कस्ता बिरामी, कस्ता अस्पताल?

डा. समीर लामा

कोरोना महामारी सामना गर्न यसरी गर्न सकिन्छ, अस्पताल र बिरामीको व्यवस्थापन

अहिले कोरोना भाईरसको प्रकोप र त्रास फैलिएसँगै अस्पतालहरुले विरामी नलिने रिफर गर्ने घटना बढेको पाइएको छ। जुन विरामी पनि कोरोना संक्रमित नै हुन् कि भन्ने डरले, पर्याप्त सुरक्षा कवचको अभावमा आफैलाई नै सर्ने पो हो कि? भन्ने डरले स्वास्थ्यकर्मीहरुले विरामी नहेर्ने, नजाँच्ने र सकेसम्म रिफर गर्ने प्रवृत्ती बढेको छ र यसले धेरै विरामीले दु:ख पाएका छन् र कतीको त अस्पताल चाहर्दा चाहर्दै मृत्यु नै भएको छ। यस्तो समस्या किन भएको छ त? के यसमा स्वास्थ्यकर्मीहरुको मात्रै दोष र लापरवाही हो? के भाईरस आफूलाई सर्ला भनेर आफ्नो लागि मास्क, ग्लोब्स, पीपीई माग्नु उनीहरुको गल्ती हो?

अहिले सरकारले देशभरि विभिन्न १०० भन्दा धेरै अस्पतालहरुलाई कोरोनाको विरामीको उपचारको लागि भनेर तोकेको छ। ती अस्पतालहरुमा कोरोना संक्रमितको मात्र नभै पहिले जस्तै अन्य विरामीहरुको पनि उपचार हुनेछ। यसले कोरोना शंकास्पद र संक्रमितबाट अन्य विरामीमा भाईरसको संक्रमण सर्न सक्ने खतरा बढी हुन्छ। साथै धेरै अस्पतालहरुलाई कोरोनाको लागि भनेर तयारी गर्नुपर्दा अकातिर सिमित स्रोत साधन सबैलाई पुग्दैन भने अर्कोतिर तयारी पनि पूर्ण र स्तरिय नहुनसक्छ।

त्यसैले यसरी सबै अस्पतालहरुलाई कोरोनाको लागि तयारी गर्नुभन्दा चीनको मोडलमा कोरोना शंकास्पद र संक्रमितको लागि भनेर विशेष अस्पताल बनाएर सञ्चालन गर्दा कम स्रोत साधनमा बढी फाईदा लिन सकिन्छ।

१. ज्वरो, खोकी, सास बढ्ने समस्या भएका विरामीहरुको फोन, भाईबर, मेसेन्जरबाट समस्या सुन्ने।

ज्वरोको विरामी बढ्ने समय पनि भएकोले अहिले धेरै यस्तै समस्या भएका विरामी हुन्छन्, तीनमा धेरैलाई समस्या सुनेर, काउन्सेलिङ गरेर अस्पताल नै आउनु नपर्ने गराएर पनि उपचार गर्न सकिन्छ। धेरै ठाउँमा धेरै डाक्टरहरुले त्यसै गरिरहेका छन्। यो सेवालाई व्यवस्थित र समन्वय गरेर अघी बढ्न सके धेरै राम्रो हुन्छ। जस्तै कि विरामीको तथ्यांक राख्ने, फोन, अनलाइन कलको लागि ड्युटी मिलाउने, अर्को ड्युटीकोलाई ह्यान्डओभर दिने, समस्या पर्दा आउने अस्पताल तोक्ने, नजिकका फार्मेसी, स्वास्थ्यकर्मी भए उनीहरुसँग समन्वय गरेर सेवा दिने, विभिन्न कन्सल्टेन्ट विशेषज्ञहरुलाई पनि समेट्ने। अहिले पनि यो सेवा छ तर सबैले आआफ्नै तरिकाले गरिरहेका छन्, एउटै सिस्टममा छैन।
यसले फाईदा के हुन्छ भने अस्पताल आउने विरामीको संख्या घटाऊन सकिन्छ। समाजमा त्रास कम हुन्छ। स्वास्थ्य समस्या परे कहाँ जाने के गर्ने भन्ने हुँदैन। अर्को भनेको लक्षण र ट्राभल हिस्ट्री (विदेशबाट आएको हो, हैन) को आधारमा उक्त विरामीलाई कोरोना संक्रमण शंका गर्ने वा नगर्ने भनेर छुट्टाउन सकिन्छ।

यदि सामान्य विरामी उपचारको क्रममा जटिल भयो वा पहिले देखिकै जटिल विरामी अर्थात भर्ना गर्नुपर्ने, सुईंबाट औषधी चलाऊनुपर्ने, अक्सिजन दिनुपर्ने, आइसीयु राख्नुपर्ने विरामी हो भने जिल्ला अस्पतालले यसै पनि उपचार गर्न सक्दैन, त्यस्तो विरामीलाई सिधै केन्द्रको ‘कोरोना विशेष अस्पताल’मा तोकिएका एम्बुलेन्सहरुबाट ल्याउनुपर्छ।

२. कोरोना शंका गरिएको हो भने त्यस्ता विरामी दुई खाले हुन्छन् – सामान्य र जटिल

सामान्य हो भने स्थानीय स्वास्थ्य संस्थामा नै सुरक्षित रुपमा आउन भन्न सकिन्छ वा तोकिएका एम्बुलेन्सलाई विरामीलाई लिन पठाउन सकिन्छ, यस्ले गर्दा अरुमा संक्रमण सर्ने डर घटाऊन सकिन्छ। अनी त्यही बाट नमूना संकलन गरेर त्यही बनाइएको आइसोलेसन वार्डमा राखेर सामान्य उपचार गर्न सकिन्छ। यसका ८०% भन्दा धेरै विरामी त सामान्य नै हुन्छन्।

यदि सामान्य विरामी उपचारको क्रममा जटिल भयो वा पहिले देखिकै जटिल विरामी अर्थात भर्ना गर्नुपर्ने, सुईंबाट औषधी चलाऊनुपर्ने, अक्सिजन दिनुपर्ने, आइसीयु राख्नुपर्ने विरामी हो भने जिल्ला अस्पतालले यसै पनि उपचार गर्न सक्दैन, त्यस्तो विरामीलाई सिधै केन्द्रको ‘कोरोना विशेष अस्पताल’मा तोकिएका एम्बुलेन्सहरुबाट ल्याउनुपर्छ। यसरी कोरोना शंकास्पद विरामीलाई बोक्नका लागि भनेर पहिले नै एम्बुलेन्सहरु तोकिनुपर्छ र एम्बुलेन्सका कर्माचारी पनि पूर्णरुपमा तयार रहनुपर्छ।

३. कोरोना विशेष अस्पताल भन्नाले कोरोना भाईरसको प्रकोप नसकिएसम्म कोरोना संकास्पद र संक्रमण पुष्टी भएका विरामीहरुलाई मात्र उपचार गर्नको लागि भनेर तोकिएको अस्पताल बुझ्नुपर्छ। यो प्रकोप नसकिए सम्म यस्ता अस्पतालमा अन्य विरामीहरुको उपचार गरिनु हुँदैन। यसमा सामान्य बेडहरु देखी लिएर जटिल विरामीहरुको लागी आइसीयु, भेन्टिलेटर, ल्याब, एक्सरे, सिटी स्क्यान सबैको सुविधा हुनुपर्छ, कोरोना शंकास्पद वा संक्रमित विरामीको अन्तिमसम्मको उपचार दिनसक्ने गरी अस्पताल बनाइनुपर्छ।

यस्तो अस्पताल कसरी बनाउन सकिन्छ?

दुई तरिकाले बनाउन सकिन्छ।

एउटा तरिका – पहिले भएका अस्पतालहरु मध्ये कुनैलाई पूरा खाली गराएर कोरोना शंकास्पद र संक्रमितहरुको उपचारको लागि मात्र भनेर तयार गराउने। यसको लागि सरकारी वा प्राइभेट जुनसुकै अस्पताल भवन, जुन चाहिएको मोडलमा ढाल्न सजिलो हुन्छ, त्यसलाई प्रयोग गर्न सकिन्छ।

दोस्रो तरिका – कुनै खाली घर, भवनमा बेड, आइसीयु, भेन्टिलेटर, ल्याब जडान गरेर नयाँ अस्पताल बनाउन सकिन्छ।
कसले बनाउने यस्तो अस्पताल?

प्रकोपले प्राइभेट, सरकारी, नेता, जनता भन्दैन। योसँग हामी सबै मिलेर लड्ने हो। त्यसैले हरेक प्राइभेट, सरकारी अस्पताल, मेडिकल कलेजको यो लडाईंमा उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। सबैले आफ्नो स्तरले गर्नसक्ने सहयोग गर्नुपर्छ। अस्पतालहरुले डाक्टर, नर्स, ल्याब स्टाफ, अन्य स्टाफहरुमा सहयोग गर्न सक्छ, औषधीहरुमा मेडिसिन सप्लायरहरुले सहयोग गर्नसक्छ, मेडिकल सामाग्रीहरुमा धेरैले सहयोग गर्न सक्छन्, यस्तोमा व्यापारी, समाजसेवी संघसंस्था, आइटी, अरु टेक्निकल टिमहरुले सहयोग गर्न सक्छन्।

कसले लगानी गर्ने?

प्रकोपको बेला धेरैले स्वयंसेवाको रुपमा सहयोगको रुपमा पनि काम गर्छन्, तर सबैलाई त्यही तरिकाले काम लगाउनु भन्दा सरकारले बजेट छुट्टाएर नै काम गर्नुपर्छ। संचालनको लागि भनेर हरेक अस्पतालबाट सहभागी गराएर एउटा मेडिकल टिम बनाउन सकिन्छ।

साथै कोरोना संक्रमित पुष्टी भएका विरामीको उपचार सरकारले नि:शुल्क गर्ने भनेको छ। तर व्यवहारिक रुपमा हेर्दा यो नमिल्दो हुन्छ। कुनै विरामी कोरोना शंकास्पद छ र जटिल छ भने उसको उपचार कस्ले गर्ने? नमूना पठाउदा पठाउदै उपचार कुर्दा कुर्दै उसको पैसा अभावमा ज्यान गुम्यो र पछी रिपोर्ट पोजिटिभ आयो भने के हुन्छ? त्यसैले अहिलेको प्रकोपको अवस्थामा कोरोना पोजिटिभ मात्र नभएर शंकास्पद हुनासाथ उसको उपचार र व्यवस्थापनको लागि सरकार अघी सर्नुपर्छ।

अहिले यो संकटको घडीमा हामी सबैलाई केही न केही योगदान दिऔं भन्ने हुन्छ तर नेत्रित्व तहबाट हौसला बढाएर, सम्मान र सक्दो सुरक्षितरुपमा अघी बढ्न सहयोग हुनुपर्नेमा उल्टो कामहरु भएको देख्दा धेरै स्वास्थ्यकर्मीको मन दुखेको छ। अझै समय छ, आशा गरौं हामी सबै मिलेर यो भाईरससँगको युद्ध हामी जित्नेछौं।

यस्ता ‘कोरोना विशेष अस्पताल’ संचालन गर्दा के फाईदा हुन्छन्?

१. कोरोना भाईरस जस्तो संक्रामक भाईरसका विरामीको उपचार यसरी ‘विशेष अस्पताल’मा गर्दा अन्य विरामीहरुमा संक्रमण सर्ने डर हुँदैन।

२. कोरोनाकै लागि भनेर केही अस्पताल मात्र डेडिकेटेड हुने भएर तिनको लागि स्रोत साधन, सुरक्षा कवच केन्द्रित गराउदा सिमित स्रोत साधनले पनि धान्न सक्ने सम्भावना रहन्छ।

३. सिस्टम र प्रोटोकोल बनाएर त्यही अनुसार काम हुने भएकोले विरामी कहाँ जाने, कल्ले हेर्ने नहेर्ने भन्ने अन्योल रहदैन र उपचारमा ढिलो हुन पाउदैन। साथै अस्पताल अस्पताल चहारेर संक्रमण सार्ने डर पनि हुँदैन।

४. अन्य अस्पतालमा कोरोना शंकास्पद र संक्रमित विरामी जाने सम्भावना कम हुने भएकोले त्यहाका स्वास्थ्यकर्मीहरुमा पीपीईको अभावमा विरामी नहेर्ने, रिफर गर्ने र आफूलाई सर्ला कि भन्ने डर पनि हुँदैन।

ड्युटी गर्ने स्टाफहरुको लागि पीपीई लगायत मास्क, ग्लोब्स, गगल्स आदिको विशेष व्यवस्था हुनुपर्छ। उनीहरुलाई ड्युटीको अवधीमा अस्पतालकै क्वार्टरमा वा होटलमा राख्नुपर्छ ताकी उनीहरुबाट उनीहरुको परिवारलाई सर्ने सम्भावना नहोस्। हरेक हप्ता जस्तो ड्युटी गर्ने टिम फेरिनुपर्छ।

यस्तो अस्पतालमा शंकास्पद विरामी राख्ने र पोजिटिभ विरामी राख्ने छुट्टाछुट्टै ठाउँ हुनुपर्छ। शुरुमा विरामीलाई शंकास्पद राखिने सेक्सनमा राख्ने र यदी टेस्ट पोजिटिभ आयो भने अर्को सेक्सनमा सार्नुपर्छ। त्यहा ड्युटी गर्ने स्टाफहरुको लागि पीपीई लगायत मास्क, ग्लोब्स, गगल्स आदिको विशेष व्यवस्था हुनुपर्छ। उनीहरुलाई ड्युटीको अवधीमा अस्पतालकै क्वार्टरमा वा होटलमा राख्नुपर्छ ताकी उनीहरुबाट उनीहरुको परिवारलाई सर्ने सम्भावना नहोस्। हरेक हप्ता जस्तो ड्युटी गर्ने टिम फेरिनुपर्छ।

अर्को समूह भनेको लक्षण नदेखिएका तर शंकास्पद व्यक्तीहरु हुन्, जसमा संक्रमितका परिवार, संक्रमितसँग संपर्कमा आएका व्यक्तीहरु पर्छन्, उनीहरुलाई स्थानीय स्वास्थ्यसंस्थाबाटै नमूना संकलन गरेर क्वारान्टाइनमा राख्न सकिन्छ।

यी कुरा पढ्दा, लेख्दा, भन्दा सजिलै लागेपनी साँच्चिकै सफलतापूर्वक गर्न चुनौतीपूर्ण हुन्छ। मूख्य चुनौती भनेको त भिजन भएको नेत्रित्व नै हो। शत्रुलाई चिन्न सक्ने, शत्रुले कसरी आक्रमण गर्न सक्छ, हाम्रो तयारी कस्तो र किन त्यस्तो हुनुपर्छ भन्ने बुझ्ने, सबैलाई मिलाएर लान सक्ने नेत्रित्वले नै युद्द जिताउनसक्छ।

अहिले यो संकटको घडीमा हामी सबैलाई केही न केही योगदान दिऔं भन्ने हुन्छ तर नेत्रित्व तहबाट हौसला बढाएर, सम्मान र सक्दो सुरक्षितरुपमा अघी बढ्न सहयोग हुनुपर्नेमा उल्टो कामहरु भएको देख्दा धेरै स्वास्थ्यकर्मीको मन दुखेको छ। अझै समय छ, आशा गरौं हामी सबै मिलेर यो भाईरससँगको युद्ध हामी जित्नेछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय