अर्का एकजनालाई काेराेना संक्रमण पुष्टि, नेपालमा संक्रमित ६ जना पुगे

हेल्थपाेस्ट
प्रकाशित
२०७६ चैत २० गते १६:४२

नेपालमा थप एकजनालाई संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार चैत ४मा कतार ऐयरवेजका विमानबाट आएका अर्का एकजनामा संक्रमण भेटिएको हो। उनी बागलुङ निवासी हुन्। उनी पनि कतार एयरबाट नै नेपाल आएकी महिला हुन्। उनको उमेर भने खुलाइएको छैन।

अब नेपालमा संक्रमितको संख्या ६ पुगेको छ। यसअघि भेटिएका संक्रमित पनि सोही बिमानबाट आएका थिए। मन्त्रालयका अनुसार संक्रमितको परिवारलाई पनि ट्रेसिङ गर्ने प्रयास भइरहेको छ।

हालसम्म मन्त्रालयले १ हजार १ सय ८४ जनाको नमुना परीक्षण गरेको जनाएको छ ।

पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किएका छन् भने बाँकी ४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ। जसमा टेकु अस्पतालमा २ जना, सेती प्रादेशिक अस्पतालमा एकजना र धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा एक जना छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय