२०७७ वैशाख ३ सम्म सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान स्थगित

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी वैशाख ३ गतेसम्मलाई सम्पूर्ण नियमित आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको छ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारी विश्वभर फैलिरहेको अवस्थालाई मध्यनजर गरी नेपालभित्र हुने सबै आन्तरिक तथा नेपाल आउने सबै अन्तर्राष्ट्रिय उडान २०७७ वैशाख ३ गतेसम्मलाई स्थगित गरिएको प्राधिकरणका एयर ट्रान्सपोर्ट डिभिजन प्रमुख सचितभक्त पोखरेलले जानकारी दिए।

सबै व्यापारिक उडान वैशाख ३ गतेसम्म स्थगित गरिए पनि उद्धार, कार्गो, आकस्मिजस्ता उडान भने सम्बद्ध निकायको अनुमतिबाट निर्वाध सञ्चालन गर्न सकिने प्राधिकरणले जनाएको छ।

संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार कोरोना भाइरस संक्रमणबाट जोगिनका लागि सरकारले चैत २५ गतेसम्म पूरै देश ‘लकडाउन’ गरेको छ। तर, प्राधिकरणले भने आगामी वैशाख ३ सम्मै सबै नियमित उडान स्थगित गरेको हो।

यसअघि प्राधिकरणले चैत ११ बाट १८ गतेसम्म सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रोकेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय