१ सय ७ जना कोरोनाको ‘रेड जोन’ मा

नेपालमा कोरोनाका आशंकामा शुक्रबार १ सय २० जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयमा गरेको आयोजित पत्रकार सम्मेलनमा प्रदेशमा १ सय १५ र केन्द्रमा ५ जना रहेको प्रवक्ता डा। विकास देवकोटाले बताए ।

कोरोनाको जानकारी लिनका लागि मन्त्राललयले मोबाइल एप्स र वेबसाइटबाट लक्षण रिपोर्ट संकलनको काम गरिएको छ । हालसम्म ५ हजार ६ सय जनाको गुनासो आएको र १ सय ७ जना रेड जोनमा रहेको प्रवक्ता देवकोटाले बताए । ‘हामीले ३ किसिमबाट कोरोनाको बिरामी परिचाहन गर्ने गरेको छौं,’ उनले भने, ‘जसअनुसार रेड जोनमा १ सय ७ जना पर्नुभएको छ ।’

१२ सय ७७ नुमना परिक्षण, ६ जनामा पोजेटिभ

कोरोनाको आशंकामा हालसम्म एक हजार एक २ सय ७७ वटा नमूना परीक्षण गरिएको छ । हालसम्म भएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण देखिएको र १ जना निको भइसकेको प्रवक्ता देवकोटाले बताए । हालसम्म पोजेटिभ भएका टेकु अस्पतालमा २, बाग्लुङमा २ र धनगढीमा १ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय