जनचेतना फैलाउन स्वास्थ्यकर्मीलाई समुदायमा पठाऊ

डा. बाबुराम मरासिनी
प्रकाशित
२०७६ चैत २२ गते १०:१२

विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस)को कारण नेपाल पनि ठूलो जोखिम बोकेको राष्ट्र हो ।

हालसम्म नेपालमा ६ जना संक्रमित भएको पुष्टि भएको छ । सरकारले हालसम्म १ हजार ३ सय ५६ जनाको नमुना परीक्षण गरेको छ । विश्व स्वास्थ्य संगठनले परीक्षणको दायरा भनेतापनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेको देखिन्छ ।

नेपालमा अहिलेसम्म भेटिएका सबै संक्रमित देश बाहीरबाट आएका पाइएको छ । उनीहरु कुनै न कुनै हिसाबले परिवार वा समुदायसँग संलग्न भएका छन् । सरकारले उनीहरुसँग संलग्न भएका सबैमा कोरोनाको संक्रमण नभएको बताइरहेको छ ।

जहाजबाट आएका संक्रमित व्यक्तिले धेरै जनालाई संक्रमण सारेका हुनसक्छ । जस्तो कि इरानबाट गएको अमेरिकी एक महिलामा संक्रमण भएपछि पुरै अमेरिकामा ठूलो संक्रमण हुनपुग्यो । यहि रुप नेपालमा पनि नदोहोरिएला भन्न सकिन्न ।

कुनै एक संक्रमित व्यक्तिलाई परिचाहन गरि आइसोलेसनमा राख्दा ठूलो विपत्तिबाट जोगिन सकिन्छ । परीक्षण भएपछि डाक्टर तथा नर्सहरुको पनि केही हदसम्म त्रास न्यूनिकरण हुन्छ ।

त्यकारण यतिबेला सिंगो समुदायमा नै संक्रमण फलिसक्यो कि भनेर खोजी कार्य निकै आवश्यक देखिन्छ । सानो क्षेत्रसम्म पुगेर खोजी नगर्दा नेपालमा कोही मानिसलाई संक्रमण छ भनेर भन्न सकिने अवस्था छैन । समुदायस्तरमा संक्रमण छ कि छैन भनेर हेर्नको लागि धेरै नमुना परीक्षण गर्नैपर्छ । देशका विभिन्न ठाउँबाट यसको परीक्षण गर्न जरुरी छ ।

बाहीरबाट आएका मानिसले सार्ने भनेको मुख्य ५–६ वटा स्थान रहेका छन् । काठमाडौँ, चितवन, पोखरा, लुम्बिनी, मुस्ताङ क्षेत्रबाट मुख्य ओहोर–दोहोर हुनेहुन्छ । यी क्षेत्रहरुलाई पहिलो नम्बरमा राखेर बढी परीक्षण गर्नुपर्छ । विभिन्न जिल्लाबाट धेरै भन्दा धेरै नमुना परीक्षण गर्नुपर्छ। ५ हजार व्यक्तिमा गर्दा कुनैमा पनि देखिएन भने कोरोनाको संक्रमण छैन भनेर भन्न सकिन्छ । तर, हालसम्म १ हजार भन्दा पनि न्युन परीक्षण गरिएको अवस्थामा संक्रमण छैन भनेर भन्न सकिने अवस्था यतिबेलासम्म छैन ।

कुनै एक संक्रमित व्यक्तिलाई परिचाहन गरि आइसोलेसनमा राख्दा ठूलो विपत्तिबाट जोगिन सकिन्छ । परीक्षण भएपछि डाक्टर तथा नर्सहरुको पनि केही हदसम्म त्रास न्यूनिकरण हुन्छ ।

सरकारले १ हजार भन्दा बढीको परीक्षण भएको जनाएको छ । तर, ४, ५ सयको परीक्षण भएको छ । चीनबाट ल्याइएको १ सय ९० जनाको २ पटक जाँच गरिएको छ । धेरै जनामा परीक्षण नभई यकीन तथ्य आउन सक्दैन् । संत्रमित मानिसले नेपालमा अन्य व्यक्तिलाई सारे कि सारेनन् भन्ने प्रमाण जुटाउनुपर्ने अहिलेको आवश्यक्त छ ।

महामारी फैलिएको अवस्थामा सरकारले लिएको रणनीतिले काम गर्नसक्दैन । पहिलो नम्बरमा जनतामा जनचेतना फैलाउन पर्छ । जनतामा जनचेतना नजागाउँदा घरबेटीले स्वास्थ्यकर्मीलाई निकाल्न थाले । मैले ३ महिना देखि भनिरहेको छु कि सचेतना नै महामारी रोक्ने पहिलो उपाय हो त्यसकारण महिला स्वास्थ्य स्वंयसेविकालाई केही महिनाको तलब दिएर जनचेतनाको काममा खटाउ सरकार ! जहाँ ३० हजार तलब दिँदा ३० करोड बराबरको प्रतिफल दिन्छ ।

संक्रमण फैलिएको छ कि छैन भनेर सर्वेलेन्स स्टिम (समूदायमा गएर कोरोना लक्षण भएका वा अन्य ज्वरो बिरामीको पहिचान/खोजी) सुरु गर्ने हो । कोरोनाको लक्षण छ कि छैन भनेर त्यसको नमूना लिने अनि परीक्षण हेर्ने हो । जसको कारणले समुदायमा फैलियो वा फैलिएन भनेर यकिन तथ्याकं पत्ता लगाउन सकिन्छ ।

जनता आफैं जागुरुक भए भने आफैं सर्तक हुन्छन् । समयमा नै उपचार गर्न जान्छन् । परिवारका सदस्यलाई आफैँ क्वारेन्टाइनमा राख्छन् । स्वास्थ्यकर्मीलाई तालिम ठूलो जरुरी छ। बिना तालिम काम गर्न सक्ने अवस्था नेपालमा छैन । नेपालमा सरकार र निजी गरेर पाँच–छ हजार अस्पताल होलान । कुनै एक बिरामी आधा शरीर प्यारालाइसिस भएको ,ज्वरो आएकोलाई फर्काएको भनेर इस्यू बनाउनु बेकारको कुरा हो । आधा प्यारालाइसिस भएकोलाई आइसियूमा राख्नुपर्ने हुन्छ । आइसियू पनि छैन भने कसरी उपचार गर्न सक्छ । बिरामीको मृत्यु भयो भने अस्पताल तोडफोड गरेर करौडोंको क्षति गराउँछन् ।

संक्रमण फैलिएको छ कि छैन भनेर सर्वेलेन्स स्टिम (समूदायमा गएर कोरोना लक्षण भएका वा अन्य ज्वरो बिरामीको पहिचान/खोजी) सुरु गर्ने हो । कोरोनाको लक्षण छ कि छैन भनेर त्यसको नमूना लिने अनि परीक्षण हेर्ने हो । जसको कारणले समुदायमा फैलियो वा फैलिएन भनेर यकिन तथ्याकं पत्ता लगाउन सकिन्छ ।

सरकारले यसका लागि आफ्ना संयन्त्रहरुको प्रयोग गर्नका लागि यथाचित चाँडो पहल गर्नपर्ने हुन्छ । सरकारले एक बिरामीलाई संक्रमण देखिएसँगै देखाएको तदारुकतालाई सकारात्मक रुपमा लिएपनि स्वास्थ्य चिकित्सकहरुलाई आवश्यक तालिम, जनस्तरमा पुगेर दिनपर्ने सचेतना आदी विषयहरुमा भने चुकेको हो कि भन्ने देखिन्छ ।

विश्वमा आतकं फैलाइरहेको यो भाइरसविरुद्ध सरकार र सम्बन्धित निकायले बेलैमा अझै गम्भीर भएर सोचिएन भने नेपालजस्तो देशका लागि भारी पर्नसक्छ ।

(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. मरासिनीसँग, हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईं गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय