कोरोना संक्रमणबाट २४ घण्टामा ४ हजार ८ सय बढीले ज्यान गुमाए

विश्वभर कोरोना भाइरस संक्रमणको महामारीबाट बितेको २४ घण्टामा ४ हजार ८ सय ८३ जनाको ज्यान गुमाएका छन्। एक दिन ७६ हजार ८ सय ३४ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या ९ लाख ३५ हजार ४ सय ३१ पुगेको छ। यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७ हजार १ सय ९४ पुगेको छ।

विश्वका २ सय ३ देशमा फैलिएको महामारीबाट संक्रमित १ लाख ९३ हजार ९ सय ९९ जना उपचारपछि निको भइ घर फर्केका छन् भने ६ लाख ९४ हजार २ सय ३८ कोरोनाका संक्रमित उपचारत छन्।

भाइरसबाट संक्रमितमध्ये ३५ हजार ४ सय ७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ६ लाख ५८ हजार ७ सय ६० जनाको अवस्था सामान्य रहेको छ।

विश्वमा सबैभन्दा बढी कोरोना भाइरसका संक्रमितको संख्या अमेरिकामा रहेको छ भने ज्यान गुमाउनेहरू इटालीमा रहेका छन्। कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो।

अमेरिकामा कोरोना संक्रमितको संख्या बुधबारसम्म २ लाख १५ हजार २० पुगेको छ भने ५ हजार १ सय २ जनाले ज्यान गुमाइसकेको छन्। इटालीमा हालसम्म कोरानाका कारण १३ हजार १ सय ५५ जनाको ज्यान गइसकेको छ भने संक्रमितको संख्या १ लाख १० हजार ५ सय ७४ पुगेको छ।

स्पेनमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ। बुधबारसम्म स्पेनमा संक्रमितको संख्या १ लाख ४ हजार १ सय १८ पुगेको छ भने ९ हजार ३ सय ८७ जनाको मृत्यु भइसकेको छ। चीनमा हालसम्म संक्रमितको संख्या ८१ हजार ५ सय ५४ छ भने ३ हजार ३ सय १२ जनाको मृत्यु भएको छ।

जर्मनीमा ७७ हजार ९ सय ८१ कोरोना भाइरसका संक्रमित रहेकोमा ९ सय ३१ जनाको मृत्यु भइसकेको छ। फ्रान्समा बुधबारसम्म ५६ हजार ९ सय ८९ जनाम कोरोनाको संक्रमण देखिएको छ। यीमध्ये ४ हजार ३२ जनाको मृत्यु भइसकेको छ। इरानमा ४७ हजार ५ सय ९३ जना संक्रमित रहेकोमा ३ हजार ३६ जनाको मृत्यु भएको छ।

बेलायतमा कोरोनाको संक्रमणबाट मर्नेको संख्या २ हजार ३ सय ५२ छ जहाँ हालसम्म संक्रमितको संख्या २९ हजार ४ सय ७४ पुगेको छ। स्वीट्जरल्याण्डमा १७ हजार ७ सय ६८ जना संक्रमित रहेका छन्, जसमध्ये ४ सय ८८ जनाको मृत्यु भइसकेको छ।

टर्कीमा कोरोना संक्रमितको संख्या १५ हजार ६ सय ७९ जना छन्। यीमध्ये २ सय ७७ जनाको मृत्यु भएको छ। बेल्जियममा कोरोनाबाट बुधबारसम्म ८ सय २८ जनाले ज्यान गुमाइसकेका छन्। बेल्जियममा हालसम्म कोरोना संक्रमितको संख्या १३ हजार ९ सय ६४ पुगेको छ।

नेदरल्याण्ड्मा कोरोनाको संक्रमित १३ हजार ६ सय १४ रहेकोमा १ हजार १ सय ७३ जनाको मृत्यु भइसकेको छ। अष्ट्रियामा संक्रमितको संख्या १० हजार ७ सय ११ पुगेका छ, जहाँ १ सय ४६ जनाको मृत्यु भइसकेको छ। बाँकीको मृत्यु र संक्रमित अन्य देशमा रहेका छन्।

नेपालमा हाल्सम्म ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ जना उपचारपछि घर फर्किसकेक छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय