कोरोना सन्त्रास : दुई कैदी र बाल सुधारगृहबाट ३३ बालक छाडियो

सर्वोच्च अदालत र महान्यायाधीशवक्ताको कार्यालयले हिरासतमा रहेका थुनुवाको सख्या घटाउने निर्णय गरेसंगै जिल्ला प्रहरी कार्यालय बाँकेबाट लकडाउन अवधीमा २१ जनालाई तारेखमा थुनामुक्त गरिएको छ । लकडाउनको पहिलो दिन झण्डै ६० थुनुवा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेमा अहिले सम्ममा घटेर २६ थनुवा रहेको मुद्धा फाटका प्रहरी निरिक्षक ह्रदेश सापकोटाले जानकारी दिए ।

कतिपय मुद्धामा संक्षिप्त कार्र्यिबधि अपनाएर मुद्धाको अनुसन्धान प्रक्रिया टुङ्याइएको गंभिर अपराध बाहेक तारेखमा छाड्न सकिनेलाई छाडिएको सापकोटाले बताए । हिरासतमा हाल २५ पुरुष र १ महिला थुनुवा छन् ।

कोरोनाको संक्रमण फैलिने डरमा रहेका थुनुवाहरु आफुहरुलाई पनि प्रक्रिया मिलाएर छाडिनु पर्ने बताए । हिरासतको अवस्था बुझ्न हिरासत पुगेका अधिकारकर्मीहरु संग थुनुवाका कमाण्डर आशिष बुढा मगरले कोराना संकटका बेला आफुहरुलाई पनि प्रक्रिया मिलाएर छाड्ीनु पर्ने माँग राखेका थिए ।

कोराना संक्रमण फैलिन नदिन हिरासतको सरसफाई र भेटघाटमा सतर्कता अपनाईएको प्रहरी निरिक्षक ह्रदेश सापकोटाले बताए । शौचालयको सरसफाई, सावुनको ब्यवस्था मिलाईएको छ सापकोटाले भने । लकडाउन पश्चात नया थनुवा ल्याएर हिरासतमा नराखिएको सापकोटाले बताएका छन । यसै गरि बाँके स्थित बालसुधारबाट पनि लकडाउन पश्चात मंगलबारसम्म बिभिन्न मुद्धामा परेका ३३ बालक छुटेका छन् ।

सुधार गृह प्रमुख बिमला काउचा मगरले दिएको जानकारी अनुसार लकडाउन पहिले १३९ बालक रहेको बालसुधार गृहमा बिभिन्न जिल्ला अदालतको आदेशले मंगलबारसम्ममा ३३ बालक छुटेको काउचाले बताईन । जसमा बाँके जिल्ला अदालतको आदेशले ७ जना बालक छुटेको अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जानकारी दिए ।

यसैबीच नेपाल सरकारले केद बराबरको पैसा तिरेर केदी छोडन सकिने निति ल्याए पछि नेपालगन्ज कारागारबाट २१ जना केदीले पैसा तिरेर जेलमुक्त हुन निबेदन दिएका छन । कारागार प्रशाशन ले सो २१ जनाको निबेदन अदालतमा पठाए पछि ३ जनालाई छोडन आदेश दिएको छ । अदालत बाट आएको आदेश अनुसार २ जना पैसा बुझाएर छुटेको १ जनाले पैसा बुझाउन न सकेको र १८ जना बारे अदालत बाट अहिले सम्म कुनै आदेश न आएको कारागार प्रशाशनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय