विभिन्न प्रदेशमा सनराइज बैंकको पिपिई सहयोग

सनराइज बैंकको गण्डकी प्रदेश कार्यालयले प्रदेशका स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सहयोग गरेको छ। बैंकका कार्यालय प्रमुख रबिन्द्र केसीले ५० थान पिपिई प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई हस्तान्तरण गरेका हुन्।

त्यस्तैगरी प्रदेश नं. २का बैंक कार्यालय प्रमुख रोहित महासेठले त्यहाँका सामाजिक विकासमन्त्री नवल कुशोर साहलाई २५ थान पिपिई हस्तान्तरण गरेको छ।

महामारी रोकथाममा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाका लागि सनराईज बैंकले अहिलेसम्म विभिन्न अस्पतालमा ३३० भन्दा बढी पिपिई सहयोग गरेको छ। बैंकले अरु प्रदेशहरुका स्वास्थ्यकर्मीका लागि पनि पिपिई सहयोग गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय