सिडिओले नै भगाए एम्बुलेन्स चालक, छैठौं संक्रमित अस्पताल जान सकिनन्

कोरोना भाइरस (कोभिड १९) को छैठौं संक्रमित ६५ वर्षिया बागलुङकी वृद्ध उपचारका लागि अस्पताल जान सकेकी छैनन् । रेडक्रस सोसाइटी बागलुङका एम्बुलेन्स चालक एकाएक फरार भएपछि उनी अस्पताल जानबाट रोकिएकी हुन् ।

धवलागिरि प्रदेश अस्पतालबाट अस्पतालबाट २ किलोमिटरमा दूरीमा रहेकी संक्रमित ६५ वर्षीय महिलालाई लिन जानुपर्छ भन्ने ‘डर‘ले ड्राइभर सम्पर्कबिहिन बसेको बुझिएको छ ।  रेडक्रसको एम्बुलेन्स अस्पतालको पार्किङस्थलमा छोडेर ड्राइभर बेपत्ता भएको स्थानिय पत्रकारले जानकारी दिएका छन् । संक्रमित महिलालाई स्वास्थ्यमा खासै समस्या नभएको उनका छोराले चिकित्सकहरुसँग परामर्शमा रहेका छन् ।

उता, बागलुङ नगरपालिका ३ गौडाकोट, तरकारी गाउँकी संक्रमित महिलालाई अस्पताल जानबारे प्रष्ट जवाफसमेत दिन सकेनन् ।  उनले हतारिँदै ‘गाडी गइसक्यो‘, भने जवाफ दिए । सिडिओ सौजुले अकमाउँदै गाडी गइसक्यो भनेर सामान्य जवाफ दिए । एम्बुलेन्स चालक बेपत्ता भएको भन्ने प्रश्नमा उनले भने, ‘अँ हो, व्यवस्थाा हुँदैछ हैँ ।’

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्डको बैठक बसेर सबै व्यवस्था गर्ने भने पनि सीडिओले नै चालकलाई भगाएको स्रोतले बतायो । तीन दिनअघि संक्रमित पुष्टी भएकी बागलुङकै अर्की युवतीसँग बेल्जियमबाट आज संक्रमित भएकी महिला एउटै सीटमा बसेर नेपाल आएकी थिइन् ।

One thought on “सिडिओले नै भगाए एम्बुलेन्स चालक, छैठौं संक्रमित अस्पताल जान सकिनन्

  1. अलि राम्ररी सम्पादन गरेर र दोहो-याएर पढे पछि मात्रै समाचार पोष्ट गर न हो साथीहरु।

Leave a Reply to Hari Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय