सेलपेबाट भुक्तानी गर्दा १० थान मास्क नि:शुल्क

अनलाइन भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेल पे सेवाले नेपालको शीर्ष ई(कमर्स प्लेटफार्म सस्तो डिलस सहकार्य गरेको छ । यो सहकार्यअन्र्तगत सस्तोडिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरीद गरी सेलपेबाट भुक्तानी गरेमा ग्राहकहरुले १० थान मास्क निस्शुल्क पाउनेछन्।

लडडाउनका अवस्थामा सस्तोडिलले अत्यावश्यक सामग्रीहरु ग्राहकको घरमै पुर्‍याउन अनुमति पाएको छ। कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि सामाजिक दूरी कायम गर्न यो कार्यबाट थप सहज हुने सस्तो डिलले विश्वास व्यक्त गरेको छ।

‘सस्तो डिलबाट कुनै पनि अत्यावश्यक सामग्री खरिद गर्दा सेलपेका ग्राहकहरुले सेलपेको मोबाईल वा वेब एप्लिकेसनबाट सहज र सुरक्षित माध्यमबाट भुक्तानी गर्न सक्नेछन्’ सेलपले भनेको छ ‘साथै कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि मास्कको अत्याधिक माग भएकोले सेलपेले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सेलपेका ग्राहकहरुलाई मास्क निस्शुल्क उपलब्ध गराउने छ। जस्को लागि सेलपेको ग्राहकहरुले सस्तो डिलबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे एप्प मार्फत क्यूआर कोड स्यान गरी भुक्तानी गरेमा १० थान मास्क निस्शुल्क पाउनेछन्।’

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अनलाइन भुक्तानी सेवा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय