मैले जोखिम मोलेर बिरामी त जाँचेँ, म संक्रमित त होऔंला। मेरो कारण मेरो परिवार संक्रमित होलान्। म त मरिजाउँला परिवारप्रतिको दायित्व नै पूरा नगरी।

तर, मेरो परिवारलाई पनि अनाहकमै मृत्युको मुखमा पुर्याीउने अभागी कर्म त मैले नै गर्ने भएँ। यस्तै चिन्ता(पीरले मन मस्तिष्क खाइरहेकै छ।

उठेर ल्यापटप खोलेँ। कोभिड(१९ को रियल टाइम अपडेट हेरें। अमेरिकाले चीनलाई पछि पारिसकेको रहेछ। एक लाख भन्दाबढी संक्रमित पुष्टि गर्याे । मृत्युको तालिका पनि चीनलाई पछार्न स्पेन तम्सेको त्यो रेखाचित्रले मन चसक्क पोल्यो।

ओलम्पिकको मेडल तालिकामा कुन देशले हिजो कति स्वर्णपदक ल्याए भनेर हेरेजस्तै यो कोभिड(१९ को तालिका हेर्ने बढो न्यास्रोलाग्दो जीवन चलिरहेको छ।

बिहानी चियाको चुस्कीसँगै टिभीको समाचार हेरें। खुसी भएँ, आवश्यक औषधी, उपकरण र स्वास्थ्य सामग्री लिएर नेपाली जहाज अवतरण भइसकेको रहेछ। मन त्यत्तिकै चञ्चल भो।

ड्युटी नपरेकोले भोलिको दिन परिकल्पना गर्दै मन बहलाउँदै कोठामा एक्लै रमाएँ। बगैंचामा निस्किने हिम्मत गर्न सकेको छैन, घरवालीहरूसँग भेट होला भनेर।

उनीहरूको त्यो शंकालु नजर अहिले घिनलाग्न थालिसकेको थियो। पहिला आफ्नै परिवार जसरी बसियो। तर, आज उनीहरूकै दिन बलियो रहेछ र म यसरी कोठामै कुण्ठित भएर बस्नुपरेको छ। चाँदीको घेराबीचको चन्द्रमाको याद गर्दै दिन कटाएँ।

सरकारसँग स्वास्थ्यकर्मीहरूको लागि पिपिई माग्नु साँच्चिकै भात पकाउन किचेनमा लगाउनजस्तो भइसक्यो।

माग्दा, माग्दा लाज लागिसक्यो, थकित भइसक्यौं हामी र अस्पताल प्रशासन। हाम्रो लागि आयो भन्ठानेको त हामीभन्दा पहिला मन्त्रीहरूको घरमा पो पुगेछ। मन्त्री अर्यालको पतिले त पिपिई लगाई फेसबुकमा पनि पोष्ट्याउन भ्याइसकेका रहेछन्।

त्यसको लागि आ-आफ्नो तर्फबाट गर्न सकिने सहयोगको अपेक्षा राख्छौं। यो अदृश्य शत्रुसँगको लडाइँमा हामी विजय हासिल गरेरै फर्किनेछौं। अनि सब जना सँगै बसेर विजयोत्सव मनाउँला। त्यसका लागि तपाईंहरु घरमै बसेर युद्ध लड्नुस्, हामी कर्मक्षेत्रमा बसेर लड्छौं।

स्थानीय पालिका अध्यक्ष, मेयरसाबहरू, उनीहरूका नजिकका अस्पताल र आफन्तहरूको पिपिई लगाएका फोटो सामाजिक सञ्जालमा देखिन थालिसकेका थिए।

‘मै खाउ, मै लाउ, सुखसयलमा मै बाचूँ, मै हासूँ मै नाचूँ अरु सबै मरुन्’ भन्ने सोच भएको भन्ने कुरा व्यवहारले छर्लङ्ग देखिन सकिन्छ।
सायद, यस्तै प्रवृत्तिले गर्दा भनियो ‘सतिले सरापेको देश।’ जति भौतिकवादी र आशावादी बन्छुभन्दा पनि नेपालका यी नेताहरूको चर्तिकला देख्दा नसकिने रहेछ।

अलि जागेको आशा पनि हिउँले खाएको आलुको बोटजस्तै लल्याकलुलक हुन थालिसके। त्यत्रो महंगो मूल्य तिरी ल्याएका सामानहरू, चिनियाँ व्यापारीहरूले चिनिया जनताहरू आफैंलाई आवश्यक भइकन पनि जोहो गरी अलिबाबा र ज्याकमा फाउण्डेशनले पठाएका ती सामानरूरु हाम्रो हात नपर्दै बाटोमै हराउने भयो।

पाल्पामा पठाएको सामान बाटैमा कति गायब भो रे। कति जनप्रतिनिधिले उल्टो गाउन लगाएर हिँडेका फोटा हाम्रै डाक्टर साथीहरू पोष्ट गर्दैछन्।

कसलाई कुन सामान कति जरुरीका हुन् भन्ने हेक्का हाम्रामा नेताजी भनाउँदामा कहिले पलाउने हुन्रु आज बल्ल महसुस भयो, काठमाडौं र पोखराबीचको २५० किमीको दुरी पनि २५०० किमि जतिको टाढा लाग्न थाल्यो।

आखिर समाजसेवामा खटिने डाक्टर न परे। युद्धमोर्चामा गएपछि पिठ्यूँ फर्काएर भाग्ने कायर पनि त परिनँ।

जस्तै परिस्थितिको सामना गर्न पछि नपर्ने प्रण गर्दै उही सामान्य सुरक्षा सावधानी अपनाएर जिम्मेवारी सम्हालेँ। बिरामी जाँच्ने कर्म छोडिएन। शंकास्पद बिरामीहरू नभेटिएका पनि होइनन्।

आइरहन्छ, गइरहन्छ, चलिरहन्छ भन्ने मानसिकतामा दिन बित्दै गयो। तर, कहिलेकाहीँ यो दिमागले उटपट्यांग प्रश्न गर्छ। कतै मलाई पनि संक्रमण भइहाल्यो भनेरु मैले गरेर मेरामा आउने बिरामीलाई पनि सारेकोरु एक दुई गर्दै पूरै सहर नै पो संक्रमित हुने हो कि भन्ने शंका अनि मलाई कति पाप लाग्ने हुन्रु प्रश्न प्रश्नमै सीमित होस् यही कामना गर्छु म।

आजभोलि अस्पतालबाट फर्किंदा अपराधीझैं व्यवहार गर्ने गर्छन्। परिवार, घरबेटी, छिमेकी र साथीहरू सबजना टाढै बस् भन्छन्, तर्सिन्छन् पहिलेझैं मायाले बस, खाउ भन्ने कोही छैनन् अहिले। पहिले मेरो व्यक्तित्वभन्दा मेरो पेशामा गर्व गर्नेहरू अहिले त्यही पेशामा सशंकित हुनेहरूलाई देख्दा लाग्छ मानिस मूर्ख भएको हो या समय बलवान्?

हामी पनि त मानिस हौं, रोबोट त हैन नि। हाम्रो पनि त कोमल मन छ, भावना छ। युद्ध जित्न हतियार मात्रै भएर पुग्दैन। उत्प्रेरणा, मनोबल, आत्मविश्वास उत्तिकै चाहिन्छ। म मात्र होइन, धेरै स्वास्थ्यकर्मीहरू अहिले यस्तै मनस्थितिमा जिइरहेका छन्।

तथापि, कर्तव्यबाट बिमुख भएका छैनन्। कदाचित् हामी स्वास्थ्यकर्मीहरू बिरामीसँग जुध्दाजुध्दै संक्रमित भई ज्यान गएमा यस्ता डाक्टर, उस्ता नर्स भनेर गाली नगरिदिनुस्। हामी यो सेतो कोटमा कुनै कालो धब्बा लगाउने अवसर दिने छैनौं।

त्यसको लागि आ-आफ्नो तर्फबाट गर्न सकिने सहयोगको अपेक्षा राख्छौं। यो अदृश्य शत्रुसँगको लडाइँमा हामी विजय हासिल गरेरै फर्किनेछौं। अनि सब जना सँगै बसेर विजयोत्सव मनाउँला। त्यसका लागि तपाईंहरु घरमै बसेर युद्ध लड्नुस्, हामी कर्मक्षेत्रमा बसेर लड्छौं।

3 thoughts on “आबुई नि डाक्टर!  यिनले त भाइरस ल्याउँछन्…

  1. सबै स्वास्थ्यकर्मिको आवाज छ यो लेखमा! मर्मश्पर्सी छ।
    यौटा आवाज बुलन्द गर्नुपर्छ! No PPE- No work!
    There is no emergency in pandemic!

  2. He is lucky that tyeslae ta gharpeti ley matra Vanya rahecha. malae ta Ghar pariwar ley ghar naaunu vanhuncha …it’s more than a 2weeks quater ma chu …suruko din ma mailey ni control garna sakina Ekchin roye pani.we r also human being. We also need emotional support.but family is family..kasalae k vanu n expect garnu…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय