‘चिकित्सकको मान–मर्दन नगर’

प्रदेश सरकारले चिकित्सकको लाइसेन्स खारेज गर्न तथा नियन्त्रणमा लिन निर्देशन दिएको भन्दै गैर–सरकारी चिकित्सक संघले विरोध जनाएको छ।

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले महामारीका बेलामा बिरामी नजाँच्ने निजी अस्पताल नियन्त्रणमा लिन तथा चिकित्सकको लाइसेन्स खारेज गर्न निर्देशन दिएका थिए। त्यस्तै डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले पनि चिकित्सकको लाइसेन्स खारेज गरेर नियन्त्रणमा लिन निर्देशन दिएका थिए।

संघले विज्ञप्ति निकाल्दै यस्ता अभिव्यक्तिहरुले चिकित्सकहरुको मनोबल घटाउने भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीको मानमर्दन हुने खालका कुनै पनि क्रियाकलाप नगर्न सरकारलाई आग्रह गरेको छ।

‘चिकित्सकहरुको मनोबल बढाउनुको सट्टा यस्तो अमानवीय अभिव्यक्ति जिम्मेवार पदमा रहेका व्यक्तिबाट आउने कामको जति निन्दा ग¥यो त्यति कम हुन्छ। जुन सुकै प्राकृतिक विपत्ति होस या देशमा जस्तो सुकै प्रतिकुल परिस्थितिमा पनि नेपालका चिकित्सकहरुको आफ्नो चिकित्सकीय धर्म निवार्ह गर्नेछन् र गर्दै आएका छन्’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै संघले सम्पूर्ण चिकित्सकहरुलाई आवश्यक सुरक्षा सामग्री पिपिई तत्काल उपलब्ध गराउन पनि माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय