टेकु अस्पतालमा उपचारत दुई बिरामीको दोस्रो परीक्षण पनि ‘पोजेटिभ’

हेल्थपोस्ट नेपाल

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ।

उपचाररमा संलग्न चिकित्सकका अनुसार दोसो पटक परीक्षणको रिर्पोट पनि पोजेटिभ आएको हो। उनीहरुको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।

बुधबार रिपोर्ट पोजेटिभ आएसँगै अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने भएको छ । टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले भने यस विषयमा मन्त्रालयले दिउँसो ४ बजेको पत्रकार सम्मेलनमा जानकारी दिने बताए।

गत ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र ६ चैतमा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकको चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

अहिले उनीहरुको अवस्था सामान्य छ । उनीहरुको स्वास्थ्य सामान्य नै रहेको अस्पतालले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *