कोरोना परीक्षण नमुना प्रेषण गर्न एएनएमएफको यातायात सुविधा, ५ सय पिपिई सेट सहयोग

अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएफएफ)ले कोरोना भाइरस (कोभिड–१९)को परीक्षणका लागि उपत्यकाभित्रका विभिन्न अस्पतालमा संकलिन नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल)सम्म पुर्याइदिने सेवा सुरु गरेको छ । अस्पतालहरुमा शंकास्पद बिरामीका नमूना संकलन तथा प्रयोगशालासम्म प्रेषण गर्नसमेत स्वास्थ्यकर्मीहरुमा हिच्किावट देखिएपछि एएनएमएफले स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा यस्तो सेवा उपलब्ध गराएको हो ।

एएनएफए नेपालका अध्यक्ष डा. भुपेन्द्र बस्नेतका अनुसार उपत्यकाभित्रका जुनसुकै अस्पतालले नमूना संकलनपछि टेलिफोनमार्फत् खबर गर्नासाथ एम्बुलेन्समार्फत् सो नमूना प्रयोगशालासम्म पुर्याइदिने व्यवस्था गरिएको छ । डा. बस्नेतले संकलित नमूना (स्वाब) प्रेषणका लागि उचित तापक्रम सन्तुलन राख्ने, अस्पतालमा जनशक्ति र सवारी साधानको पनि अभाव देखिएपछि यस्तो योजना अगाडि सारिएको हो । ‘कतिपय अवस्थामा डरका कारण नमूना पुर्याइदिने मान्छे नभएको भन्ने गुनासो आयो डा. बस्नेतले भने, ‘स्वाब निकालिसकेपछि तीन तहभएको भाँडोमा राखिएको हुन्छ र जुन बोकेर हिड्दा कुनै त्रास मान्नुपर्दैन’ । अहिले खट्ने कर्मचारी र चालकलाई समेत यो विषयलाई बुझाएर तयार गरिएको हो ।

फाउन्डेसनले विहीबार विज्ञाप्तिजारी गरेर एएनएमएफ नेपाल संयोजक संयोजक विक्रम रानाको ९८६१०२०२८५ र चालक गोकुल खुलालको ९८४९४८१७५६ मोबाइल नम्बरमा सम्पर्क गरेर सेवा लिन सकिने जनाएको छ ।  कोभिड–१९ को विश्वव्यापी महामारीसँगै नेपालमा पनि रोकथाम र उपचार तयारी पहल सुरु भएसँगै एनएनएमएफले स्वास्थ्यमर्कीका लागि अत्यवश्यकीय सामग्री सहयोगको समेत सुरुवात गरेको छ । कोभिडकै कारण अस्पतालहरुले ओपिडी एवं विशेषज्ञ सेवा प्रवाहमा सहज नभएको अवस्थामा त्रिवि शिक्षण अस्पतालमा टेलिमेडिसिन सेवासमेत एएनएमएफकै सहयोगमा सुरु भएको छ । विशेष खालको एप्समार्फत् अस्पतालका विरामीले विशेषज्ञ परामर्श सेवा लिइरहेका छन् ।

‘केही ठाउँमा ५०देखि अधिकांश अस्पताललाई २०भन्दा बढी पिपिई सेट दियौं’ डा.बस्नेतले भने, ‘अझै पनि समस्या परेका ठाउँमा माग आएमा हामी अन्य सामग्री पनि उपलब्ध गराउँन सक्छौ’

पाँच सय पिपिई सेट, हजार बढी एन९५ मास्क
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले समयमा व्यक्तिगत सुरक्षा सामग्री पुर्याउँन नसक्दा स्वास्थ्यकर्मी मै असुरक्षा र त्रास बढेको अवस्थामा एएनएमएफले यस्ता सामग्री सहयोग बढाएको थियो । फाउन्डेसनले २ दर्जनभन्दा बढी अस्पतालहरुमा ५ सय व्यक्तिगत सुरक्षा सामग्री –पिपिई सेट), १ हजार ३ सय वटा एन९५ मास्क वितरण गरेको छ । अध्यक्ष डा. बस्नेतका अनुसार पूर्वमा संखुवासभा जिल्ला अस्पताल, धरान, विराटनगर, मेची, कोसी, पश्चिममा दाङ, चितवन, पोरखा, सुर्खेत, जुम्लासहित रौतहट र पाल्पा मिसन अस्पतालमा पनि पिपिई सेट वितरण गरिसकिएको छ ।

उपत्यकाका वीर, त्रिवि शिक्षण, कान्ति, गंगालाल, परोपकार प्रसुति गृह, पाटन र टेकूसहितका सार्वजनिक अस्पतालमा पनि पिपिई सहयोग गरिएको छ । डा. बस्नेतका अनुसार तीबाहेक विभिन्न अस्पतालमा थप सय लोकल मेड गाउन पनि सहयोग गरिएको छ । ‘केही ठाउँमा ५०देखि अधिकांश अस्पताललाई २०भन्दा बढी पिपिई सेट दियौं’ डा.बस्नेतले भने, ‘अझै पनि समस्या परेका ठाउँमा माग आएमा हामी अन्य सामग्री पनि उपलब्ध गराउँन सक्छौ’

एएमएमएफ यात्राः भुकम्पदेखि अक्सिजन प्लान्टसम्म
सन् १९९७ मा अमेरिकामा अध्ययन गरिरहेका नेपाली चिकित्सकको अगुवाईमा खुलेको एएनएमएफले सार्वजनिक अस्पतालहरुको सेवा विस्तार क्षेत्रमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको छ । विशेषगरी ०७२ को भुकम्पपछिको समयमा फाउन्डेसनले सिन्धुपाल्चोक जिल्ला अस्पताललगायका स्वास्थ्य संस्थाका भौतिक संरचना निर्माणमा झण्डै ६ करोड बराबरको सहयोग पुर्याएको थियो ।
त्यसयता झण्डै १ करोडको लागतमा त्रिवि शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरेको थियो ।

अहिले कोसी अञ्चल अस्पतालमा पनि अक्सिजन प्लान्ट निर्माण, दाङमा ६० लाखको खर्चमा आइसियु निर्माणमा पनि प्रक्रियामा रहेको अध्यक्ष डा. बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय