लकडाउनमा लभ : भावनात्मक रूपमा गाँसिएका प्रेमिल जोडीहरू एकअर्कासँग टाढिन बाध्य

आफूभन्दा केही माइलको दूरीमात्र टाढा रहे तापनि हेनी ऐन्सिल अचेल आफ्ना प्रेमीसँग लामो दूरीको प्रेम सम्बन्धमा ‘मात्रै’ सीमित छिन्।
ऐन्सिल र उनको प्रेमी माइकेल ब्राएन न्यूजील्याण्डको राजधानी वेलिङटनमा बसोबास गर्छन्। कम्तीमा आगामी चार हप्तासम्म उनीहरूले एक-अर्कालाई देखभेट गर्न पाउने छैनन्।

कोभिड–१९ को संक्रमणलाई रोक्न सरकारले राष्ट्रमा लकडाउनको घोषणा गरेसँगै उनीहरू एक-अर्काको यादको सहारामा आफ्नो प्रेम सम्बन्धलाई अगाडि बढाउन विवश छन् ।

‘सुरू-सुरूमा त हामी लकडाउनको नियमबारे अनभिज्ञ थियौं। हामीलाई लागेको थियो, सबै ठिकै हुन्छ होला। किनकि, हामीले हप्तामा एक वा दुई पटक त एक-अर्कासँग भेट्न पाउँछौं होला भन्ने सोचेका थियौं,’ आफ्नो प्रेमीसँग विगत पाँच वर्षदेखि प्रणय सम्बन्धमा रहेकी यी २५ वर्षे युवतीले भनिन्, ‘हामीले पछि पो सबै कुरा थाहा पायौं र यो पटक्कै राम्रो भएन।’

त्यसो त ब्रायनले आफ्नी प्रेमिकालाई लकडाउनको समयमा आफ्नै फ्ल्याटमा आएर सँगै बस्नको निम्ति आग्रह नगरेका होइनन्, तर उनीसँग फ्ल्याट साझा गर्ने अर्कै साथीकी प्रेमिका त्यहीँ आएर बस्न थालिसकेकी थिइन्। साथै, प्रेमीको फ्ल्याट उनीहरूसँगै बस्नको लागि केही साँघुरो हुने भएका कारण ऐन्सिलले आफ्नै स्थानमा बस्ने निधो गरिन्। जसका कारण स्थानीय पिज्जा चेनमा सँगै काम गर्दा एक-अर्कासँग भेटेका र करिब आठ किलोमिटरको दूरीमा बस्ने यस यूगल जोडीले अबको केही हप्ता भर्चुअल संसारमा च्याट वा कुरा गरेर न्याश्रो मेटाउने छन्।

उनीहरूले एकअर्कालाई शुभ बिहानी र शुभ रात्रिको सन्देश पठाउन थालिसकेका छन्। तर, व्यक्तिगत भेटघाटको साटो उनीहरूको समय कम्तीमा तत्कालको भविष्यसम्मका लागि सन्देशको आदान-प्रदान गरेर र टाढैबाट विभिन्न शो तथा अन्य दृश्यात्मक सामाग्री सँगसँगै हेरेर बिताउने निश्चित छ।

‘उनीसँग भेट्ने ठूलो धोको छ। तर, हाल अवस्था साह्रै निराशाजनक छ,’ हाल प्रेमीसँगको अस्थायी विछोडमा रहेकी ऐन्सिलले आफ्नो व्यथा पोखिन्, ‘कम्तीमा उनलाई भेट्न र अँगालो हाल्नमात्र पाए पनि हुन्थ्यो।’

कोभिड–१९ को संक्रमण एवम् सञ्चारलाई निष्तेज गर्न राष्ट्रहरूले लकडाउन तथा यात्रामा प्रतिबन्ध लागू गरेसँगै संसारभरीका लाखौं प्रेम सम्बन्धमा रहेका जोडीहरूले ऐन्सिल र ब्राएनकै जस्तो नियति भोगिरहेका छन्। त्यसो त ऐन्सिलले आफ्नो प्रेमीबाट अलग्गै रहने निर्णय गरे तापनि अन्यले भने कोरोना भाइरसले उनीहरूलाई एक-अर्कासँग बलियो रूपमा नजिक्याएको महसुस गरेका छन्।

आजको लकडाउनलाई प्रेम जोडीहरूले कसरी सामना गर्ने भन्ने विषय संसारभरि यसरी चर्चाको विषय बनेको छ कि गत हप्ता बेलायतको कार्यकारी प्रमुख स्वास्थ्य अधिकृतले समेत पत्रकार सम्मेलनको क्रममा समेत यस विषयको उठान गरे।

‘सबैभन्दा महत्वपूर्ण कुरा त आजको जस्तो अनिश्चितताको परिस्थितिको सामना गर्नु र सोमाथि विजय हासिल गर्नु नै हो भने यदि तपाईं कसैसँगै सारा जिन्दगी नै बिताउन चाहनुहुन्छ भने केही समयको लागि छुट्टिएर बस्नु खासै ठूलो कुरा हैन,’

‘म स्पष्ट रूपमा प्रेम सम्बन्धमा आधारित परामर्शजन्य नयाँ पेशाको थालनी गर्न गइरहेको छु। ता कि मैले यस प्रश्नको जवाफ सोच विचारपूर्वक दिन सकौं,” उनले जानकारी दिए, ‘तपाईं आफ्नो सोच र भावनाको क्षमतालाई ध्यानपूर्वक परीक्षण गर्नुहोस्। सँगै वा अलग्गै आफ्नो घरभित्र सुरक्षित रूपमा बस्नु होस् र यसै क्रमलाई कम्तीमा केही समयको लागि निरन्तरता दिनुहोस्।’

छुट्टिएर पनि सँगसँगै

उता बेलायतमा २१ वर्षे जेम्स् मार्स र उनकी प्रेमिका गत सोमबार आफ्नो प्रेम सम्बन्धको पहिलो वर्षगाँठ मनाउन व्यग्र थिए। तर दुर्भाग्वश, बेलायत सरकारले लकडाउनको घोषणा गर्न पुग्यो।

यसै कुराको चाल पाएर लिड्स विश्वविद्यालयमा सँगै अध्ययनरत् यस जोडीले प्रेमी मार्स आफ्नो पारिवारीक घर फर्कनुअघिको रात लकडाउन समाप्त नहुँदासम्मको लागि छोटो समयको लागि भेटघाट गरे। बेलायतमा लागू लकडाउन करिब तीन साताको लागि कायम रहने विश्वास गरिएको छ।

‘हामी सामान्यतया एक-अर्कालाई हरेक दिन देखिरहेका हुन्थ्यौं भने प्राय:जसो राति सँगै हुने गर्थ्यौं,’ ब्रायन भन्छन्, ‘त्यो अवस्था र एक-अर्काबाट टाढिनु परेको आजको अवस्थाबीच ठूलो फरक छ।’

उनका अनुसार आधिकारीक रूपमा प्रणय सम्बन्धमा प्रवेश गरेयता एक-अर्कालाई नदेखेको वा नभेटेको यो नै सबैभन्दा लामो अवधी हुनेछ।
भौतिक रूपमा एक-अर्काबाट टाढिए पनि उनीहरूको दूरीलाई फेसटाइम (आइएसओमा उपलब्ध भिडियोमार्फत अन्तरक्रिया गर्न मिल्ने समाजिक सञ्जाल) ले नजिक्याएको छ। जसको प्रयोगद्वारा उनीहरूले एक-अर्कासँग भर्चुअल जगतमा देखभेट गरिरहेका छन् भने हाउसपार्टी नामक अर्को भिडियो एपको प्रयोगद्वारा आफ्ना साथीसंगतीहरूसँग समय बिताइरहेका छन्।

तर, भर्चुअल जगतको आफ्नै परिधि र चुनौती छन्।

ब्रायन र उनका अधिकांश साथीहरू तीन वर्षे अण्डरग्य्राट डिग्री पूर्ण गर्नबाट केही महिनामात्रै टाढा छन् र डिग्री समापनको सफलता मनाउन उनीहरू सँगै हुने छैनन्। ‘सायद हामी हाम्रो तीन वर्षे अध्ययन यात्रा समापनको स्मृतिमा कोरोना भाइरसलाई लिएर अगाडि बढ्नेछौं,’ ब्रायन अगाडि थप्छन्।

अझ पीडादायी त के भने प्रविधिले ब्रायन र उनकी प्रेमिकालाई एक-अर्काप्रति आबद्ध गराय तापनि ब्रायनका अनुसार एउटै कोठामा सँगै भएजस्तैको सन्तुष्टि भने पटक्कै मिल्दैन। तथापि, एक-अर्काबाट टाढिनु परेको यस अवस्थाले उनीहरूको प्रेम सम्बन्धलाई थप प्रगाढ बनाउनेमा ब्रायन आशावादी छन्।

‘सबैभन्दा महत्वपूर्ण कुरा त आजको जस्तो अनिश्चितताको परिस्थितिको सामना गर्नु र सोमाथि विजय हासिल गर्नु नै हो भने यदि तपाईं कसैसँगै सारा जिन्दगी नै बिताउन चाहनुहुन्छ भने केही समयको लागि छुट्टिएर बस्नु खासै ठूलो कुरा हैन,’ ब्रायन आफ्नो विचार अभिव्यक्त गर्छन्, ‘कहिलेकाहीँ आफ्नो जागिरको क्रमका तपाईं कतै टाढा पनि जानुपर्ने अवस्था आउन सक्छ। त्यसैले सोही एक जना व्यक्तिप्रति निर्भर भइरहनु पनि त्यति व्यावहारिक हुँदैन।’

गोप्य ‘इश्क’

दिल्ली विश्वविद्यालयको छात्र हेमानगेले पछिल्लो एक हप्तादेखि आफ्नो समलिंगी प्रेमीको आवाज पनि सुन्न पाएका छैनन्। प्रेमीको परिवारसामु सो खुलासा नगरिसकेको कारण उनको नाम नखोल्न अनुरोध गर्ने हेमानगे आफ्नो परिवारसँग भारतको राजधानी नयाँ दिल्लीमा बसोबास गर्छन्। पछिल्लो केही महिनादेखि यस ‘केटा’ प्रेमिकाले २२ वर्षे ‘केटा’ प्रेमीसँग गुपचुप रूपमा भेटघाट गरिरहेका छन्।

गत साता प्रधानमन्त्री नरेन्द्र मोदीले एक अर्ब तीन करोड जनसंख्या रहेको संसारकै सबैभन्दा ठूलो प्रजातन्त्रको अभ्यास गरिरहेको भारतमा तीन हप्ताको लागि लकडाउनको घोषणा गरे। जसको अर्थ हो- त्यहाँका कोही पनि जनता घरभन्दा बाहिर निस्कन पाउने छैनन्। सार्वजनिक यातायता बन्द भएसँगै हेमानगे कसैगरी पनि नयाँ दिल्लीको अर्को कुनामा अवस्थित आफ्नो प्रेमीको घर जान पाउने छैनन्।

‘मैले आजसम्म कहिले पनि यस्तो बेचैनी र असहाय अवस्था महसुस गरेको थिइनँ,’ अबको केही साता विछोडमै बिताउनुपर्ने थाहा पाएर पनि केही गर्न असक्षम हेमानगेले गुनासो पोखे।

‘म अझै विद्यार्थी जीवन बिताइरहेको छु। त्यसैले, म मेरो जीवनलाई स्वतन्त्रपूर्वक आफ्नो सर्त र चाहनाअनुसार डोर्याेउन सक्दिनँ,’ उनले आफ्नो पीडाको पोको खोले, ‘जसै म स्वतन्त्र हुनेछु, तब म यस जोखिमलाई उठाउने छु।’

‘परिवारसँगै एउटै घरमा बसिरहेका कारण म उसँग खुलेर संवाद गर्न सक्दिनँ,’ उनी अगाडि भन्छन्, ‘हामीलाई सञ्चार गर्न साह्रै कठिन भइरहेको छ।’

त्यसैले कम्तीमा अबको केही हप्ता उनीहरूको लागि सञ्चार गर्ने भरपर्दो माध्यम ह्वाट्स एफमार्फतको सन्देश सुविधा नै हो। पहिलेझैं विश्वविद्यालयको पढाइपश्चात सँधै एक-अर्कासँग भेट्न पाउनु हालका लागि असम्भव नै देखिन्छ यस समलिंगी जोडीका लागि।

हेमानगेले आफ्नो प्रेमीलाई अन्तिम पटक लकडाउन लागू हुनुभन्दा करिब दुई हप्ता अगाडि भेटेका थिए, जतिबेला भविष्यमा के हुन गइरहेको छ भन्नेबारे यी दुबै अनभिज्ञ थिए।

‘मैले आजसम्म कहिले पनि यस्तो बेचैनी र असहाय अवस्था महसुस गरेको थिइनँ,’ अबको केही साता विछोडमै बिताउनुपर्ने थाहा पाएर पनि केही गर्न असक्षम हेमानगेले गुनासो पोखे।

अनिश्चित समयको पिरती

विगत केही वर्षदेखि लामो दूरीको सम्बन्धमा रहेकी ३० वर्षे इसोवेल इविङको लागि अप्रिल प्रेमीसँगको प्रणय–मिलनको महिना हुने निश्चित थियो।

प्रसारण पत्रकारिता गरिहेकी इविङ मध्य–जनावरीमा हङ्गेरीको राजधानी बुढापेस्ट सरेकी थिइन् र धेरै समयपछि प्रेमी साम स्मुदिसँग व्यक्गित रूपमा भेट्ने कल्पनामा रमाइरहेकी थिइन्। व्यावसायिक स्किअर (स्कि खेलाडी) स्मुदी केही महिनाको लागि उत्तर अमेरिका गएका थिए र त्यहाँबाट हङ्गेरी गई आफ्नी प्रेमिकासँग समय बिताउने योजनामा रहेका थिए।

तर, कोरोना भाइरसले उनको योजनामा तुषारापात ल्यादियो।

मार्च ११ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कन्टिनेन्टल युरोपबाट अमेरिकातर्फ उडान भर्ने सबै हवाइसेवालाई बन्द गर्न लागेको घोषणा गरेपश्चात् स्मुदी कतै उत्तरी अमेरिकामै फस्ने त हैनन् भनेर उनीहरू दुबै चिन्तित हुन थाले। त्यसको केही दिन नबित्दै हङ्गेरीले विदेशीहरूका लागि आफ्नो सबै सीमा नाका बन्द गरेपश्चात् उनीहरूको एक-अर्कालाई प्रत्यक्ष रूपमा भेट्ने व्यग्रतामा अन्तत: ओश लाग्न पुग्यो। जसको कारण स्मुदी हङ्गेरीको साटो न्यूजीयाल्याण्डतर्फ मोडिए र उनीहरू मिलनको योजनालाई केही समयका लागि रद्ध गर्न बाध्य भए।

अहिले स्मुदी इविङको न्यूजील्याण्डस्थित छुट्टी मनाउने घरमा स्वत: अलग्गिएर (सेल्फ आइसोलेसनमा) बसिरहेका छन् भने उता इविङ बुढापेष्टस्थित अपर्टमेन्टमा रहेर कार्यालयको कामलाई निरन्तरता दिइरहेकी छिन्। उनीहरू दुबैलाई थाहा छैन भविष्यले कहिले उनीहरूको भेट जुराउने छ भनेर।

‘लामो समयदेखि दूरीको सम्बन्धमा रहेका कारण अलग्गिएर बस्न हामीलाई खासै गाह्रो भएको भने छैन,’ अन्य प्रेमिकाभन्दा कम पीडामा रहेकी इविङ भन्छिन्, ‘तर भविष्यमा निकै चाँडै भेट हुने आशालाई हामी दुबैले मलजल गरिरहेका छौं।’

हतारमा कसियो लगनगाँठो

उमेरले ३२ पुगेकी अनिका (नक्कली नाम) विगत तीन वर्षदेखि आफ्नो प्रेम सम्बन्धलाई बैवाहिक मान्यता दिन आतुर रहे पनि परिस्थिति उनको पक्षमा थिएन।

अन्ततगत्वा, नयाँ दिल्लीस्थिति यस जोडीले मार्च २० मा अदालतमा गएर विवाह दर्ता गराउने, अप्रिल १० मा करिब ४०० जना पाहुना तथा साथीभाइलाई निम्तो गरी नृत्य कार्यक्रमको आयोजना गर्ने र त्यसको दुई दिनपछि वैवाहिक समारोहको आयोजना गर्ने निर्णय भयो।
तर दुभौग्य, कोरोना भाइरसको प्रकोप भारतमा देखियो।

तत्कालै भारत सरकारले सबै पर्यटक भिसामा रोक लगाउने लगायतको कडा उपायको अख्तियार गरेसँगै अनिका र उनको हुनेवाला श्रीमानमा स्वभाविक रूपमा चिन्ता बढ्न थाल्यो जसपश्चात् उनीहरूले दोस्रो विकल्पको खोजी गर्न थाले।

नयाँ–नयाँ परिस्थितिको विकास हुँदै जाँदा उनीहरूको विवाह सम्बन्धी योजनामा पनि परिवर्तन आइरह्यो।

अन्तत: आफ्नो नियन्त्रणभित्र रहेको सीमित समयको सदुपयोग गर्दै उनीहरूले मार्च २० मा सामान्य समारोहको बीच आफूहरूलाई वैधानिक विवाह बन्धनमा बाँध्न सफल भए।

‘त्यो पूरै साता हाम्रो लागि तनावग्रस्त रह्यो,’ सामाजिक दूरीको निर्देशनलाई पालना गर्न करिब ३० जना मात्र आगन्तुकलाई विवाहमा निम्त्याइएको जनाउँदै उनले भनिन्, ‘अन्तत: हाम्रो विवाह छोटो, मीठो र घनिष्ठ हुनपुग्यो।’

विभिन्न समाचार संस्थाहरुबाट अनुवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय