‘कास्कीमा नयाँ संक्रमित होइन, पहिल्यै संक्रमितको दोस्रो परीक्षण पनि पोजेटिभ आएको हो’

पोखरा कास्कीमा नयाँ बिरामीमा कोरोना संक्रमण नभेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नबराज शर्माका अनुसार आज पोजेटिभ भनिएको रिपोर्ट बागलुङकी १९ वर्षीया अंशु सापकोटाको दास्रो पटकको रिपोर्ट हो।

‘नयाँ मान्छेमा देखिएको होइन, बाग्लुङकी युवतीको स्वाब पुन: परीक्षण गर्दा पोजेटिभ आएको हो। अरु कसैलाई भएको हो भने हामीलाई जानकारी छैन,’ उनले भने।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुन परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो।

संक्रमित युवतीको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

अघिल्लाे समाचार पुष्टि हुन नसकेका कारण क्षमा याचनासहित सच्याइएकाे छ। (सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय