७२ दिनमा जम्मा ११ सय ८४ परीक्षण

कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने देशकै एक मात्र प्रयोगशाला हो, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)।
काठमाडौं टेकुमा रहेको यो प्रयोगशालामा ७२ दिनमा करिब १ हजार १ सय ८४ जनाको परीक्षण भएको छ। त्यसमध्ये ६ जनामा ‘पोजेटिभ’ देखिएको छ ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र गतिमा फैलिइरहेको बेला भइरहेको यो ‘कछुवागति’को परीक्षणबाट संक्रमणको वास्तविकता आउन धेरै ढिला भइसक्ने विज्ञहरु बताउँछन्।

यद्यपि यो प्रयोगशालासँग दैनिक एक हजार जनासम्मको नुमना परीक्षण गर्नसक्ने क्षमता छ। तर, सरकारले परीक्षणका लागि जोड नदिँदा अहिले ज्यादै न्यून परीक्षण भइरहेको छ।

‘अहिले त दैनिक रुपमा ७० देखि ८० जनाको सम्मको ‘स्वाब’ परीक्षण आउँछ, प्रयोगशालाका कन्सल्टयान्ट माइक्रोबायोलोजिष्ट राजेश कुमार गुप्ता भन्छन्, ‘जति परीक्षणको लागि नमुना आयो त्यत्तिको नै त गर्ने हो।’

विश्व स्वास्थ्य संगठनले रोगको महामारी फैलिन नदिनका लागि धेरैभन्दा धेरै परीक्षणका लागि जोड दिइरहेका बेलामा नेपालमा भने नमुना परीक्षण नै हुन सकेको छैन।

प्रयोगशालामा दैनिक तीन सिफ्टमा काम भइरहेको छ। एउटा नमुनाको नतिजा आउन कम्तीमा पनि ६ घन्टा लाग्छ। प्रयोगशालामा अहिले ६० भन्दा बढी कर्मचारी कोरोनाको नमुना परीक्षणमा लागिपरेको शाह बताउँछन् ।

उनका अनुसार यस्तो नमुना परीक्षण दुई विधिबाट गरिन्छ। पहिलो, रियल टाइम बेस पिसिआर, जसमा तीन प्रकारका रिएजेन्ट चाहिन्छ । यो विधिबाट कोरोना पत्ता लगाउन ६ देखि ८ घन्टा लाग्छ । सुरुमा स्वाबको आरएनए निकाल्न, त्यसको डिएनए बनाउने र रियालटाइम पिसिआरबाट पोजेटिभ-नेगेटिभ हेरिन्छ ।

प्रदेशहरुमा दैनिक १५ जनाको नुमना परीक्षण

देशका विभिन्न ठाउँमा आजबाट कोरोनाको नमुना परीक्षण हुँदैछ । मन्त्रालयका अनुसार धरान र पोखरामा नमुना परिक्षण सुरु भइसकेको छ । हेटौंडा, सुर्खेत, बुटबल, धनगढी र जनकपुरमा आजबाट नुमना परीक्षण हुनेछ । प्रदेशहरुमा दैनिक अधिकतम १५ जनाको नुमना परीक्षण हुने स्वास्थ्य सेवाका विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ बताउँछन्।

‘सरकारले ल्याएको र्यापिड टेष्ट किटको प्रयोग महामारीको अवस्थमा प्रयोग गरिन्छ’, महानिर्देशक श्रेष्ठले भने,‘जुनसुकै किटले पनि सय प्रतिशत नतिजा दिँदैन।’

श्रेष्ठका अनुसार माहामारी फैलिएको अवस्थामा र्यापिड टेष्ट किट प्रयोग गरिन्छ ।
‘कुनै ठाउँमा २० वटा केस पोजेष्टिभ देखियो भने, त्यहाँ रहेका सबै मानिसलाई परिक्षण गर्नु पर्ने हुन्छ, श्रेष्ठ भन्छन्,‘जसको लागि हामीले ७५ हजार किट किनेका छौ।’

स्वाबबाट परीक्षण गर्दा धेरै भार पर्ने भएकाले सबैको परीक्षण नहुने श्रेष्ठले बताए ।

‘परीक्षण सामुदायिक स्तरमै लैजानुपर्छ’

विश्व स्वास्थ्य संगठनले यही फागुन २८ गते अर्थात ११ मार्चमा कोरोना भाइरसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गर्यो ।
नेपालमा अहिलेसम्म ६ जनामा मात्र संक्रमण देखिएको छ । आम मानिसदेखि सबैमा कोरोनाको त्रास दिनप्रति दिन बढ्दो छ । कोरोनाको संक्रमण नेपालमा नफैलिएको र सरकार पुर्ण रुपमा लागिपरिरहेको बताउँदै आएको छ । तर सरकारको तयारी प्रति ढुक्क हुन नसकेको विज्ञ बताउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी सरकारको परिक्षणको दायारा ठुलो संख्यमा बढाउनुपर्ने बताउँछन् । सरकारले १ हजार भन्दा बढीको परिक्षण गरेभनेता पनि हालसम्म ५ सयको हाराहारीमा परिक्षण भएको छैन, डा मरासिनी भन्छन्,‘ अधिंकास मानिसमा दुई पटक परिक्षण भएको छ ।’

उनका अनुसार ५ हजार भन्दा बढी मानिसमा परिक्षण नगरि एकिन तथ्य आउन सक्दैन ।

उनका अनुसार कोरोनाबाट बच्न सरकारले पहिलो नम्बरमा परीक्षण र निगरानीमै विशेष जोड दिनुपर्छ । दोस्रो, कोरोना भाइरस बारे सही सूचनाको प्रवाहलाई बढाउनुपर्छ । तेस्रो, सरकारसँग सर्भिलेन्स र रेस्पोन्स प्लान हुनुपर्छ । ‘सचेतना नै महामारी रोक्ने पहिलो उपाय हो । महिला स्वास्थ्य स्वयसेवीकालाई केहि महिनाको तलब दिएर जनचेतनाको काम खटाउ सरकार, डा. मरासिनी भन्छन्,‘ ३० हजार तलब दिँदा ३० करोड बराबरको प्रतिफल दिन्छ ।’

सरकारले संत्रमित मानिसले अन्य व्यक्तिलाई सारे कि सारेनन् भन्ने प्रमाण जुटाउनुपर्यो सके मात्र ढुक्क हुने अवस्था आउने उनको भनाई छ ।
उनका अनुसार सरकारले समुदाय आधारित परीक्षण गर्ने सकेमात्र वास्तविक अवस्था थाहा हुन सक्छ ।

One thought on “७२ दिनमा जम्मा ११ सय ८४ परीक्षण

  1. In India :Only 47,951 tests have been done so far and there are just 51 government-approved testing centres across the country. Population 1.3 billion and death around 40 and posetive active cases around 2000. more than 1 lakh came home during last 3 months in India.
    looking this scenario our govt has done better than some country. It should do more better. For this every citizen should encourage rather criticizing unnecessarily. Media has a big role.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय