‘सेल्फ क्वारेन्टाइन’ : डिप्रेसन हुनसक्छ, सामाजिक सञ्जालबाट बचौं

कोभिड १९ (कोरोना भाइरस) यतिबेला महामारीको रुपमा विश्वभर नै फैलिएको छ । जसका कारण विश्वका धेरै मुलुकहरु लकडाउनको अवस्थामा छन् । संक्रमण फैलन नदिनको लागि राज्यले नागरिकलाई ‘होम क्वारेन्टाइन’मा बस्न निर्देशन दिएको छ । यस्तो अवस्थामा मानिसमा तनाव, डर, त्रास पनि उत्पन्न हुनसक्छ।

क्वारेन्टाइन महामारीको अवस्थामा राज्यले लागु गर्ने आपतकालिन अवस्था हो। पहिलाका दिनहरुमा सार्स, मर्स, इबोलाजस्ता महामारी रोगमा क्वारेन्टाइनमा राखिएको थियो । महामारीलाई रोक्नको लागि क्वारेन्टाइन अति–आवश्यक प्रोसेस तथा उपचारको एउटा पार्ट पनि हो ।

महामारी रोक्नको लागि क्वारेन्टाइनलाई राम्रोसँग व्यवस्थापन गर्ने सकिएन भने यसको नकारात्मक असर देखिन्छ । केही मानिसलाई मानसिक असर पनि देखिन्छ । लामो समयमा एकै ठाउँमा बस्दै जाँदा पहिला देखिका समान्य मानिस र मानसिक रोगीहरु दुवैमा समस्या उत्पन्न हुनसक्छ। समान्य नागरिकहरुमा यसको बारेमा त्रास उत्पन्न हुन्छ । कति दिन अझै यसरी बस्ने, के खाने, कसरी समय बिताउने जस्ता समस्याहरु सबैमा हुन्छ।

किनभने, एउटा समान्य काममा दैनिकी चलाइरहेको मानिस एकाएक एउटा अनिश्चित समयको मानसिकता बनाएर घरमा बस्नुपर्दा मनमा धेरै कुराहरु आउन सक्छ।

एन्जाइटिक हुनु सामन्य रोग हो । तर, कतिपय क्वारेन्टाइनको अवधि बढ्दै जाँदा विभिन्न मानसिक समस्या आउनसक्छ । मानिसमा डर बढ्दै जाने, निरासापन आउन थाल्ने, झन्झट लाग्ने, नरामाइलो लाग्ने जस्ता समस्या देखिन्छन् । त्यसैगरी निन्द्रामा गडबढी हुने, स–सना कुरामा रिसाउने, दिमागले सोच्न नसक्ने हुन्छ ।

दैनिक कमाएर खानुपर्ने मानिसमा दिमागले सोच्न नसक्ने अवस्था पनि आउँछ ।

पहिला देखिएका मानसिक रोगीहरुमा झ्न रोग बढ्दै जानसक्छ । एन्जाईटिक तथा डिप्रेसन झ्न बढ्नसक्छ । खुला वातावरणबाट एकाएक एक्लै बस्नु पर्दा झन डिप्रेशन बढ्नसक्छ ।

क्वारेन्टाइनमा बस्दा आत्महत्या गरेका घटना पनि बाहिर आइरहेका छन्।

विदेशतिर कोभिड–१९ सँग सलंग्न हुने स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थामा नै बस्नुपर्ने व्यवस्था हुन्छ । यस्तो बेलामा स्वास्थ्कर्मी पनि एकदमै जोखिममा हुन्छन् । आफ्नो परिवारसँग टाढा बस्नु परिरहेको हुन्छ । बिरामीको उपचारमा खटिनुपर्ने हुन्छ। घरमा नगई क्वारेन्टाइनमा बस्नुपर्ने अवस्थामा स्वास्थ्कर्मी जोखिममा नै रहेका हुन्छन् ।

मानसिक रोगीलाई पनि औषधि उपचारको लागि फलोअपमा आउनुपर्ने, औषधिहरुलाई निरन्ता दिनुपर्ने अवस्थामा यस्तो बेला समस्या परिरहेको छ । अस्पतालको ओपिडी बन्द अवस्थामा रहेको छ । यस्तो बेलामा औषधिहरु सेवन गर्ने छुट्टने रोग बढ्न जाने सुनिरहेका छौं। यस्ता समस्याका फोनहरु दिनप्रति दिन बढ्दो रुपमा आइरहेका छन् ।

क्वारेन्टाइन जब लागु गरिन्छ । त्यो बेलामा नै धेरै कुराहरु सोचवचार गरेर लागु गनुपर्ने हुन्छ । क्वारेन्टाइन खाली एउटा माहामारीलाई लिएर गर्ने होइन कि यसको सबै व्यवस्थापन गर्नपर्ने हुन्छ । क्वारेन्टाइनको इफेक्टहरु हुन्छन् । यसलाई कम गर्नेको लागि हामीले कम समयका लागि क्वारेन्टाइन लागु गर्नुपर्ने हुन्छ। महामारी रोक्नलाई क्वारेन्टाइन आवश्यक छ । तर, जति कम समय भयो त्यति क्वारेन्टाइनको असर कम हुन्छ ।
खाद्यान्न, औषधि उपचार जस्ता अत्यावश्यक वस्तुको सहज पहुँज जनतामा पुग्न सकेन भने त्यसको असर पनि ठुलो हुन्छ । त्यसकारणले यस्ता वस्तुको पहिला नै व्यवस्थापन गर्ने जरुरी हुन्छ । राज्यले घरमा बस भनेर मात्र हुँदैन । जनताको आधारभूत आवश्यकता कसरी व्यवस्थापन गर्ने भन्ने कुरा पहिला नै तय गर्नुपर्ने हुन्छ ।

मानसिक रोगीलाई पनि औषधि उपचारको लागि फलोअपमा आउनुपर्ने, औषधिहरुलाई निरन्ता दिनुपर्ने अवस्थामा यस्तो बेला समस्या परिरहेको छ । अस्पतालको ओपिडी बन्द अवस्थामा रहेको छ । यस्तो बेलामा औषधिहरु सेवन गर्ने छुट्टने रोग बढ्न जाने सुनिरहेका छौं। यस्ता समस्याका फोनहरु दिनप्रति दिन बढ्दो रुपमा आइरहेका छन् ।

क्वारेन्टाइनको बेलामा मानिसहरु बाहिर निस्कन पाउँदैनन् । घरमा टिभि, मोबाइल, इन्टरनेट चलाएर त्यहीँ भुल्ने गरेका छन् । स–सना कुरामा के गर्ने, कसो गर्ने भन्ने कुरामा प्रष्ट रुपमा जनतालाई सरकारले बारम्बार दिइराख्नुपर्छ ।

क्वारेन्टाइन भन्ने कुरा जबरजस्तीे भन्दा पनि परोपकारी हिसाबले मानिसलाई बुझाउन सक्यो भने त्यो बढी इफेक्टिभ हुनेजान्छ । यो आफ्नो लागि हो, परिवारको लागि हो, सम्पुर्ण नागरिकको लागि महामारीबाट बच्ने उपाय हो भनेर जनताले लिन सके भने अझै इफेक्टिभ हुन्छ ।
सबै जनताले बुझ्न नसक्लान केही कडाई त गर्ने पर्ला तर जबरजस्ती भन्दा पनि अनुरोधको हिसाबबाट गर्ने व्यवस्थापन गर्ने सकियो भने राम्रो हुन्छ ।

हामी नागरिकले क्वारेन्टाइनमा बस्दा सामाजिक मिडियाहरु धेरै प्रयोग गरिरहेका हुन्छौँ । बिहान देखि मोबाइल चलाउने, समाचार हेर्ने धेरै बानी हुन्छ । फ्रि टाइमको बेला बिहानदेखि बेलुकीसम्म समाजिक सञ्जालमा झुम्मिएर बस्यो ।

मानसिक रोग विशेषज्ञको हिसाबले भन्नुपर्दा सबैभन्दा महत्वपूर्ण कुरा सामाजिक सञ्जालका नकारात्मक खबरहरुबाट टाढा रहनुपर्छ। आधिकारिक समाचार संस्थाहरु, विश्वासिला स्रोतहरुको मात्रै प्रयोग गर्नुपर्छ। दिनमा एक, दुई पटक मात्र के भइरइरहेको अपेडेट हेर्दा पुग्छ ।
बिहानदेखि बेलुकासम्म कोरोनाको बारेमा समाचार हेरेर फाइदा केहीपनि छैन । यतिको मृत्यु भयो भनेर समाचार हेरिरहँदा त्रास मात्र उत्पन्न हुन्छ । त्यसकारण दिनमा एक दुई चोटी मात्र के रहेछ भनेर आधिकारिक स्रोतबाट समाचार पढ्ने गरौं ।

परिवार सँग बस्ने सुनौलो अवसर हो । यही फुर्सदको समय हो, परिवारसँग बस्ने। घरभित्रै रमाइलो बातावरणमा बस्ने, बच्चाहरुसँग खेल्न रमाउने यो समय उपयुक्त हुन्छ । यो फुर्सदको समयमा सिर्जनशील काममा समय बिताउन सकिन्छ । कुनै लेख, रचना, संगीत, आर्टमा काम गर्ने सकिन्छ ।

क्वारेन्टाइनको बेलमा खानपिनमा एकदमै ध्यान दिनुपर्छ । बिहानदेखि बेलुकीसम्म बस्दा धेरै पकाउने खाने स्वास्थ्य राम्रो हुँदैन । कतिपय मानिसहरु चाडपर्व जस्तो मानेर अल्कोहलमा नै बढी रमाउने गरेका छन् । पहिला जसरी खानपिन हुन्थो त्यसैगरी नै त्यही रुटिनमा खानुपर्छ । जाँड, रक्सी, चुरोट, लागुपदार्थबाट टाढा रहने हुनुपर्छ ।

यसबेलमा खासगरी बालबालिका तथा वृद्धको ध्यान दिनुपर्छ । नकारात्मक सोचलाई घटाउनको लागि घरमा बसेर योगा, मेडिटेसन तथा व्यायाम गर्नुपर्छ ।

विभिन्न उपायहरु अपनाएर दिमागमा आउने नकारात्मक सोचलाई रोक्न सक्छांै । क्वारेन्टाइनमा बसिरहँदा कोरोनाका बारेमा बढी नसोचेर

अन्य कुरामा दिमाग लगाउन सक्यांै भने सहज रुपमा जीवनशैली बिताउन सकिन्छ । पहिलेका अनुसन्धानमा क्वारेन्टाइनबाट निस्किएपछि मानिसहरु डिप्रेशनमा गएको धेरै देखिएको छ । बालबालिकामा समेत देखिएको छ । मानसिक रोग बढ्ने हुँदा हामी एकदमै सजक भएर बस्न जरुरी छ ।

(मानसिक रोग विशेषज्ञ डा. थापासँग हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय